Dictionary

All Word

2251 अनिश्चय ना. १. निधो नभएको स्थिति वा अवस्था; निधो नहुने गुण, क्रिया वा प्रक्रिया।
2252 अनिश्चय ना. २. निश्चयको अभाव; अनिर्णय; बेनिधो ।
2253 अनिश्चित वि. निश्चय नभएको वा नगरिएको ।
2254 अनिश्चितता ना. निश्चित नहुनाको भाव वा अवस्था।
2255 अनिष्ट वि. १. नचाहेको; नचिताएको; मन नपरेको; अभीष्ट नभएको; इच्छाको प्रतिकूल; इच्छाविरुद्ध इच्छाको विपरीत; इच्छा गरेभन्दा उल्टो ।
2256 अनिष्ट वि. २. खराब; अहितकर; हानिकारक ।
2257 अनिष्ट वि. ३. अमङ्गलकारी; अशुभ (अनिष्ट ग्रह, अनिष्ट फल इ.)। ना.
2258 अनिष्ट वि. ४. अमङ्गल; अहित; दुर्भाग्य ।
2259 अनिष्ट वि. ५. खराबी; हानि; अशुभ।
2260 अनिष्टकर वि. १. अनिष्ट गर्ने; कुभलो गर्ने ।
2261 अनिष्टकर वि. २. इष्ट वा भलो नगर्ने ।
2262 अनिष्टकारी वि. अनिष्टकर ।
2263 अनीति ना. १. नीति नहुनाको भाव वा अवस्था; नीतिको अभाव ।
2264 अनीति ना. २. नीतिको विरोध ।
2265 अनीति ना. ३. नीतिविरुद्ध व्यवहार (अन्याय, अत्याचार, जुलुम, मनोमानी, अन्धेर इ.)।
2266 अनीश्वर वि. १. ईश्वरको सत्तारहित ।
2267 अनीश्वर वि. २. ईश्वरीय शक्ति नभएको (व्यक्ति) ।
2268 अनीश्वर वि. ३. ईश्वर नमान्ने; ईश्वरको विरोधी ।
2269 अनीश्वरवाद ना. १. ईश्वर छैन भन्ने मत; ईश्वरको अस्तित्व वा सत्ताको खण्डन गर्ने वाद वा दर्शन; ईश्वरउपर अविश्वास वा आशङ्का प्रकट गर्ने मत; नास्तिकता; नास्तिकवाद; शून्यवाद; निरीश्वरवाद।
2270 अनीश्वरवादी वि. १. ईश्वरलाई नमान्ने; ईश्वरको अस्तित्वमा शङ्का वा अविश्वास गर्ने; ईश्वर छैन भन्ने ।
2271 अनीश्वरवादी वि. २. नास्तिक ।
2272 अनु उप. शब्द वा आधारपदको बायाँ वा अघिल्तिर लागी तत्पश्चात्, साहचर्य, सामीप्य, पुनरावृत्ति, अनुक्रम आदि अर्थ झल्काउने उपसर्ग (अनुकरण, अनुवाद, अनुकूल, अनुकम्पा, अनुशीलन, अनुसार, अनुबन्ध, अनुशासन, अनुरोध इ.) ।
2273 अनुकम्पा ना. कसैको आपत्ति, दुःख, कष्ट आदि देखी वा अनुभव गरी त्यस्ता व्यक्तिउपर सहानुभूतिपूर्वक गरिने सहयोग, कृपा वा दया; निगाहा; अनुग्रह।
2274 अनुकम्पित वि. अनुकम्पा वा विशेष कृपा गरिएको; अनुगृहीत।
2275 अनुकरण ना. १. कुनै वस्तु, विषय, विचार वा कामको अनुसरण; कसैले केही गरेको देखी त्यसैको देखासिकी वा नक्कल गर्ने काम; नक्कलगराइ; समान आचरण; देखासिकी; नक्कल; अनुकृति ।
2276 अनुकरण ना. २. प्रकृति वा जीवनजगत्‌को कलात्मक पुनःसृजन ।
2277 अनुकरण ना. ३. प्राचीन ग्रिसेली विद्वान् अरस्तुद्वारा काव्यशास्त्रमा प्रतिपादित सम्पूर्ण कलालाई प्रकृतिको वस्तुगत पुनःसृजन मान्ने साहित्य सिद्धान्त ।
