Dictionary

All Word

4051 अभिमन्त्रित वि. १. मन्त्रद्वारा संस्कार गरिएको ।
4052 अभिमन्त्रित वि. २. बोलाइएको; आमन्त्रित; निमन्त्रित ।
4053 अभिमन्यु ना. सुभद्राको कोखबाट जन्मेका र कौरवको चक्रव्यूह तोड्ने, महाभारतप्रसिद्ध अर्जुनका वीर छोरा ।
4054 अभिमान ना. १. आफ्नो मान, प्रतिष्ठा, सत्ता आदिको कल्पना वा ज्ञान।
4055 अभिमान ना. २. मान, प्रतिष्ठा, योग्यता आदिका सम्बन्धमा मनमा हुने प्रायः अनुचित धारणा; सेखी; घमन्ड; तुजुक; अहमत्याईं; अहङ्कार।
4056 अभिमान ना. ३. आफूले आफैँलाई ठुलो सम्झेर अरूका अगाडि फुइँ लाउने काम; आत्मश्लाघा; आत्मप्रशंसा।
4057 अभिमानी वि. १. अभिमान गर्ने; सेखी गर्ने; घमन्डी ।
4058 अभिमानी वि. २. आफ्नो प्रशंसा आफैँ गर्ने; आत्मश्लाघी ।
4059 अभिमुख वि. १. सामुन्ने फर्केको; सम्मुखमा पर्ने; प्राङ्मुख ।
4060 अभिमुख वि. २. पूर्वतिर फर्केको। ना. यो.
4061 अभिमुख वि. ३. सामुन्ने; मुखेन्जी; नजिक ।
4062 अभिमुखी ना. १. बौद्ध धर्मअनुसार दशभूमि र त्रयोदश भूमिको छैटौँ भूमि। वि.
4063 अभिमुखी ना. २. अभिमुख भएको; सामुन्ने वा अगाडि फर्केको; अभिमुख।
4064 अभिमुखी ना. ३. योजनात्मक रूपले कुनै विषयमा विशेष जानकारी गराइएको।
4065 अभिमुखीकरण ना. १. अघि सार्ने काम; सामुन्ने राख्ने काम; प्राङ्मुखीकरण ।
4066 अभिमुखीकरण ना. २. कुनै अनुशासन, शास्त्र वा सिद्धान्तमा नयाँ मत, प्रविधि वा शिल्पलाई प्रस्तुत गर्ने कार्य ।
4067 अभिमुखीकरण ना. ३. सामूहिक रूपले रहेका शिक्षार्थीहरूलाई विशेषज्ञहरूद्वारा कुनै खास खास विषयमा विशेष जानकारी दिने वा त्यसको प्राविधिक पक्षमा गरिने शिक्षण; प्रशिक्षण; तालिम।
4068 अभियन्ता ना. इन्जिनियर ।
4069 अभियन्त्रण ना. १. अभियन्ता वा इन्जिनियरको काम ।
4070 अभियन्त्रण ना. २. यन्त्र वा यान्त्रिकी विद्या; इन्जिनियरिङ ।
4071 अभियाचन ना. आफ्नो इष्टसिद्धि वा प्राप्तिका लागि कसैसित प्रार्थना गर्ने काम; माग्ने काम; माग ।
4072 अभियान ना. १. कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास ।
4073 अभियान ना. २. युद्धका लागि गरिने सैनिक यात्रा; सेनाद्वारा गरिने चढाइ; आक्रमण; धावा।
4074 अभियान ना. ३. पहाडपर्वत आदिमा चढ्ने काम; आरोहण ।
4075 अभियान ना. ४. नजिक आउने वा जाने काम।
4076 अभियुक्त वि. १. अभियोग लागेको; दोष लागेको; बात लागेको ।
4077 अभियुक्त वि. २. कुनै काममा लागेको; काममा व्यस्त रहेको।
4078 अभियुक्त वि. ३. ज्ञानी; विद्वान् ।
4079 अभियोक्ता वि. १. कसैका उपर अभियोग लगाउने वा अपराधको दोषारोपण गर्ने; वादी ।
4080 अभियोक्ता वि. २. शत्रु; वैरी ।
4081 अभियोग ना. १. कसैलाई लगाइने अपराधको दोषारोपण; फत्तुर; आरोप; दोष; फरेब ।
4082 अभियोग ना. २. युद्धका निम्ति गरिने चढाइ; आक्रमण।
4083 अभियोग ना. ३. उद्योग; अध्यवसाय ।
4084 अभियोग पत्र ना. कसैलाई सम्बन्धित कार्यालयबाट कुनै अभियोग लगाई दिइएको वा लेखिएको जनाउपत्र ।
4085 अभियोगाधीन वि. अदालतमा अभियोगसम्बन्धी कारबाई चलिरहेको; दोष वा अभियोगको निर्णय भइनसकेको ।
4086 अभियोगी वि. १. अभियोग लगाउने; दोषारोपण गर्ने; वादी ।
4087 अभियोगी वि. २. अभियोग लागेको; दोषारोपण गरिएको ।
4088 अभियोजन ना. १. ठुलो योजना बनाउने कार्य ।
4089 अभियोजन ना. २. कसैका उपर फौजदारी मामिला चलाउने क्रिया ।
4090 अभिराम वि. अति राम्रो; ज्यादै सुन्दर; अत्यन्त मनोहर ।
4091 अभिरुचि ना. कुनै विषय वा वस्तुप्रति भएको तीव्र रुचि; चाह; अभिलाषा; इच्छा।
4092 अभिरुचित वि. सबैबाट रुचाइने; प्यारो गरिने (व्यक्ति); प्रेम गरिने (मानिस); प्रेमी; आसक ।
4093 अभिलषित वि. इच्छा गरिएको; चाह राखिएको; वाञ्छित ।
4094 अभिलाष/अभिलाषा ना. कुनै विषय वा वस्तुप्रतिको तीव्र चाहना; इच्छा; वाञ्छा; कामना ।
4095 अभिलाषी वि. अभिलाषा गर्ने; इच्छा गर्ने; चाहना राख्ने; कामना गर्ने ।
4096 अभिलिखित वि. विशेष रूपमा लेखिएको; धातु, शिला आदिमा खोपिएको।
4097 अभिलेख ना. १. सुन, तामाका पाता वा ढुङ्गा आदिमा कुनै महत्त्वको विषय लेखिएको वा कपिएको लेख; विविध महत्त्वका सामग्री भएको प्राचीन लेख ।
4098 अभिलेख ना. २. कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; प्रामाणिक लेख; लेखोट।
4099 अभिलेख अदालत ना. मुद्दाका अभिलेखहरू राखिने अदालत।
4100 अभिलेखन ना. १. कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम ।