Dictionary

All Word

3951 अभिजात वि. १. उत्तम कुलमा जन्मेको; कुलीन ।
3952 अभिजात वि. २. बुद्धिमान्; पण्डित।
3953 अभिजात वि. ३. उपयुक्त; योग्य ।
3954 अभिजात वि. ४. मान्य; पूज्य ।
3955 अभिजात वि. ५. सुन्दर; मनोहर। ना.
3956 अभिजात वि. ६. खानदान ।
3957 अभिजाततन्त्र ना. राम्रा तवरले काम चलाउन सक्ने सुयोग्य र कुलीन व्यक्तिका अधिकारमा रहेको शासनप्रणाली ।
3958 अभिजाति ना. विशेष किसिमको जाति; उत्तम जाति; सुन्दर जाति ।
3959 अभिजित् ना. १. उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवण नक्षत्रको पहिलेका चार घडीको समय ।
3960 अभिजित् ना. २. पौने बाह्रदेखि डेढ बजेसम्मको मुहूर्त।
3961 अभिजित् ना. ५. विजयमुहूर्त ।
3962 अभिज्ञ वि. १. विशेष जान्ने; जान्नेसुन्ने; जानिफकार; विशेषज्ञ।
3963 अभिज्ञ वि. २. कुशल; निपुण; प्रवीण ।
3964 अभिज्ञा ना. १. प्राथमिक वैचारिक ज्ञान; सामान्य जानकारी ।
3965 अभिज्ञा ना. २. स्मरण; सम्झना; स्मृति ।
3966 अभिज्ञा ना. ३. बौद्धहरूका अनुसार चिताएजस्तो शरीर धारण गर्न सक्ने र तीनै कालका कुरा जान्ने तथा नजिक र टाढाका सबै मानिसका मनको कुरा जान्ने गौतम बुद्धको अलौकिक शक्ति ।
3967 अभिज्ञात वि. १. विशेष रूपमा जानिएको; थाहा पाइएको ।
3968 अभिज्ञात वि. २. राम्ररी सम्झिएको; स्मरण भएको ।
3969 अभिज्ञान ना. १. सम्झना; स्मृति ।
3970 अभिज्ञान ना. २. सम्झौटो; चिनु ।
3971 अभिज्ञान ना. ३. लक्षण; चिह्न ।
3972 अभिज्ञान ना. ४. चिनारी; परिचय।
3973 अभिताप ना. १. प्रचण्ड गर्मी; चर्को धुप ।
3974 अभिताप ना. २. अत्यन्त दुःख; अत्यधिक पीडा ।
3975 अभिताप ना. ३. ठुलो चिन्ता ।
3976 अभिधा ना. १. नाउँ; नाम ।
3977 अभिधा ना. २. पदवी; दर्जा; श्रेणी; उपाधि।
3978 अभिधा ना. ३. शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दद्वारा बुझिने सामान्य अर्थ ।
3979 अभिधात्मक वि. वाच्यार्थ प्रधान भएको; अभिधामूलक ।
3980 अभिधान ना. नाउँ; नाम; संज्ञा ।
3981 अभिधेय ना. १. अर्थ; भाव; तात्पर्य; अभिप्राय ।
3982 अभिधेय ना. २. निचोर; निष्कर्ष ।
3983 अभिधेय ना. ३. कुनै शब्दको शाब्दिक अर्थ ।
3984 अभिधेय ना. ४. नाउँ; नाम। वि.
3985 अभिधेय ना. ५. अभिधाद्वारा व्यक्त गर्न सकिने (वाच्य)।
3986 अभिनन्दन ना. १. कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य ।
3987 अभिनन्दन ना. २. हर्ष; खुसी; आनन्द; सन्तोष।
3988 अभिनन्दन ना. ३. अभिवादन; प्रणाम।
3989 अभिनन्दन ना. ४. विनयपूर्वक गरिएको प्रार्थना ।
3990 अभिनन्दन पत्र ना. कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र ।
3991 अभिनन्दनीय वि. १. प्रशंसनीय; श्लाघनीय ।
3992 अभिनन्दनीय वि. २. वन्दनीय; प्रणाम गरिने ।
3993 अभिनन्दनीय वि. ३. हर्षप्रद; आनन्दयुक्त।
3994 अभिनन्दित वि. अभिनन्दन गरिएको; प्रणाम गरिएको; अभिवादन गरिएको ।
3995 अभिनय ना. १. नक्कल; देखासिकी; अनुकरण ।
3996 अभिनय ना. २. नाटकमा पात्रपात्राद्वारा गरिने अर्थपूर्ण अङ्ग सञ्चालन; हाउभाउ ।
3997 अभिनय ना. ३. हृदयका भावलाई बाह्य चेष्टाद्वारा प्रदर्शन गर्ने काम ।
3998 अभिनव वि. १. नयाँ; नवीन।
3999 अभिनव वि. २. आलो; ताजा; साजी।
4000 अभिनवन ना. पहिले सिकेका धारणा, व्यवहार वा कार्यकलापलाई पुनर्नवीकरण गर्ने कार्य; नयाँ नयाँ ज्ञान र सिपद्वारा स्तर वृद्धि गर्ने काम।