Dictionary

All Word

2051 अदत/अदद ना. जिन्सी मालसामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान।
2052 अदना वि. १. केही नजान्ने; अज्ञानी; अबुझ।
2053 अदना वि. २. निस्सहाय; निराश्रित; आश्रयविहीन |
2054 अदना वि. (अदना केटाकेटी इ.)।
2055 अदप/अदब ना. १. आदरणीय जनप्रतिको मानमर्यादा; ठुलाबडाको आदरभाउ।
2056 अदप/अदब ना. २. काइदा र तरिका पुयाई गरिने व्यवहार; शिष्टाचार।
2057 अदप/अदब ना. ३. आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच वा डर; अनुशासन।
2058 अदम्भ ना. घमण्डको अभाव।
2059 अदम्य वि. १. कुनै किसिमले पनि आफ्नो वशमा पार्न नसकिने; दबाउन वा दमन गर्न नसकिने; केही गर्दा पनि तह नलाग्ने।
2060 अदम्य वि. २. खुब बलियो।
2061 अदर्शन ना. १. देखिन नसक्ने हुनाको भाव; दर्शनको अभाव।
2062 अदर्शन ना. २. लोप; अलप।
2063 अदर्शन ना. ३. नाश; विलय।
2064 अदल १ ना. १. इन्साफ; सदाचारको नियम।
2065 अदल १ ना. २. मुलुकी ऐनको एक महल।
2066 अदल २ वि. हे. अदलीय।
2067 अदलबदल ना. १. समय, मान्यता, मूल्य आदिमा देखा पर्ने फेरबदल; परिवर्तन; हेरफेर।
2068 अदलबदल ना. २. सट्टापट्टा।
2069 अदलबदल ना. ३. फेरफार।
2070 अदलाबदली/अदलीबदली ना. साटासाट वा साटफेर।
2071 अदलीय वि. १. कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय।
2072 अदलीय वि. २. दलविहीन; बियाँ, दानु नभएको; अदल।
2073 अदा ना. १. चुक्ता वा फछ्र्योट।
2074 अदा ना. २. हाउभाउ; भावभङ्गी।
2075 अदा ना. ३. रूप; सौन्दर्य।
2076 अदाच्छे वि. ज्यादै धनी; धनाढ्य।
2077 अदायगी ना. रिन वा दिएको कुरो चुक्त्याउने वा भुक्तान गर्ने काम।
2078 अदालत ना. १. मुद्दामामिलामा न्यायइन्साफ गर्न राखिएको अड्डा।
2079 अदालत ना. २. मुद्दामामिलाको इन्साफ गर्ने अधिकार पाएका व्यक्तिहरूको इजलास।
2080 अदालतको मानहानि ना. अदालतमा इजलास चलेको वा मुद्दाको बहस भएको बेलामा अदालतको वा अदालतका कर्मचारीको बेइज्जत हुने गरी गरिने कानुनविपरीत गालीगोफ्ता; अदालतका मर्यादामाथिको बेइज्जती।
2081 अदालत तहसिल ना. अदालतको फैसलाअनुसार उठतीपुठती आदिको काम गर्ने एक अड्डा।
2082 अदालती वि. १. अदालतसम्बन्धी; अदालतको।
2083 अदालती वि. २. अदालतमा काम गर्ने।
2084 अदालती वि. ३. मुद्दा लड्ने वा लडाउने; झेली।
2085 अदालती जाँच ना. अदालतले कानुनअनुसार आवश्यक जाँचबुझ गर्ने काम; अदालतका कर्मचारीद्वारा कानुनका आधारमा नियमपूर्वक गरिने जाँचबुझ।
2086 अदालती बन्दोबस्त ना. न्यायपालिकाको प्रशासनिक व्यवस्था; न्यायपालिकाको प्रशासनिक व्यवस्थाका निम्ति मुलुकी ऐनमा व्यवस्था भएको एक खण्ड।
2087 अदालती लिखत ना. अदालतमा पेस भएका फिरादपत्र, प्रतिउत्तरपत्र आदि कागजा।
2088 अदिति ना. पुराण आदि अनुसार कश्यप ऋषिकी पत्नी; देवता वा आदित्यकी माता।
2089 अदीक्षित वि. दीक्षा नलिएको; दीक्षा प्राप्त नगरेको।
2090 अदुवा ना. १. झन्डै बेसारको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पति।
2091 अदुवा ना. २. मसला वा औषधिका प्रयोगमा आउने उक्त गानु।
2092 अदुवापाने वि. गोडाका सबै औँला बुढी औँलातिर र बुढी औँला चाहिँ भित्रतिर फर्केको (खुट्टा, मान्छे आदि); अदुवाको पानाजस्तो।
2093 अदूरदर्शिता ना. अदूरदर्शी हुनाको गुण, स्वभाव वा स्थिति।
2094 अदूरदर्शी वि. १. टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी।
2095 अदूरदर्शी वि. २. पछिको सोचविचार नगर्ने, भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने।
2096 अदूरदर्शी वि. ३. पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने।
2097 अदूरदर्शी वि. ४. सोचसमझ नभएको; स्थूलबुद्धि।
2098 अदूषित वि. १. दोष नभएको; निर्दोष।
2099 अदूषित वि. २. चोखो; शुद्ध; पवित्र।
2100 अदृश्य वि. १. नदेखिने; आँखाको पहुँच वा दृष्टिभन्दा परको।