Dictionary

All Word

1601 अटो ना. १. एक प्रकारको छाप्ने यन्त्र।
1602 अटो ना. २. स्वहस्तलेख; अटोग्राफ।
1603 अटो ना. ३. टेम्पो।
1604 अटो ना. वि. ४. स्वचालित; आफैँ आफ चल्ने, हुने वा बन्ने (अटोबस, अटोरिक्सा, अटोमोबाइल्स इ.)।
1605 अटोग्राफ ना. स्वहस्तलेख।
1606 अटोमेटिक वि. मानवीय नियन्त्रण वा सञ्चालनविना आफैँ चल्ने; स्वचालित (अटोमेटिक घडी; अटोमेटिक राइफल इ.)।
1607 अट्काउ ना. हे. अड्काउ।
1608 अट्काउपट्काउ ना. हे. अड्काउपड्काउ।
1609 अट्टहास ना. ठुलो स्वरको हाँसो; खित्का छोडेको हाँसो।
1610 अट्टान वि. अत्यन्त बलियो; हट्टाकट्टा; दह्रिलो।
1611 अट्टालिका ना. अटाली।
1612 अट्टे ना. मार्सी धानको एक भेद |
1613 अट्ठा ना. तासको वा गन्जिफाको आठ फुट्टी भएको पत्ती; आठ फुट्टीवाला चक्की।
1614 अट्ठाइस ना. १. बिस र आठको योगसङ्ख्या; २८ को अङ्क।
1615 अट्ठाइस ना. वि. २. गन्दै जाँदा अट्ठाइस सङ्ख्यामा पर्ने; सातको चार गुना हुने।
1616 अट्ठाइसौँ वि. १. गन्ने क्रममा अट्ठाइस चाहिँ सङ्ख्यामा हुने; कुनै बाँडिएका वा बाँडिने वस्तुको बराबरका अट्ठाइसमध्ये एउटा चाहिँ भाग भएको।
1617 अठचालिस ना. १. चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क।
1618 अठचालिस ना. वि. २. गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको।
1619 अठचालिसौँ वि. गन्तीका क्रममा अठचालिस सङ्ख्याको; अठचालिस सङ्ख्यामा पर्ने।
1620 अठचालीस ना. हे. अठचालिस।
1621 अठचालीसौँ वि. हे. अठचालिसौँ।
1622 अठतिस ना. १. तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क।
1623 अठतिस ना. वि. २. गन्तीका क्रममा सैँतिसपछिका सङ्ख्याको।
1624 अठतिसौँ वि. गन्तीका क्रममा अठतिस सङ्ख्याको; अठतिस सङ्ख्यामा पर्ने।
1625 अठतीस ना. हे. अठतिस।
1626 अठतीसौँ वि. हे. अठतिसौँ।
1627 अठन्नी ना. पहिलेको भारतीय आधा रुपियाँ अर्थात् आठ आनाको सिक्का; बत्तिस पैसाको सिक्का |
1628 अठपहरी/अठबरी/अठबरे ना. लिम्ब्वानी र खम्ब्वानी मिश्रण भएको भाषा बोल्ने राई जातिको एक शाखा।
1629 अठबा वि. १. अप्ठ्यारो; गाह्रो; मुस्किल।
1630 अठबा वि. ना. २. दोठ्‌याङ; असजिलो स्थिति।
1631 अठसट्ठी ना. १. साठी र आठको योगसङ्ख्या; ६८ को अङ्क।
1632 अठसट्ठी ना. वि. २. गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको।
1633 अठसट्ठिऔँ / अठसट्ठियाँ वि. गन्तीका क्रममा अठसट्ठी सङ्ख्यामा पर्ने; अठसट्ठी सङ्ख्याको।
1634 अठहत्तर ना. १. सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क।
1635 अठहत्तर ना. वि. २. सतहत्तरपछिको सङ्ख्यामा पर्ने; सत्तरी र आठका योगसङ्ख्याको।
1636 अठार ना. १. दश र आठको योगसङ्ख्या; १८ को अङ्क।
1637 अठार ना. वि. २. गन्तीका क्रममा सत्रपछिको सङ्ख्यामा पर्ने; दश र आठका योगसङ्ख्याको।
1638 अठार पोल ना. बोडीमा आधारित धार्नी प्रणालीको अनुसार बिसौलीभन्दा कम परिमाणको तौल।
1639 अठारौँ वि. गन्दै लाँदा अठार सङ्ख्यामा पर्ने; अठार सङ्ख्याको।
1640 अठासी ना. १. असी र आठको योगसङ्ख्या; ८८ को अङ्क।
1641 अठासी ना. वि. २. असी र आठका योगसङ्ख्याको; सतासीपछिको सङ्ख्यामा पर्ने।
1642 अठासिऔँ/अठासियौँ वि. अठासी सङ्ख्यामा पर्ने; अठासी सङ्ख्याको।
1643 अठिँगर/अठिङर/अठिङ्गर ना. शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी।
1644 अठिया ना. केराको एक जात; अठैँसो।
1645 अठेङ ना. हे. अठ्याङ।
1646 अठेङ मठेङ क्रि.वि. हे. अठ्याङमठ्याङ।
1647 अठेसो ना. झ्याल, ढोका आदिका खापामा खोल्न वा लगाउन हुने गरी जडिएको वस्तु; हातो; मुर्रा।
1648 अठैँसो ना. कमसल खालको केराको एक भेद; अठिया।
1649 अठोट्नु स.क्रि. १. निधो गर्नु; निर्णय गर्नु।
1650 अठोट्नु स.क्रि. २. बन्दोबस्त मिलाउनु; तजबिज गर्नु।