Dictionary

All Word

1901 अनजान वि. ३. कसैद्वारा नचिनिएको ।
1902 अनत वि. १. ननुहेको वा ननिहुरिएको; ठाडो ।
1903 अनत वि. २. अनम्र।
1904 अनतिक्रमण ना. १. नघाइ वा उल्लङ्घनको अभाव।
1905 अनतिक्रमण ना. २. एक देशले अर्का देशको सीमाको उल्लङ्घन नगर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनी स्वीकार गरिएको नीति ।
1906 अनतिक्रमणीय वि. अतिक्रमण वा उल्लङ्घन गर्न नहुने वा नसकिने ।
1907 अनदी ना. १. रातो, ठुलो र लाम्चो दाना हुने, पानी प्रशस्त भएको ठाउँमा लाग्ने, लामो समयमा पाक्ने एक प्रकारको धान ।
1908 अनदी ना. २. त्यस्तो धानको चामल।
1909 अनद्यतन वि. आजका दिनमा नभएको; आजका दिनसित असम्बद्ध ।
1910 अनद्यतन भविष्य(त्) ना. भरे आउने आधा रातपछिको समय बुझाउने काल; भविष्यत्कालको एक भेद ।
1911 अनद्यतन भूत ना. बितेको आधा रातभन्दा पहिलेको समय बुझाउने काल; भूतकालको एक भेद ।
1912 अनधिकार वि. १. अधिकारहीन ।
1913 अनधिकार वि. २. अधिकारबाहिरको । ना.
1914 अनधिकार वि. ३. अधिकारको अभाव।
1915 अनधिकार उपस्थिति ना. उपस्थित हुने अधिकार नभएका ठाउँको उपस्थिति।
1916 अनधिकार चर्चा ना. आफूले थाहा नपाएका वा आफ्नो दखल नभएका कुराको चर्चा ।
1917 अनधिकार चेष्टा ना. १. १ अधिकारभन्दा बाहिरको काम वा कुरामा दखल दिने कोसिस।
1918 अनधिकार चेष्टा ना. २. नजानेनबुझेको कुरामा हात हाल्ने प्रयत्न ।
1919 अनधिकार चेष्टा ना. ३. अख्तियारको दुरुपयोग गर्ने कोसिस ।
1920 अनधिकार प्रकाशन ना. १. छापाखाना वा प्रकाशनसम्बन्धी ऐनकानुनअनुसार प्रकाशन गर्न नहुने विषय लेखी गरिएको प्रकाशन ।
1921 अनधिकार प्रकाशन ना. २. नियमपूर्वक दर्ता, रजिस्ट्रेसन आदि नगरी छापिएका पुस्तक, पत्रपत्रिका आदि ।
1922 अनधिकार प्रवेश ना. पस्न नपाइने ठाउँमा गरिएको प्रवेश ।
1923 अनधिकारिक वि. हक एवं अधिकारले नभेट्ने; कुनै प्रकारको हकदाबी गर्ने अधिकार नभएको; बेहकको ।
1924 अनधिकारी ना. १. अधिकार प्राप्त नभएको व्यक्ति ।
1925 अनधिकारी ना. २. सम्बन्धित विषयमा राम्रो दखल नभएको व्यक्ति । वि.
1926 अनधिकारी ना. ३. अधिकारविहीन ।
1927 अनधिकारी ना. ४. अनधिकारिक।
1928 अनधिकृत वि. १. खास कुराका निम्ति अधिकार नदिइएको वा नपाइएको।
1929 अनधिकृत वि. २. आफ्नो अधिकारमा नल्याइएको ।
1930 अनधिकृत वि. ३. अधिकारपूर्वक नगरिएको; आधिकारिक नभएको, अनधिकारिक (पत्र, विज्ञप्ति आदि।)
1931 अनधीत वि. अध्ययन नगरेको; नपढेको ।
1932 अनध्याय ना. १. शास्त्रका अनुसार पढ्न नहुने दिन ।
1933 अनध्याय ना. २. पुरानो प्रचलनअनुसार पढाइका दृष्टिले छुट्टीको दिन (अष्टमी, प्रतिपदा, चतुर्दशी, पूर्णिमा, औँसी इ.)।
1934 अननुनासिक वि. मुखबाट मात्र सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; मौखिक ध्वनि।
1935 अननुभूत वि. १. अनुभव नगरिएको वा अनुभवमा नआएको ।
1936 अननुभूत वि. २. कुनै पनि ज्ञानेन्द्रियद्वारा ग्रहण नगरिएको; अनुभूतिविहीन ।
1937 अनन्त वि. १. टुङ्गो नभएको; सीमा नभएको; छेउटुप्पो फेला नपर्ने; असीम; हद नभएको ।
1938 अनन्त वि. २. गन्न नसकिने; अनगन्ती; धेरै ।
1939 अनन्त वि. ३. कहिल्यै नाश नहुने ।
1940 अनन्त वि. ४. साह्रै ठुलो ।
1941 अनन्त वि. ५. ज्यादै धेरै। ना.
1942 अनन्त वि. ६. ईश्वर ।
1943 अनन्त वि. ७. अष्ट महानाग (अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख) मध्ये पहिलो नाग |
1944 अनन्त वि. ८. भाद्रशुक्ल चतुर्दशीका दिन अनन्त भगवान्‌को पूजा गरी प्रसाद रूपमा पाखुरामा धारण गरिने चौध गाँठो पारिएको डोरो ।
1945 अनन्त आकाश ना. कहिल्यै नटुङ्गिने आकाश वा त्यसको दुरी ।
1946 अनन्तकाल ना. अन्त नहुने समय; समयको असीमित स्वरूप।
1947 अनन्त चतुर्दशी ना. भाद्र शुक्ल चतुर्दशी ।
1948 अनन्तता ना. कुनै पनि वस्तुको अन्त नहुने गुण; शाश्वतता।
1949 अनन्त ब्रह्माण्ड ना. विश्वको विराट् स्वरूप।
1950 अनन्त मूल ना. बाटुलो र तिखो टुप्पो भएको पात हुने, मन्दाग्नि, अरुचि, दम, खोकी र विषको दोष आदिको उपचारका निम्ति प्रयोग गरिने कालो वा सेतो रङ्गको एक थरी पोथ्रो; सहदेवा बुटी ।