Dictionary

All Word

1501 अद्यतन वि. २. हालसालको; आजभोलिको; आजकालको; अचेलको।
1502 अद्यतन भविष्यत् ना. अहिलेको क्षणदेखि आज रातिको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल।
1503 अद्यतन भूत ना. अहिलेको क्षणदेखि गएको रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल।
1504 अद्यापि क्रि.वि. १. आजसम्म; आज पनि।
1505 अद्यापि क्रि.वि. २. अझ पनि; अझसम्म पनि।
1506 अद्यापि क्रि.वि. ३. अहिलेसम्म पनि; वर्तमानकालसम्म पनि; यतिखेर पनि।
1507 अद्यापि क्रि.वि. ४. विगत समयका साथै वर्तमान समयमा पनि। (उदा.- दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ।)
1508 अद्यावधि क्रि.वि. १. आजसम्म; आजतक; आजपर्यन्त।
1509 अद्यावधि क्रि.वि. २. अहिलेतक; हालसालसम्म।
1510 अद्यावधि क्रि.वि. ३. बितेको समयदेखि हालसालको अवधिसम्म; अद्यापि। (उदा.- मल्लकालदेखि चलेका कैयौँ जात्रा अद्यावधि प्रचलित छन्।)
1511 अद्यावधिक वि. अद्यावधिसम्मको।
1512 अद्रि ना. १. पहाड; पर्वत।
1513 अद्रि ना. २. हिमाल; हिमाद्रि।
1514 अद्वितीय वि. १. तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय।
1515 अद्वितीय वि. २. उम्दा; उत्तम; श्रेष्ठ।
1516 अद्वितीय वि. ३. अभूतपूर्व।
1517 अद्वैत वि. १. तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो। ना.
1518 अद्वैत वि. २. द्वैतता वा द्वैधताको अभाव; ऐक्य।
1519 अद्वैत वि. ३. परमात्मा र जीवात्माको अभेद वा ऐक्य।
1520 अद्वैत वि. ४. परमतत्त्व; ब्रह्म।
1521 अद्वैतता ना. अद्वैत (ब्रह्म, परमतत्त्व इ.) को गुण वा विशेषता।
1522 अद्वैतवाद ना. सृष्टिमा परब्रह्म वा परमात्मा मात्र सत्य छ र बाँकी सारा विश्व मिथ्या छ भन्ने वेदान्तदर्शन।
1523 अद्वैतवादी वि. अद्वैतवादको अनुयायी।
1524 अधः क्रि.वि. १. निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो; तल। ना.
1525 अधः क्रि.वि. २. तल्लो क्षेत्र वा स्थान (पाताल आदि लोक)।
1526 अधःपतन ना. १. निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम।
1527 अधःपतन ना. २. मान मर्यादा, नैतिकता आदिबाट हुने पतन; अधोगति; अवनति; गिराइ।
1528 अधःपतन ना. ३. दुर्गति।
1529 अधकट्टी ना. चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको बेहोरा अर्को पक्षले लिन मिल्ने गरी व्यवस्था मिलाइएका दुई खण्डमध्ये कुनै एक खण्ड।
1530 अधकपाली ना. रुघा बिग्रिई वा पिनास पल्टिई आधा कपाल (टाउकाको आधा पाटो) दुख्ने रोग; अधा।
1531 अधकल्चाइ ना. अधकल्चो हुनाको किसिम, भाव वा स्थिति।
1532 अधकल्चिनु अ.क्रि. अधकल्चो हुनु; आधा मात्र काम हुनु।
1533 अधकल्चो वि. १. आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो।
1534 अधकल्चो वि. २. अर्धशिक्षित।
1535 अधकल्चो वि. ३. अधुरो; अपुरो।
1536 अधकल्चो वि. ४. अधमरो।
1537 अधकल्चो वि. ५. अपरिपक्व।
1538 अधकल्चो वि. ६. अधकल्टो; अधपिल्टो।
1539 अधकल्च्याइ ना. अधकल्चिने क्रिया वा प्रक्रिया।
1540 अधकल्च्याइनु क.क्रि. अधकल्चो पारिनु; अधकल्च्याउन लाइनु।
1541 अधकल्च्याउनु प्रे.क्रि. अधकल्चो पार्नु; अधकल्चिन लाउनु; अधकल्चिने पार्नु।
1542 अधखुला वि. १. खुला स्वर 'आ' भन्दा माथि र आधा बन्द स्वर 'ए' भन्दा तल जिब्रो रहेर उच्चरित हुने (स्वर)।
1543 अधखुला वि. २. आधा खुला।
1544 अधन वि. धन नभएको; निर्धनी; गरिब; तन्नमभगत; कङ्गाल; हरिकङ्गाल; हरिटट्टु।
1545 अधन्नी ना. आधा आनाको सिक्का; दुईपैसे सिक्का; दुईपैसे ढ्याक।
1546 अधपक्का/अधपक्को/ अधपाको वि. १. आधा पाकेको आधा नपाकेको; अर्धपक्व।
1547 अधपक्का/अधपक्को/ अधपाको वि. २. अपरिपक्व।
1548 अधपिल्टो वि. १. आधा काम भएको।
1549 अधपिल्टो वि. २. आधा टुक्रा पारिएको। ना.
1550 अधपिल्टो वि. ३. कनिका, चामल, मकै आदि अन्नको आधा फग्ल्याँटो; खँडेउली।