Dictionary

All Word

93801 हाल्नु स.क्रि. ३. मोल दिनु (जस्तो- रुपियाँ हाल्नु, पैसा हाल्नु आदि )।
93802 हाल्नु स.क्रि. ४. मिलाउनु वा मिसाउनु (जस्तो- भाका हाल्नु, किरिया हाल्नु इ.)।
93803 हाल्नु स.क्रि. ५. प्रवेश दिन; नियुक्ति गर्नु; भर्ना गर्नु।
93804 हाल्नु स.क्रि. ६. सौता ल्याउनु। ना.
93805 हाल्नु स.क्रि. ७. पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो- गइहाल्नु; गरिहाल्नु; भनिहाल्नु इ.)।
93806 हाल्लहुल्ल क्रि.वि. पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर।
93807 हाव ना. पुरुषलाई मोहित पार्न स्त्रीद्वारा प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारका अनुसार नायकलाई आकर्षित गर्न नायिकाद्वारा अँगालिने चेष्टा (कटाक्ष, भ्रूविक्षेप आदि)।
93808 हावभाव ना. १. नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा।
93809 हावभाव ना. २. नायक, अभिनेता, नर्तक वा वेश्या आदिले विषय सुहाउँदो प्रभाव पार्ने स्वर, अङ्ग सञ्चालन आदिद्वारा गरिने चेष्टा।
93810 हावा ना. पृथ्वीको चारैतिर फैलिएको केही ग्याँस विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको, प्राणी, वनस्पति आदिको जीवनका लागि सास फेर्न चाहिने, अदृश्य तर निरन्तर प्रवाहमान पदार्थ; पञ्चतत्त्वमध्ये एक; वायु; बतास।
93811 हावाकावा ना. हायलकायल।
93812 हावा कुरा ना. नपत्याइँदो कुरा; गफ।
93813 हावा खुस्काइ ना. १. जीवनको अन्त; मरण।
93814 हावा खुस्काइ ना. २. टायर आदिबाट हावा बाहिर निस्कने काम।
93815 हावा खुस्काइ ना. ३. पागल हुने वा बौलाउने अवस्था।
93816 हावाखोरी ना. १. पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मी याम बिताउन उँचो ठाउँमा बनेको घर।
93817 हावाखोरी ना. २. हावा खाने काम; घुमफिर।
93818 हावाघर ना. शुद्ध हावा प्रशस्त खेलोस् भनी बनाइएको घर; बङ्गला।
93819 हावादार / दारी वि. १. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको।
93820 हावादार / दारी वि. २. प्रमाण नभएको; उडन्ता ( खबर)।
93821 हावादार / दारी वि. ३. ठाउँठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना ) |
93822 हावापानी ना. प्राणीको जीवन र स्वास्थ्यमा असर पार्ने स्थानीय हावा; पानी आदि प्राकृतिक पदार्थ; हावा र पानीको अवस्था; जलवायु।
93823 हावाबाजी ना. प्रमाण, सबुत केही नभएको कुरो; उडन्ता खबर।
93824 हावा बिग्रेको वि. पागल; विक्षिप्त।
93825 हास ना. १. हाँस्ने काम; हाँसो।
93826 हास ना. २. उपहास; ठट्टा; दिल्लगी।
93827 हास ना. ३. साहित्यमा हास्यरसको स्थायी भाव (यसका छ भेद छन्- स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित) |
93828 हास ना. ४. हास्यरस।
93829 हास ना. ५. फक्रने वा फुल्ने काम।
93830 हास परिहास ना. ठट्टा; दिल्लगी।
93831 हासिल वि. १. पाइएको; उपलब्ध; प्राप्त।
93832 हासिल वि. २. काम सिद्ध भएको; काम पूरा भएको; सफल। ना
93833 हासिल वि. ३. लाभ; प्राप्ति; उपलब्धि।
93834 हासिल वि. ४. सफलता; सिद्धि।
93835 हास्य वि. १. हाँस्न लायक; प्रहसनयोग्य। २ हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य। ना
93836 हास्य वि. ३. साहित्यका नौ रसमध्ये एक रस; हास्यरस।
93837 हास्यजनक वि. हाँसोउठ्दो; नसुहाउँदो; नमिल्दो।
93838 हास्यरस ना. साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, 'हास' स्थायी भाव भएको एक रस।
93839 हास्य व्यङ्ग्य ना. १. छेडखानका साथै हाँसो उठाउने कामकुरो; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य।
93840 हास्य व्यङ्ग्य ना. २. साहित्यमा यथार्थ तर अनुचित काम-कारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
93841 हास्य व्यङ्ग्य ना. ३. साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा प्रयोग गरिने एक शिल्प ।
93842 हास्यास्पद वि. १. देख्दा हाँसो पैदा हुने; हाँसोउठ्दो।
93843 हास्यास्पद वि. २. गर्न नहुने; लाजलाग्दो; निन्दनीय ।
93844 हाहा ना. १. चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्क आवाज; चर्को हाँसो।
93845 हाहा ना. २. अरू कसैको निन्दा वा उपहास।
93846 हाहा ना. 3. धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार।
93847 हाहा ना. ४. ठुलो चोट; ज्यादै कष्ट; विपत्ति।
93848 हाहा ना. ५. अत्त्याउने वा आत्तिने काम; डोहो; आच्छुआच्छु।
93849 हाहा ना. ६. चराचुरुङ्गी आदिलाई धपाउने काम।
93850 हाहा ना. ७. कुनै अभद्र काम नगर्न सम्झाउने शब्द ।