Dictionary

All Word

3801 अफसोस ना. १. दुःख ।
3802 अफसोस ना. २. सुर्ता; शोक; बिस्मात ।
3803 अफसोस ना. ३. आत्मग्लानि; पछुतो; पश्चात्ताप; खेद।
3804 अफाप वि. १. फाप नभएको; नफाप्ने वा नफापेको; हानि गर्ने; विघ्नकारक। ना.
3805 अफाप वि. २. नफाप्ने वा अनिष्टकारक स्थिति; हानि ।
3806 अफाल्नु स.क्रि. १. कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; फ्याँक्नु ।
3807 अफाल्नु स.क्रि. २. छाड्नु; त्याग्नु।
3808 अफालाइ ना. अफाल्ने भाव, क्रिया वा प्रक्रिया ।
3809 अफालिनु क.क्रि. अफाल्ने काम गरिनु; फ्याँकिनु ।
3810 अफिम ना. १. काँढादार केस्रा परेका पात हुने, सेतो कलेजी, रातो वा निलो रङको फूल फुल्ने, डल्ला परेका फलभित्र मसिना लट्टेजस्ता दाना फल्ने, एक जातको बोट वा त्यसैबाट निस्कने नसादार चोप; अहिफेन।
3811 अफिमची ना. १. अफिम खाने व्यक्ति; अम्मली ।
3812 अफिमची ना. २. अल्छी; धिङ्न्याहा।
3813 अफिमची ना. ३. हगुरो।
3814 अफिस ना. कार्यालय; अड्डा; दफ्तर।
3815 अफिसर ना. १. सरकारी उच्च कर्मचारी; अफसर।
3816 अफिसर ना. २. उच्च सैनिक पदाधिकारी; सेनानायक ।
3817 अफिसर ना. ३. हाकिम; प्रधान; प्रमुख।
3818 अफिसरी ना. अफिसरले गर्ने काम; अफिसरको पद; अफसरी।
3819 अफ्रिका ना. पृथ्वीको पूर्वी गोलार्धमा भूमध्यसागरदेखि दक्षिणतिर रहेको एक महाद्वीप; पाँच महाद्वीपमध्ये एक ।
3820 अफ्रिकाली वि. अफ्रिकासम्बन्धी; अफ्रिकाको बासिन्दा; अफ्रिकेली।
3821 अफ्रिकी वि. अफ्रिकाली; अफ्रिकेली ।
3822 अफ्रिकेली वि. अफ्रिकाली; अफ्रिकी ।
3823 अब संयो. १. यसपछि; अनि ।
3824 अब संयो. २. यस बखत; यसै क्षण।
3825 अबकारी ना. १. रक्सी बनाउने ठाउँ; सराबखाना; भट्टी ।
3826 अबकारी ना. २. भट्टीसम्बन्धी रकम; मादक पदार्थसम्बन्धी कर उठाउने अड्डा।
3827 अबगाल ना. हुनुपर्ने वा भनेजस्तो कामकुरा नहुँदा आइलाग्ने दोष; गाल; अबजस; भनाइ।
3828 अबजस ना. जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश ।
3829 अबजुस ना. बियाँ नभएको ठुलो रातो मुनक्का; दाख ।
3830 अबद्ध वि. नबाँधिएको; बन्धनमा नपरेको; फुक्का; बद्ध नभएको।
3831 अबन्ध्य वि. बाँध्न नहुने; बाँध्न नसकिने ।
3832 अबरे ना. गोल आकारको ज्यादै पिरो खालको खोर्सानी; डल्ले खोर्सानी; राँगे खोर्सानी; अकबरे ।
3833 अबल वि. बल नभएको; दुर्बल; निर्धो; दुब्लो ।
3834 अबला वि. १. बल नभएकी; दुर्बला; निर्बला । ना.
3835 अबला वि. २. आइमाई; स्वास्नीमान्छे (अबला वा अशक्त मानिने पुरानो धारणाअनुसार)।
3836 अबस्से क्रि.वि. अवश्य; निस्सै।
3837 अबाज ना. १. शब्द; ध्वनि ।
3838 अबाज ना. २. बोली; आवाज ।
3839 अबाटो ना. १. कुबाटो; खराब बाटो ।
3840 अबाटो ना. २. बाटो नभएको ठाउँ; बाटो नपरेको ठाउँ ।
3841 अबाद ना. बाँझो जग्गामा खनजोत र खेती, किसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम; बाँझो जग्गाजमिनको खनजोत; खेतीकमाइ; आबाद।
3842 अबादी वि. १. अबाद भएको; खनजोत गरी खेती गरिएको; आबादी । ना.
3843 अबादी वि. २. मानिसहरूको बस्ती ।
3844 अबादी वि. ३. जनसङ्ख्या; आबादी ।
3845 अबाध वि. १. बाधा, अड्काउ केही नभएको; निर्विघ्न; स्वच्छन्द।
3846 अबाध वि. २. पीडा नभएको; डाह नभएको । क्रि.वि.
3847 अबाध वि. ३. विनारोकटोक; निरन्तर ।
3848 अबाध व्यापार ना. विभिन्न प्रकारका बन्देज वा कर आदि नलागेको व्यापार; उन्मुक्त वाणिज्य ।
3849 अबाधित वि. १. बाधा नभएको; विनारोकटोकको।
3850 अबाधित वि. २. स्वच्छन्द; स्वतन्त्र।