Dictionary

All Word

3251 अपकर्षक वि. १. अपकर्ष गर्ने ।
3252 अपकर्षक वि. २. अपकर्ष भएको ।
3253 अपकर्षण ना. १. अपकर्ष गर्ने वा हुने काम ।
3254 अपकर्षण ना. २. पछाडि धकेल्ने प्रक्रिया ।
3255 अपकर्षण ना. ३. घटाउने वा कमी गर्ने चाल ।
3256 अपकर्षण ना. ४. मानहानि ।
3257 अपकर्षण ना. ५. मोल घट्ने काम।
3258 अपकर्षण ना. ६. तल खस्ने वा ओर्लने प्रक्रिया।
3259 अपकार ना. १. अर्काको कुभलो हुने वा चिताउने काम; हानि; नोक्सानी; नोक्सान।
3260 अपकार ना. २. अनुचित आचरण वा व्यवहार ।
3261 अपकारक वि. अपकार गर्ने; अहित चिताउने वा हानि पुऱ्याउने ।
3262 अपकारिता ना. १. अपकारी हुनाको भाव वा अवस्था।
3263 अपकारिता ना. २. अपकार।
3264 अपकारी वि. अपकारक।
3265 अपकीर्ति ना. पहिलेको कीर्ति वा यशलाई हानि पुऱ्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति।
3266 अपकृत वि. अपकार गरिएको; कुभलो गरिएको ।
3267 अपकृति ना. हे. अपकार।
3268 अपकृष्ट वि. १. अपकर्ष गरिएको; घटाइएको; कम गरिएको ।
3269 अपकृष्ट वि. २. हटाइएको; पन्छाइएको ।
3270 अपकृष्ट वि. ३. तानिएको; तल ओरालिएको वा खसालिएको।
3271 अपकृष्ट वि. ४. महत्त्व वा मान घटेको ।
3272 अपकृष्ट वि. ५. अधम; नीच; दुष्ट ।
3273 अपकृष्ट वि. ६. खराब। ना.
3274 अपकृष्ट वि. ७. घृणित व्यक्ति; हीन व्यक्ति ।
3275 अपकृष्ट वि. ८. काग; कौवा ।
3276 अपक्रम ना. १. भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया।
3277 अपक्रम ना. २. उचित, उपयुक्त वा ठिक क्रमको अभाव।
3278 अपक्रमण ना. १. अपक्रम गर्ने काम वा भाव।
3279 अपक्रमण ना. २. असन्तोष, रोष वा विरोध प्रकट गर्दै सभा, समिति आदिलाई बहिष्कार गर्ने काम; सुइँकुच्चा ।
3280 अपक्रोश ना. १. ज्यादै चर्को स्वरले कराउने काम ।
3281 अपक्रोश ना. २. दुर्वाच्य वा कटुवचन बोल्ने काम।
3282 अपक्रोश ना. ३. गाली।
3283 अपक्रोश ना. ४. निन्दा।
3284 अपक्व वि. १. नपाकेको; अपरिपक्व; काँचो (फल, खाद्यान्न इ.)।
3285 अपक्व वि. २. पूर्ण विकास नभएको (बुद्धि)।
3286 अपक्व वि. ३. अकुशल।
3287 अपक्वता ना. पक्व नहुनाको स्थिति वा भाव; काँचोपन ।
3288 अपक्ष वि. १. कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष ।
3289 अपक्ष वि. २. समाजमा अरू कसैसँग मिलजुल गरेर बस्न नसक्ने ।
3290 अपक्ष वि. ३. पक्ष वा पखेटा नभएको।
3291 अपक्ष वि. ४. आडभरोस वा आधार नभएको; निस्सहाय ।
3292 अपक्षपात वि. १. पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित। ना.
3293 अपक्षपात वि. २. पक्षपात नगर्ने वा नगरेको स्थिति; निष्पक्षता।
3294 अपक्षय ना. ह्रास; च्युति; नाश।
3295 अपक्षरण ना. वर्षाका भौतिक कारणहरूबाट हुने भूक्षयको क्रिया वा प्रक्रिया ।
3296 अपखण्ड ना. १. कुनै वस्तुको बिग्रेको भाग; अधुरो वा अपूर्ण हिस्सा।
3297 अपखण्ड ना. २. कुनै सडेगलेको अंश ।
3298 अपखण्ड ना. ३. विनष्ट वा लुप्त वस्तुको बिग्रेको खण्ड ।
3299 अपगत वि. १. ठिक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको ।
3300 अपगत वि. २. मरेको; मृत |