Dictionary

All Word

93851 हाहा ना. ८. अर्काको भनाइमा विना- सोचविचार लाग्ने काम; बहकाउ; लहैलहै।
93852 हाहाकार ना. १. धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद।
93853 हाहाकार ना. २. ठुलो कष्ट; विपत्ति।
93854 हाहाहुहु ना. १. सङ्गीतकलामा प्रसिद्ध गन्धर्वजातिका प्रमुख गायक; हाहा र हुहु नामका गन्धर्व।
93855 हाहाहुहु ना. २. ठट्टामजाक; हँसीदिल्लगी; लहडबाजी।
93856 हाहाहुहु ना. ३. हटाउने वा पन्छाउने आशय व्यक्त गर्ने शब्द ।
93857 हाहु/हाहो क्रि.वि. जेनतेन गरी; कुनै तवरले पनि काम सिद्ध गर्ने चालसित; हाटहुट; हाहाहुहु।
93858 हिँगुवा ना. लाम्चा पात हुने, हरियोमा निला र खैरा धर्का परेका पत्रदार फूल फुल्ने र हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदका अनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसैको फल ।
93859 हिँडन्ता / हिँडन्ते वि. खुब हिँड्न सक्ने; धेरै वा छिटोछिटो हिँड्ने; हिँडुवा।
93860 हिँडाइ ना. हिँड्ने भाव, क्रिया वा प्रक्रिया ।
93861 हिँडाइनु क.क्रि. हिँड्न लाइनु।
93862 हिँडाउनु स.क्रि. / प्रे.क्रि. १. चोरी गर्नु; अपहरण गर्नु।
93863 हिँडाउनु स.क्रि. / प्रे.क्रि. २. धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु।
93864 हिँडाउनु स.क्रि. / प्रे.क्रि. ३. लैजानु; लानु।
93865 हिँडिनु अ.क्रि. हिँड्ने काम गरिनु; पैदल गइनु।
93866 हिँडुवा वि. हिँडन्ता। स्त्री. हिँडुवी।
93867 हिँडैया वि. खुब हिँड्ने बानी भएको; हिँडन्ता।
93868 हिँड्नु अ.क्रि. १. खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु।
93869 हिँड्नु अ.क्रि. २. प्रस्थान गर्नु; पहिलेको ठाउँ छाड्नु।
93870 हिँड्नु अ.क्रि. ३. अर्को पोइसँग जानु; पोइल जानु।
93871 हिँड्नु अ.क्रि. ४. मर्नु; नाश हुनु।
93872 हिँडडुल ना. सुस्तरी यताउति हिँड्ने र घुम्ने काम; डुलफिर; घुमफिर।
93873 हिंसक वि. १. हिंसा गर्ने; मार्ने; हत्यारो; घातक।
93874 हिंसक वि. २. मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक | ना.
93875 हिंसक वि. ३. अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति।
93876 हिंसा ना. १. प्राणीहरूको ज्यान लिने काटमार गर्ने काम; हत्या; वध।
93877 हिंसा ना. २. अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुयाउने काम; अपकार ।
93878 हिंसात्मक वि. हिंसाको भावना भएको; अरूको कुभलो गर्ने।
93879 हिंसालु वि. १. हिंसा गर्ने; मार्ने वा सताउने; हिंस्रक।
93880 हिंसालु वि. २. हिंसा गर्ने प्रवृत्ति भएको।
93881 हिंस्य वि. हिंसा गर्न योग्य; मार्नुपर्ने वा मार्न सकिने।
93882 हिंसक वि. १. हिंसा गर्ने वा मार्ने; हिंसक। ना.
93883 हिंसक वि. २. हिंसा गर्ने पशु; डरलाग्दो जनावर।
93884 हिउँ ना. प्राकृतिक ठन्डीले जमेको आकाश वा बादलमा रहने जलीय अंशको ठोस रूप; पहाडका टाकुरामा जमेको त्यसैको सेतो ढिका; हिम।
93885 हिउँ चितुवा ना. सेतो शरीरमा कालो थोप्ला हुने; लामो पुच्छर र अलि सानो जिउ भएको, मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा पाइने चितुवा ।
93886 हिउँचुली ना. हिमालका चुचुराहरूको समूह; हिउँको चुली; हिमचुली।
93887 हिउँद ना. जाडो याम; नागपञ्चमीदेखि श्रीपञ्चमीसम्मका छ महिनाको समय।
93888 हिउँदे वि. हिउँदको; हिउँदमा हुने वा लगाइने।
93889 हिउँदे गहुँ ना. हिउँदमा खेतबारीमा लगाइने गहुँ बाली।
93890 हिउँदे बाली ना. हिउँदमा हुने खेतीपाती; हिउँदमा लाग्ने तथा हिउँदमै पाक्ने बाली; नगदे बाली।
93891 हिकमत ना. १. कुनै काम गर्ने आँट; हिम्मत; साहस।
93892 हिकमत ना. २. कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति।
93893 हिकमत ना. ३. चलाकी; बुद्धिमानी।
93894 हिकमतदार वि. हिकमत भएको; हिकमती; आँटिलो।
93895 हिकमतहारा वि. हुती नभएको; पानीमरुवा; नामर्द; लाछी।
93896 हिकमती वि. हिकमतदार; साहसी।
93897 हिकाइ ना. १. हिक्ने वा हेप्ने क्रियाप्रक्रिया ।
93898 हिकाइ ना. २. हिक्ने वा हिक्का लाग्ने क्रियाप्रक्रिया ।
93899 हिकाइनु क.क्रि. हिक्न लाइनु।
93900 हिकाउनु प्रे. क्रि. हिक्न लाउनु।