Dictionary

All Word

94051 हिमाली वि. हिमालमा रहने; हिमालको; हिमालसम्बन्धी |
94052 हिमाली गिद्ध ना. हिमालय पर्वतको आसपासमा पाइने गिद्ध।
94053 हिमाली भाषा ना. भोट-बर्मेली शाखाको, भोट - हिमाली - वर्गको- एउटा भेद।
94054 हिमैकड्मो ना. नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो।
94055 हिमोट ना. हिमनदीले सोहोरेर ल्याएको माटो; बालुवा, ढुङ्गा र झारपात आदि वस्तु।
94056 हिम्मत ना. १. कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत |
94057 हिम्मत ना. २. पराक्रम; सुऱ्याइँ; बहादुरी।
94058 हिम्मतदार वि. हिम्मत भएको; आँट गर्ने; उत्साही।
94059 हिम्मतहारा वि. हिम्मत नभएको; निरुत्साही |
94060 हिम्मती वि. हिम्मतदार।
94061 हियरा ना. १. हृदय; मुटु; मन।
94062 हियरा ना. २. छाती; वक्षस्थल |
94063 हियरा ना. ३. स्तन; दुध।
94064 हियाइ ना. हियाउने भाव, क्रिया वा प्रक्रिया |
94065 हियाइनु क.क्रि. हियाउने काम गरिनु।
94066 हियाउ ना. १. आँट; हिम्मत; उत्साह; ह्याउ।
94067 हियाउ ना. २. हृदय; मन।
94068 हियाउनु स.क्रि. हेला वा अपमान गर्नु; हेय गराउनु; हेप्नु ह्याउनु।
94069 हियार ना. हृदय; हियरा।
94070 हियारो ना. मुटु; हियो; हृदय।
94071 हियो ना. हृदय; मुटु; मन।
94072 हिरण ना. १. सुन; सुवर्ण।
94073 हिरण ना. २. वीर्य।
94074 हिरण ना. ३. कौडो।
94075 हिरण्मय वि. १. सुनबाट बनेको; सुनको।
94076 हिरण्मय वि. २. सुनौला; स्वर्णमय। ना.
94077 हिरण्मय वि. ३. हिरण्यगर्भ; ब्रह्मा।
94078 हिरण्य ना. १. सुन; सुवर्ण; स्वर्ण।
94079 हिरण्य ना. २. ब्रह्मा।
94080 हिरण्यकशिपु ना. १. कश्यप प्रजापतिका छोरा, पुराणप्रसिद्ध दैत्यराज।
94081 हिरण्यकशिपु ना. २. सुनको पलङ।
94082 हिरण्यगर्भ ना. १. नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला।
94083 हिरण्यगर्भ ना. २. ब्रह्मा। ३ विष्णु।
94084 हिरण्यगर्भ ना. ४. फलामजस्तो एक प्रकारको धाउ ।
94085 हिरण्यगर्भ ना. ५. उपनिषद्का अनुसार सम्पूर्ण पदार्थ र जीवहरूको मूल उद्‍गमस्थल भएको सृष्टिको प्रारम्भमा रहेको सुनौला रङ्गको पिण्ड ।
94086 हिरण्यनाभ ना. १. विष्णु।
94087 हिरण्यनाभ ना. २. मैनाकपर्वत।
94088 हिरण्याक्ष ना. पुराणप्रसिद्ध एक दैत्य; हिरण्यकशिपुको दाजु |
94089 हिरन ना. १. मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी, दही आदि पदार्थ।
94090 हिरन ना. २. भात आदि खानेकुरो (रिस वा गालीका रूपमा)।
94091 हिरा ना. पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न; हीरक ।
94092 हिराकसी ना. गन्धकको रासायनिक प्रक्रियाबाट तयार हुने फलामको विकार ।
94093 हिरावली ना. प्रायः बिछ्‌याउने काम लिइने, देख्दा राम्रो, चारखाने खस्रो कपडा।
94094 हिरासत ना. १. अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना नजरबन्दी।
94095 हिरासत ना. २. बन्दीखान; झ्यालखान; खोर।
94096 हिरासत ना. ३. सिपाही वा पुलिसको रेखदेख; पहरा।
94097 हिरिक्क क्रि.वि. १. कुनै प्रिय वस्तु वा व्यक्तिको प्राप्तिका निम्ति हत्ते हाल्ने गरी; प्रेममा नराम्रोसँग फस्ने चालले।
94098 हिरिक्क क्रि.वि. २. प्राण जाने गरी; मर्ने चालले।
94099 हिरिक्किनु अ.क्रि. कुनै वस्तुको प्राप्तिका लागि तीव्र इच्छा गर्नु; हिरिक्क हुनु।
94100 हिरिक्क्याइ ना. हिरिक्किने भाव, क्रिया वा प्रक्रिया ।