Dictionary

All Word

1951 अनन्तर वि. १. अन्तर नभएको; सीमा नभएको ।
1952 अनन्तर वि. २. बिचमा कुनै प्रकारको बाधाव्यवधान नभएको ।
1953 अनन्तर वि. ३. एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; समान वा सँगै रहेको । क्रि.वि.
1954 अनन्तर वि. ४. पछि; यसभन्दा पछिल्तिर।
1955 अनन्तर वि. ५. छिट्टै; झट्टै।
1956 अनन्तलिङ्गेश्वर ना. महादेवको एक स्वरूप।
1957 अनन्तव्रत ना. अनन्त चतुर्दशीमा लिइने व्रत।
1958 अनन्य वि. पराई नभएको; अभिन्न; आत्मीय; आफ्नो; स्वकीय।
1959 अनन्वय ना. १. अन्वयको अभाव; अर्काको पछि नलाग्ने बानी, कार्य वा नीति।
1960 अनन्वय ना. २. उपमेयलाई नै उपमान मान्ने एक अलङ्कार; अतिशयोपमा। (जस्तै- राम र रावणको युद्ध रामरावणको युद्ध जस्तै थियो।)
1961 अनपढ वि. १. नपढेको; अपढ ।
1962 अनपढ वि. २. अदीक्षित; निरक्षर; अशिक्षित।
1963 अनपत्यार ना. विश्वासको अभाव; बेपत्यार; अविश्वास; अपत्यार।
1964 अनपत्यारिलो वि. १. विश्वास गर्न नसकिने वा नहुने; अनविश्वासी; अविश्वसनीय।
1965 अनपत्यारिलो वि. २. ढाँट; छली; कपटी |
1966 अनपाम्मे वि. १. उपमा दिनै नसकिने; कतै नभएको ।
1967 अनपाम्मे वि. २. आश्चर्यजनक ।
1968 अनपेक्षा ना. १. अपेक्षाको अभाव; उपेक्षा; बेवास्ता ।
1969 अनपेक्षा ना. २. मतलब नामेट व्यवहार, नीति वा कार्य ।
1970 अनपेक्षित/अनपेक्ष्य वि. १. वास्ता नगरिएको वा नभएको ।
1971 अनपेक्षित/अनपेक्ष्य वि. २. आवश्यकता, चाह वा पर्वाह नभएको ।
1972 अनभिज्ञ वि. १. कुनै खास विषयका बारेमा केही नजान्ने; अनजान।
1973 अनभिज्ञ वि. २. मूर्ख।
1974 अनभिज्ञ वि. ३. केही थाहा नपाएको ।
1975 अनभिज्ञता ना. अनभिज्ञ हुनाको भाव वा अवस्था ।
1976 अनभिव्यक्त वि. व्यक्त नभएको; अभिव्यक्ति नपाएको; शब्द, वाक्य वा इसारामार्फत कसैलाई थाहा नदिइएको ।
1977 अनभ्यस्त वि. १. अभ्यास नभएको; अभ्यास नगरिएको।
1978 अनभ्यस्त वि. २. अपरिपक्व।
1979 अनभ्यास ना. अभ्यासको अभाव; कुनै कुरामा आदत वा बानीको अनुपस्थिति।
1980 अनमन ना. १. खटपट; ठाकठुक । २ मनमुटाव; झैझगडा।
1981 अनमेल ना. १. मेलमिलापको अभाव; बेमेल; फुट।
1982 अनमेल ना. २. असमानता; जोडाको अभाव | वि.
1983 अनमेल ना. ३. मेल नभएको; मिलाप नभएको।
1984 अनमेल ना. ४. जोडा नभएको ।
1985 अनमेल विवाह ना. वर र वधूको उमेरमा चाहिँदोभन्दा बढी फरक पारी गरिने वा गरिएको विवाह; उमेरका दृष्टिले गैरकानुनी विवाह; जोडा नमिलाई गरिएको विवाह; अमिल्दो बिहा ।
1986 अनमोल वि. १. अत्यन्त धेरै मोल पर्ने; अमूल्य; मोलै नभएको।
1987 अनमोल वि. २. दामी; बहुमूल्य ।
1988 अनम्र वि. १. नझुकेको; ननिहुरेको ।
1989 अनम्र वि. २. नम्र नभएको; अविनीत।
1990 अनम्र वि. ३. उद्दण्ड; उद्धत।
1991 अनरसा ना. हे. अनर्सा ।
1992 अनरीत वि. १. नियम, आचरण वा व्यवहारको विपरीत; रीत नमिल्दो; बेरीतको। ना.
1993 अनरीत वि. २. खराब चलन; कुरीति; कुप्रथा ।
1994 अनरीति ना. अनरीत; बेरीति ।
1995 अनरेरी वि. १. अवैतनिक; बेतलबी ।
1996 अनरेरी वि. २. सम्मानपूर्ण; यशस्कर।
1997 अनरेरी वि. ३. मानार्थ (पद वा उपाधि)
1998 अनर्गल वि. १. रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि)।
1999 अनर्गल वि. २. आग्लोबिनाको।
2000 अनर्घ्य वि. अमूल्य; बहुमूल्य ।