Dictionary

All Word

3401 अनुसारी वि. १. अनुसरण गर्ने; अनुयायी ।
3402 अनुसारी वि. ना. २. नक्कलबाज।
3403 अनुसूचक वि. कुनै कुराको सूचना दिने; निर्देशक।
3404 अनुसूचन ना. विशेष किसिमको सूचना; निर्देश ।
3405 अनुसूचित वि. १. अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको ।
3406 अनुसूचित वि. २. कुनै खास प्रयोजनका निम्ति तयार गरिएको विशेष सूचीमा परेको ।
3407 अनुसूचित वि. ३. परिगणित ।
3408 अनुसूची ना. संविधान, ऐन, कानुन, सन्धि, करार आदि महत्त्वपूर्ण दस्तावेज वा कुनै ग्रन्थ, लेख, प्रतिवेदन आदिको मूल पाठलाई छोटोछरितो तथा सुसङ्गठित तुल्याउने अभिप्रायले मूल पाठमा खासखास कुराको मात्र उल्लेख गरी ती कुराको विस्तृत विवरण वा व्याख्याचाहिँ प्रायः वर्गीकृत गरेर परिशिष्ट वा पूरक अंशका रूपमा राख्ने प्रक्रियाअन्तर्गत परिशिष्टमा प्रयोग गरिएको सूची; तालिका; सारिणी ।
3409 अनुस्मरण ना. १. बितेका वा भइसकेका कुरालाई सम्झने काम; पुराना कुराको सम्झना ।
3410 अनुस्मरण ना. २. कुनै विषयलाई मनमा धारणा गरिरहने क्रिया वा प्रक्रिया; बिर्सेका कुराको सम्झना; सौँराइ; हेक्का।
3411 अनुस्मृति ना. स्मरण; सम्झना।
3412 अनुस्वार ना. नेपाली भाषामा शिरविन्दु ( ं ) र चन्द्रविन्दु (ँ) का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था ।
3413 अनुस्वार ना. (काँक्रो, जिउँदो, वंश, हंस इ.)।
3414 अनुहार ना. अनुवार ।
3415 अनुहार ना. १. आकार; आकृति; रूप।
3416 अनुहार ना. २. चेहरा ।
3417 अनुहार ना. ३. मुख, मुखाकृति; मुखमण्डल ।
3418 अनुहार ना. ४. नक्कल; प्रतिकृति ।
3419 अनुहार ना. वि. ५. समान; उस्तै; बराबर ।
3420 अनुहारी वि. अरूको जस्तै अनुहार बनाउने; नक्कल पार्ने; अनुकरण गर्ने ।
3421 अनूढ वि. १. विवाह नभएको; अविवाहित ।
3422 अनूढ वि. २. कुमार ।
3423 अनूढा वि. १. विवाह नभएकी; अविवाहिता ।
3424 अनूढा वि. २. कुमारी; कन्या ।
3425 अनूढा वि. ना. ३. विवाह नभएकी तर कुनै पुरुषसँग प्रेम गर्ने र उससित विवाह गर्न चाहने नायिका (साहित्यमा ) ।
3426 अनूदित वि. अनुवाद भएको वा गरिएको; उल्था गरिएको; रूपान्तरित; भाषान्तरित ।
3427 अनृण वि. १.ऋण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहु नभएको ।
3428 अनृण वि. २. ऋणबाट मुक्त; तिर्नुपर्ने रिनजति तिरिसकेको।
3429 अनृण वि. ३. आफूप्रति कुनै गुन लगाउने वा उपकार गर्नेलाई आफूले पनि त्यस्तै गुन लगाई वा प्रत्युपकार गरी ऋणमुक्त भएको।
3430 अनृण वि. ४. ऋणत्रय वा देवऋण, पितृऋण र ऋषिऋण गरी तीन ऋण क्रमशः यज्ञयागादि, छोरो जन्माउने र कुनै चेलालाई पढाउने काम गरेर तिरी ऋणमुक्त भएको; अऋणी; उऋण; ऋणमुक्।
3431 अनृणता ना. ऋणको अभाव; ऋणी नहुनाको भाव वा अवस्था; ऋणमुक्तता।
3432 अनृणी वि. अनृण।
3433 अनृत वि. झुटो; असत्य; मिथ्या।
3434 अनृतता ना. असत्यता; झुट।
3435 अनृतभाषी वि. झुटो बोल्ने; साँचो नबोल्ने; असत्यवादी ; मिथ्याभाषी ।
3436 अनृतवादी वि. अनृतभाषी ।
3437 अनेक वि. १. दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ ।
3438 अनेक वि. २. असङ्ख्य; अनगन्ती; बेगन्ती।
3439 अनेक वि. ३. धेरै थरी; विभिन्न; नाना; बहु ।
3440 अनेकता ना. १. अनेक हुनाको भाव वा अवस्था ।
3441 अनेकता ना. २. कुनै कामकुराका बारेमा एकै राय नभई नाना विचार हुनाको भाव वा अवस्था; पारस्परिक एकता नहुनाको भाव वा अवस्था; मतभेद।
3442 अनेकन् वि. १. अनेक; अनेकौँ नाना।
3443 अनेकन् वि. २. धेरै; कैयौँ ।
3444 अनेकन् वि. ३. असङ्ख्य; बेगन्ती।
3445 अनेक रूप ना. १. कुनै शब्द वा पदका उच्चारण वा वर्णविन्याससम्बन्धी स्वीकार्य भेदका दृष्टिले हुन आउने एकभन्दा बढी प्रयोग वा रूप; कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत कुनै खास स्थलमा हुने वैकल्पिक रूप ।
3446 अनेक रूप ना. वि. २. नित्य वा स्थिर नभएको; परिवर्तनशील ।
3447 अनेक रूप ना. ३. रूप बदल्ने; आकारप्रकार फेर्ने ।
3448 अनेक रूप ना. ४. अनेक वा बहु रूप भएको; कैयौँ रूप लिने; नानाभाँतीको; बहुरूपी; नानारूपी।
3449 अनेकरूपता ना. अनेक रूप हुनाको भाव, गुण वा अवस्था; अनेकता; विभिन्नता; विषमता।
3450 अनेकवचन ना. १. कुनै वस्तु, व्यक्ति वा क्रियाको एकत्वभन्दा बढी, द्वित्व वा बहुत्वको विवक्षा गरिँदा भाषाले लिने अभिलक्षण ।