Dictionary

All Word

3901 अभय ना. १. भय नहुनाको भाव वा स्थिति; भयरहित स्थिति; निर्भय; निडर।
3902 अभय ना. २. शरणमा लिने क्रिया वा स्थिति; रक्षा।
3903 अभयदान ना. ना. डरबाट बचाउने क्रिया; शरणमा लिने वा रक्षा गर्ने काम।
3904 अभयपत्र ना. भयरहित गर्न कसैलाई दिइएको पत्र ।
3905 अभयपद ना. मोक्ष।
3906 अभयमुद्रा ना. अभयदान दिने मुद्रा; दाहिने हात उठाएर हत्केला देखाइएको अभयदान दिने मुद्रा ।
3907 अभयवचन ना. भयबाट बचाउनका निम्ति गरिने प्रतिज्ञा; अभयदानको भरपर्दो बोली ।
3908 अभाग ना. १. नराम्रो भाग्य; दुर्भाग्य; अभाग्य; खोटो कर्म । वि.
3909 अभाग ना. २. भाग्य नभएको; कर्मखोटी; अभागी ।
3910 अभाग ना. ३. भाग नछुट्ट्याइएको; अंशबन्डा नगरिएको; अविभक्त।
3911 अभागी वि. १. भाग्य नभएको; खोटो कर्म भएको।
3912 अभागी वि. २. जस नपाउने; अबजस्याहा ।
3913 अभाग्य ना. अभाग; दुर्भाग्य।
3914 अभाव ना. १. नहुनाको भाव वा स्थिति; सत्ताहीनता।
3915 अभाव ना. २. नपाइने स्थिति; अप्राप्ति।
3916 अभाव ना. ३. नाश; मृत्यु।
3917 अभावग्रस्त वि. आवश्यक वस्तुको खाँचो हुनाले कठिन अवस्था भएको; अभावले सताएको ।
3918 अभावग्रस्त क्षेत्र ना. खाद्यान्न आदि आवश्यक वस्तुको धेरै कमी भएको क्षेत्र वा ठाउँ।
3919 अभावुक वि. १. भावुक नभएको; भावनारहित ।
3920 अभावुक वि. २. भावुक नभई विचार गरेर व्यवहार गर्ने; व्यावहारिक।
3921 अभाषित वि. नभनिएको; नकहिएको; नसुनाइएको ।
3922 अभि उप. संज्ञावाचक तथा क्रियावाचक शब्दका अगिल्तिर लागेर मूल शब्दका अर्थमा परिवर्तन गराउने एक संस्कृत उपसर्ग (अभिनन्दन; अभिनय इ.)।
3923 अभिकरण ना. १. कुनै ठुला संस्थाका तर्फबाट नियत क्षेत्रमा काम गर्ने सानो संस्था; एजेन्सी ।
3924 अभिकरण ना. २. अभिकर्ताको काम गर्ने ठाउँ ।
3925 अभिकर्ता ना. १. कुनै व्यापारी, व्यापारिक संस्था वा राज्यका तर्फबाट प्रतिनिधिका रूपमा काम गर्ने वा कमिसनमा मालसामान बेच्ने व्यक्ति ।
3926 अभिकर्ता ना. २. मुद्दामामिलासम्बन्धी अदालती लेखापढी गर्न पाउने तर बहस गर्न नपाउने कानुन व्यवसायी।
3927 अभिकाङ्क्षा ना. गहिरो आशा वा अभिलाषा; अत्यधिक चाहना।
3928 अभिकाङ्क्षी वि. अभिलाषा गर्ने; अत्यधिक चाहना गर्ने ।
3929 अभिक्षमता ना. १. सबैतिर नियन्त्रण गर्न सक्ने क्षमता।
3930 अभिक्षमता ना. २. आफूभन्दा निम्न श्रेणीका कर्मचारीलाई राम्ररी नियन्त्रण गर्न सक्ने क्षमता।
3931 अभिक्षमता ना. ३. व्यावहारिक विषयवस्तुको उच्चस्तरीय प्रयोगात्मक ज्ञान हासिल गर्न सक्ने क्षमता ।
3932 अभिक्षमता ना. ४. प्राकृतिक विशेषता; स्वतन्त्र प्रकृति।
3933 अभिक्षमता ना. ५. व्यक्तिमा रहने मानसिक क्षमता।
3934 अभिक्षमता ना. ६. खास विषयप्रति शिक्षार्थीको झुकाउ वा क्षमता।
3935 अभिगोष्ठी ना. १. खास खास विषयहरूका विशेषज्ञहरूको सम्मेलन ।
3936 अभिगोष्ठी ना. २. अध्ययन गोष्ठी।
3937 अभिगोष्ठी ना. ३. सेमिनार ।
3938 अभिघात ना. १. काटमार; प्रहार ।
3939 अभिघात ना. २. कसैप्रतिको आक्रमण; हमला।
3940 अभिघात ना. ३. व्यापारिक प्रतिष्ठा ।
3941 अभिघात ना. ४. अतिप्रेरणा; ज्यादै झिझ्याहट । वि.
3942 अभिघात ना. ५. अति; अत्यन्त; ज्यादा । क्रि.वि.
3943 अभिघात ना. ६. धेरै; अति ।
3944 अभिघातक वि. १. मारकाट गर्ने; प्रहार गर्ने ।
3945 अभिघातक वि. २. आक्रमण गर्ने; हमला गर्ने।
3946 अभिघातक वि. ३. रोकथाम गर्ने; छेकथुन गर्ने ।
3947 अभिचार ना. तन्त्रमन्त्र वा झारफुक आदिद्वारा गरिने मारण, मोहन, उच्चाटन आदि अनुचित कर्म ।
3948 अभिचारक वि. अभिचार कर्म गर्ने वा त्यस्तो कर्मसित सम्बन्ध भएको; कुकर्मी; दुराचारी।
3949 अभिजन ना. १. आफ्ना बन्धुवर्ग; वंश; कुटुम्ब ।
3950 अभिजन ना. २. स्वदेश; आफ्नो देश।