Dictionary

All Word

2101 अदृश्य वि. २. अगोचर; पञ्च इन्द्रियले ज्ञान गर्न नसकिने।
2102 अदृश्य वि. ३. लोप भएको वा लुप्त; हराएको; गायब, अन्तर्ध्यान भएको।
2103 अदृश्य वि. ४. अप्रत्यक्ष; परोक्ष।
2104 अदृश्य वि. ५. दैवी; ईश्वरीय।
2105 अदृष्ट वि. १. नदेखिएको; देखा नपरेको; आँखाका अगाडि नपरेको वा नरहेको।
2106 अदृष्ट वि. २. नदेखिने भएको ; लुप्त; गुप्त; गायब।
2107 अदृष्ट वि. ३. अन्तर्निहित रहेको वा भएको; अन्तर्ध्यान भएको।
2108 अदृष्ट वि. ना. ४. भाग्य; प्रारब्ध; नियति।
2109 अदृष्ट वि. ५. जन्मान्तरको वासना; पूर्वजन्मको संस्कार।
2110 अदृष्ट वि. ६. धर्मअधर्म; पापपुण्य।
2111 अदृष्टपूर्व वि. पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी।
2112 अदृष्टफल ना. पाप अथवा पुण्यको भावी परोक्ष फल; जन्मान्तरका कर्मको परिणाम |
2113 अदृष्टवाद ना. खँदिला तर्क वा प्रत्यक्ष प्रमाणविना दैव, प्रारब्ध, परलोक, जन्मान्तर आदि परोक्ष कुरा मान्ने र त्यसको प्रतिपादन गर्ने सिद्धान्त; जन्मान्तरका अदृष्ट कर्मको फल मान्ने सिद्धान्त; भाग्यवाद; प्रारब्धवाद; नियतिवाद।
2114 अदृष्टवादी वि. अदृष्टवादलाई मान्ने; प्रारब्धवादी; भाग्यवादी; नियतिवादी; परलोकवादी; जन्मान्तरवादी।
2115 अदेख वि. १. नदेखिएको; अप्रत्यक्ष; परोक्ष।
2116 अदेख वि. ना. २. नदेखिने ठाउँ; अदृष्ट स्थल।
2117 अदेख वि. ३. हिँड्ने बाटामा नपरी ओल्टेकोल्टे परेको ठाउँ; झट्ट आँखा नपर्ने ठाउँ।
2118 अदेख वि. ४. अनुपस्थिति; आफू नभएको अवस्था।
2119 अदेख वि. ५. बुद्धि वा चेतले नभेटेको स्थिति।
2120 अदेख वि. ६. उपेक्षा।
2121 अदेखा वि. १. नदेखेको।
2122 अदेखा वि. २. प्रकाशमा नआएको।
2123 अदेखा वि. ३. गोप्य; लुकेको।
2124 अदेय वि. दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य।
2125 अदेय वि. (उदा.- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन- राजा शिविले आफ्ना अङ्गको मासु पनि बाजलाई दान दिएथे।)।
2126 अदौरी ना. मस्यौरा जस्तै वस्तु।
2127 अद्भुत वि. १. उदेकलाग्दो; आश्चर्यजनक; अजीवको; विलक्षण; अनौठो; विचित्रको।
2128 अद्भुत वि. ना. २. आश्चर्य; अनौठो कुरो।
2129 अद्भुत वि. ३. नवरसमध्ये आश्चर्य स्थायीभाव, रोमाञ्च आदि अनुभाव, वितर्क, हर्ष आदि व्यभिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने एक रस।
2130 अद्भुतोपमा ना. उपमेयमा भएका गुणहरू उपमानमा पनि असम्भव भएको रूपमा वर्णन गरिने एक अलङ्कार; उपमा अलङ्कारको एक भेद।
2131 अद्य क्रि.वि. आजको दिन; यो दिन, आज।
2132 अद्यतन वि. १. आजको; आधुनिक; आजका दिनको।
2133 अद्यतन वि. २. हालसालको; आजभोलिको; आजकालको; अचेलको।
2134 अद्यतन भविष्यत् ना. अहिलेको क्षणदेखि आज रातिको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल।
2135 अद्यतन भूत ना. अहिलेको क्षणदेखि गएको रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल।
2136 अद्यापि क्रि.वि. १. आजसम्म; आज पनि।
2137 अद्यापि क्रि.वि. २. अझ पनि; अझसम्म पनि।
2138 अद्यापि क्रि.वि. ३. अहिलेसम्म पनि; वर्तमानकालसम्म पनि; यतिखेर पनि।
2139 अद्यापि क्रि.वि. ४. विगत समयका साथै वर्तमान समयमा पनि।
2140 अद्यापि क्रि.वि. (उदा.- दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ।)।
2141 अद्यावधि क्रि.वि. १. आजसम्म; आजतक; आजपर्यन्।
2142 अद्यावधि क्रि.वि. २. अहिलेतक; हालसालसम्म।
2143 अद्यावधि क्रि.वि. ३. बितेको समयदेखि हालसालको अवधिसम्म; अद्यापि।
2144 अद्यावधि क्रि.वि. (उदा.- मल्लकालदेखि चलेका कैयौँ जात्रा अद्यावधि प्रचलित छन्।)।
2145 अद्यावधिक वि. अद्यावधिसम्मको।
2146 अद्रि ना. १. पहाड; पर्व।
2147 अद्रि ना. २. हिमाल; हिमाद्रि।
2148 अद्वितीय वि. १. तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय।
2149 अद्वितीय वि. २. उम्दा; उत्तम; श्रेष्ठ।
2150 अद्वितीय वि. ३. अभूतपूर्व।