Dictionary

All Word

93501 हाँडो ना. १. माटाको वा धातुको थोत्रो भाँडो।
93502 हाँडो ना. २. निन्दा गर्दा वा झर्किएर भाँडाको नाम लिँदा भनिने हेयार्थक शब्द |
93503 हाँडोचिन्डो ना. हाँडाचिण्डा।
93504 हाँडो भाँडो ना. १. हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा।
93505 हाँडो भाँडो ना. २. घरायसी कामका मालमत्ता; झिटीमिटी |
93506 हाँप्नु अ.क्रि. १. गर्मी वा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु। २ थुतुनाले कुँक्क गरेर हान्नु।
93507 हाँपझँlप ना. १. हतारले हिँड्दा वा छिटछिटो दौडँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ।
93508 हाँपझँlप ना. २. मन परेको कुरा लिन वा खोस्नका निम्ति गरिने झम्टाइ |
93509 हाँपझँlप ना. ३. साह्रै हडबडी वा हतपत।
93510 हाँपिनु अ.क्रि. हाँप्ने काम गरिनु।
93511 हाँस ना. चेप्टो, फराकिलो चुच्चो र औँला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै मासुका लागि घरमा पालिने; प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस |
93512 हाँसको चिउरा ना. जमेको पानीमाथि तरजस्तो गरी लाग्ने चरीअमिलाका आकारका ससाना पात र त्यसकै तलतिर ससाना जरा देखिने झ्याउ; वारिपर्णी।
93513 हाँसखुट्टे ना. हाँसका पन्जाका आकारका पात हुने, आयुर्वेदअनुसार खटिरा, रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी।
93514 हाँसपोखरी ना. १. हाँस बस्ने र चर्ने पोखरी।
93515 हाँसपोखरी ना. २. इलाम जिल्लामा रहेको यसै नामको एक डाँडो।
93516 हाँसिनु अ.क्रि. हाँस्ने काम गरिनु।
93517 हाँसे ना. आफू पहिले हाँसेर मात्र अरुलाई हँसाउने खालको अभिनेता।
93518 हाँसो ना. १. हाँस्ने काम; हास।
93519 हाँसो ना. २. कसैको बिगार वा परिहासमा निस्कने हँसाइ; उपहास; ठट्टा।
93520 हाँस्नु अ.क्रि. १. मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु; हाँसो निकाल्नु; खित्का छाड्नु।
93521 हाँस्नु अ.क्रि. २. खुसी हुनु; दङ्ग पर्नु।
93522 हाँस्नु अ.क्रि. ३. अर्काको गिल्ला गर्नु; उपहास गर्नु।
93523 हा वि.बो. १. दिक्दारी, शून्यता, शोक, बिस्मात, घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द।
93524 हा वि.बो. २. कसैले अनुचित कामकुरो गरेमा हप्काउनका लागि प्रयोग गरिने शब्द; निषेधसूचक शब्द |
93525 हार्रहुर्र क्रि.वि. हारहुर |
93526 हाइँ ना. १. बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द।
93527 हाइँ ना. २. फाइँको अग्रक |
93528 हाइफा ना. कुनै काम सिद्ध गराउनका निम्ति झिकिएको फुर्ती वा धाक; फुइँफाइँ; हाकहुक।
93529 हाइ वि.बो. १. ठुलो मानसिक ताप वा शारीरिक कष्ट परेको वेलामा सन्ताप प्रकट गरिने शब्द; हाय।
93530 हाइ वि.बो. २. कसैलाई ज्यादै ठुलो कष्ट वा सन्ताप परेको देख्ता सहानुभूति र समवेदना दर्साउन प्रयोग गरिने शब्द; कठै।
93531 हाइ वि.बो. ३. अरूको उन्नति र प्रगतिमा प्रसन्नता जाहेर गर्न उच्चारण गरिने शब्द (उदा.- हाइ, कति राम्रो भाग्य ! )।
93532 हाइडेलवर्ग मानव ना. नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलवर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको नरवानर; आजभन्दा लगभग छ लाख वर्ष पूर्वको मानव।
93533 हाइड्रा ना. दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको, आठदशवटा हात भएको, जम्मा दुई तहले मात्रै शरीर बनेको, शरीरमा शत्रुको सामना गर्न चिल्ने थुप्रै आरा हुने, खोल्साखाल्सी र पोखरी आदिमा पाइने, झट्ट हेर्दा झारपातजस्तो देखिने एक जीव।
93534 हाइड्रोजन ना. उदजन।
93535 हाइबरा वि.बो. अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै।
93536 हाइलम्फु वि. केही काम नलाग्ने; लट्ठू; लन्ठ; हलम्बू |
93537 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. १. सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा।
93538 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. २. सामान्य सुखमा पनि मानिने सन्तोष। क्रि.वि.
93539 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. ३. आनन्दसँग; सुखसाथ।
93540 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. ४. सड़कोच नमानीकन वा आज्ञा नलिएरै।
93541 हाई ना. १. आलस्य, निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ।
93542 हाई ना. २. शरीरलाई शिथिल बनाउने र मुख बाउने चेष्टाविशेष |
93543 हाई स्कुल ना. माध्यमिक विद्यालय; कक्षा दशसम्म अध्ययनअध्यापन गरिने पाठशाला।
93544 हाई-हाई वि.बो. १. चारैतिरबाट सुखसुविधा भएको स्थिति; क्रमशः सम्पन्न हुँदै गएको अवस्था। ना.
93545 हाई-हाई वि.बो. २. प्रशंसा; तारिफ |
93546 हाउ ना. १. स्त्रीजातिले आँखा, मुख, हात आदि नचाएर अरूलाई आकर्षण गर्ने चेष्टा; हाव।
93547 हाउ ना. २. सङ्गीत, नृत्य आदिमा कुनै भाव अभिव्यञ्जित गर्नाका लागि गरिने अङ्गहरूको चेष्टा।
93548 हाउ ना. केटाकेटीलाई डर देखाउन वा तर्साउनका लागि कल्पना गरिएको भयावह प्राणी।
93549 हाउ गीत ना. बालक तर्साउन गाइने एक थरी गीत |
93550 हाउगुजी ना. हाउ किरो।