2278 अनुकरण पाठ ना. शिक्षक वा अन्य कसैले आदर्श वा नमुनाका रूपमा गरेको सस्वर पठनलाई अनुकरण गरी पढ्ने अभ्यास; सस्वर पठनको एउटा अभ्यासक्रम ।
2279 अनुकरणमूल ना. अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै- 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्' मा 'सल्' इ.)।
2280 अनुकरण सिकाइ ना. कुनै वस्तु वा तत्सम्बन्धी क्रियाकलापको अनुसरणद्वारा गरिने सिकाइ ।
2281 अनुकरणात्मक वि. कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरण प्रक्रियामा आधारित ।
2282 अनुकरणात्मकता ना. अनुकरणात्मक हुनाको स्वभाव, गुण वा स्थिति ।
2283 अनुकरणात्मक शब्द ना. शब्दनिर्माण प्रक्रियाअन्तर्गत शब्दका वर्गीकरणका क्रममा प्राकृतिक वा अन्य वस्तुका रूप, गति, आवाज र क्रियासम्बन्धी अनुकरणको फलस्वरूप उत्पन्न समध्वन्यात्मक किसिमका मानिएका शब्द (मिरमिर, झलमल्ल, चिटिक्क, भुसुक्क, छर्लङ्ग, ह्वाल्ल इ.)।
2284 अनुकरणीय वि. १. अनुकरण गर्न उचित; नक्कल वा देखासिकी गर्न योग्य; सिको गर्न लायक ।
2285 अनुकरणीय वि. २. नमुनालायक; आदर्श; उदाहरणस्वरूप।
2286 अनुकरणीय वि. ३. उत्तम; असल।
2287 अनुकर्ता वि. अनुकरण गर्ने; नक्कल वा देखासिकी गर्ने ।
2288 अनुकलन ना. १. कुनै बेहोराको अभिलेख राख्ने काम ।
2289 अनुकलन ना. २. कुनै हिसाबकिताबको विवरण राख्ने काम ।
2290 अनुकलन ना. ३. अरूका कुनै कुरा लिएर त्यसलाई आफ्नो अनुकूल बनाई ग्रहण गर्ने काम ।
2291 अनुकलन ना. ४. सम्भावनामा विचार पुऱ्याउँदै भावी कार्यका सम्बन्धमा अनुमान वा कल्पनाको सहायताले कुनै विचार, व्यय आदि निर्धारण गर्ने काम; अन्दाज; आकलन ।
2292 अनुकल्पना ना. १. कुनै अनुसन्धानका प्रारम्भमा त्यस अनुसन्धानको समस्याबारे सम्बन्धित अनुसन्धानकर्ताले स्थापना गरेको र उक्त अनुसन्धानद्वारा खण्डनमण्डन, संशोधन वा परिष्कार हुन सक्ने किसिमको पूर्वमान्यता; प्राक्कल्पना ।
2293 अनुकल्पना ना. २. उपलब्ध तथ्यका आधारमा स्थापित गरिएको र कुनै कुराको विस्तृत अनुसन्धानका निम्ति पूर्वाधारका रूपमा स्विकारिएको मान्यता ।
2294 अनुकारी वि. अनुकरण गर्ने; अनुकर्ता ।
2295 अनुकार्य वि. १. अनुकरण, नक्कल वा देखासिकी गर्न लायक ।
2296 अनुकार्य वि. २. प्रेरणा लिन वा सिको गर्न योग्य; आदर्श; नमुनायोग्य । ना.
2297 अनुकार्य वि. ३. कुनै कृतिमा अनुकरण गरिने प्रकृति वा जीवनजगत्।
2298 अनुकूल वि. १. आफ्नो इच्छा, रुचि, चाहना वा आवश्यकताअनुरूपको; आफूले चिताए वा भनेजस्तो ।
2299 अनुकूल वि. २. समय तथा वातावरणका दृष्टिले उपयुक्त।
2300 अनुकूल वि. ३. कुनै उद्देश्य वा प्रयोजनका निम्ति उपयोगी।