Dictionary

All Word

3301 अनुवंश्य वि. ३. वंशवंश हुँदै आएको, वंशक्रममा सर्दै आएको; आनुवंशिक ।
3302 अनुवक्ता ना. १. एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहऱ्याउने व्यक्ति; दोभासे ।
3303 अनुवक्ता ना. २. अर्काले बोलेको कुरा जस्ताको तस्तै दोहोऱ्याउने व्यक्ति ।
3304 अनुवचन ना. १. कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण ।
3305 अनुवचन ना. २. भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग द्वन्द्वसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै- धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ.) ।
3306 अनुवचन ना. ३. त्यसरी टाँसिने क्रियाप्रक्रिया |
3307 अनुवर्तन ना. १. नक्कल गर्ने काम; अनुसरण; अनुकरण।
3308 अनुवर्तन ना. २. समान आचरण; मिल्दोजुल्दो व्यवहार ।
3309 अनुवर्तन ना. ३. पछि लाग्ने वा पछ्याउने काम।
3310 अनुवर्ती वि. १. कुनै खास स्थान वा समयभन्दा पछिल्तिर रहने या रहेको; पश्चवर्ती ।
3311 अनुवर्ती वि. २. कुनै व्यक्तिको पछिपछि लाग्ने; कसैका अधीनमा वा मुठीमा रहेको; पछुवा; अनुयायी; अनुगामी ।
3312 अनुवर्ती कार्यक्रम ना. अनुवर्ती वा अनुगमनात्मक अध्ययनका लागि तयार गरिएको योजनाबद्ध कार्यक्रम |
3313 अनुवाक ना. १. शास्त्रीय ग्रन्थको कुनै खास भाग, खण्ड वा अंश ।
3314 अनुवाक ना. २. कुनै एक विषयको प्रतिपादन गर्ने वैदिक ऋचा, कण्डिका वा मन्त्रहरूको समूह; वेदका अध्याय वा प्रकरणको खास अंश वा एक पाठ ।
3315 अनुवाद ना. एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर ।
3316 अनुवादक / कर्ता वि. १. उल्था गर्ने ।
3317 अनुवादक / कर्ता वि. ना. २. उल्थ्याउने मान्छे ।
3318 अनुवादन ना. अनुवाद |
3319 अनुवादित वि. अनुवाद गरिएको; अनूदित ।
3320 अनुवादी ना. कुनै रागको वादी स्वरको अनुरूप र सहकारी भई त्यस रागको सौन्दर्य बढाउनमा सहयोगी र संवादी स्वरभन्दा गौण स्वर ।
3321 अनुवाद्य वि. अनुवाद गर्न योग्य; उल्था गर्न लायक |
3322 अनुविभाग ना. १. कुनै पुस्तक वा ग्रन्थमा रहेका मूल खण्डदेखि अतिरिक्त रहेको सानो खण्ड वा विभाग ।
3323 अनुविभाग ना. २. आफ्नै किसिमका चालचलन एवं व्यवहार भएको कुनै समाज वा सम्प्रदायको खण्ड वा उपभेद ।
3324 अनुविभाग ना. ३. कुनै कक्षामा रहेका समूहको विषय फरक हुने कारणले गर्दा छुट्टिएको सानो उपसमूह।
3325 अनुविभाग ना. ४. कुनै कार्यालयका विभिन्न विभागमध्ये एक; फाँट ।
3326 अनुविभागीय वि. १. अनुविभागको; अनुविभागसम्बन्धी ।
3327 अनुविभागीय वि. २. सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको ( अधिकारी, अधिकृत इ.)।
3328 अनुवृत्त वि. १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरिसकेपछि सेवामुक्त भएको ।
3329 अनुवृत्त वि. २. व्याकरणअनुसार पहिलो सूत्रमा रहेको अर्थ पछिल्ला सूत्रमा पनि सम्बन्धित रहेको ।
3330 अनुवृत्त वि. ३. पछि आउने विषयसँग सम्बन्धित रहेको (दृष्टि वा विचार)।
3331 अनुवृत्ति ना. १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरी सेवाबाट मुक्त भइसकेपछि पनि निजलाई उक्त संस्थाबाट नियमित समयमा दिइने निश्चित रकम; निवृत्तिभरण।
3332 अनुवृत्ति ना. २. व्याकरणअनुसार अगिल्ला सूत्र वा नियमको अर्थ पछिल्ला सूत्र वा नियमसँग पनि सम्बन्धित रहने क्रिया ।
3333 अनुशयाना ना. साहित्यशास्त्रअनुसार प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी भएकी परकीया नायिका ।
3334 अनुशासक ना. अनुशासनमा राख्ने व्यक्ति; आफ्ना अधीनस्थ वा आश्रित रहेका व्यक्तिहरूलाई शिष्टाचारमा राख्ने व्यक्ति ।
3335 अनुशासन ना. १. सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियमनियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य ।
3336 अनुशासन ना. २. आदर्श आचरण र त्यसको पालना ।
3337 अनुशासन ना. ३. मान्य वस्तु र मान्यजनप्रतिको आस्था ।
3338 अनुशासन ना. ४. शिक्षा; तालिम; शिक्षण |
3339 अनुशासन ना. ५. शिक्षणक्रियाको एक पद्धति ।
3340 अनुशासन ना. ६. आफूमन्तिरकालाई काबुमा राख्ने कार्य; अदप।
3341 अनुशासन ना. ७. नियमितता; सुव्यवस्था; शान्तिसुरक्षा |
3342 अनुशासन ना. ८. संयम; आत्मसंयम ।
3343 अनुशासन पर्व ना. १. खण्डित अनुशासनलाई सुधार्ने प्रयास वा त्यो प्रयास भएको काल ।
3344 अनुशासन पर्व ना. २. महाभारतका अठार पर्वमध्येको एक पर्व |
3345 अनुशासनप्रिय / प्रेमी वि. १. अनुशासन मन पराउने।
3346 अनुशासनप्रिय / प्रेमी वि. ना. २. अनुशासन मन पराउने व्यक्ति ।
3347 अनुशासनहीन वि. अनुशासन नभएको; अनुशासन नमान्ने; अनुशासनरहि।
3348 अनुशासित वि. १. अनुशासनमा रहेको; अनुशासन मान्ने ।
3349 अनुशासित वि. २. अनुशासनमा ल्याइएको वा राखिएको ।
3350 अनुशासितता ना. अनुशासित हुने तथा रहने कार्य वा गुण ।