Dictionary

All Word

70901 मल्को २ ना. पानीको प्रवाह; धारा।
70902 मल्खिनु अ.क्रि. मकैको फग्ल्याँटो पर्नु; मल्खु हुनु।
70903 मल्खु ना. १. खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै।
70904 मल्खु ना. २. पृथ्वी राजमार्गमा पर्ने एक खोलो र सोही खोलानजिकको बस्ती।
70905 मल्खे वि. १. टुक्र्याइएको; खोस्ट्याइएको।
70906 मल्खे वि. २. मल्खुजस्तो।
70907 मल्याकमिलिक क्रि.वि. १. आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी।
70908 मल्याकमिलिक क्रि.वि. २. काम - कुरो तुरुन्तै समाप्त हुने किसिमले; झाटझुट।
70909 मल्याकमुलुक क्रि.वि. १. जिज्ञासा, भय, शङ्का आदिका कारणले वरपर हेर्ने गरी; पल्याकपुलुक।
70910 मल्याकमुलुक क्रि.वि. २. आँखा छलेर तत्कालै सामान बेपत्ता पार्ने गरी।
70911 मल्ल ना. १. नेपालको पर्वत जिल्लाअन्तर्गत, मल्लाजवासी क्षत्रियजाति।
70912 मल्ल ना. २. नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासकवर्ग।
70913 मल्ल ना. ३. द्वन्द्वयुद्धमा पोख्त व्यक्ति; पहलमान।
70914 मल्लभूमि ना. १. मल्लयुद्ध गर्ने ठाउँ।
70915 मल्लभूमि ना. २. मल्लहरूको मूलथलो।
70916 मल्लयुद्ध ना. द्वन्द्वयुद्ध; कुस्ती।
70917 मल्लविद्या ना. कुस्ती खेल्न सिकाउने कला; पहलमानी विद्या।
70918 मल्लशाला ना. मल्लभूमि।
70919 मल्लार ना. सङ्गीतशास्त्रमा प्रसिद्ध मेघरागको एक रागिनी।
70920 मल्लाह ना. डुङ्गा वा नाउ चलाउने पेसा भएको व्यक्ति; बोटे, माझी।
70921 मल्लिँडो ना. १. जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार।
70922 मल्लिँडो ना. २. हलुवावेद जस्तै तर अमिलो फल फल्ने एक वनस्पति; खजुरी; थाकल; चिरौँडो।
70923 मल्लिका ना. १. उज्जर र सुगन्धी खालको बेलीजस्तो एक फूल; एक जातको चमेली फूल।
70924 मल्लिका ना. २. मालती लहरो वा त्यसैको फूल।
70925 मल्लिकार्जुन ना. श्रीशैलमा अवस्थित शिवको एक ज्योतिर्लिङ्ग।
70926 मल्ली १ ना. १. मल्लिका।
70927 मल्ली १ ना. २. मल्ल राजासित सम्बद्ध वा तिनले चलाएको (मुद्रा, जस्तो- महेन्द्रमल्ली)।
70928 मल्ली २ वि. माथिल्लो; माथिको; माथि भएको।
70929 मल्लो ना. चुच्चाचुच्चा र चिल्ला पात हुने एक वृक्ष।
70930 मशक ना. १. लामखुट्टे।
70931 मशक ना. २. पानी राख्नका लागि बनाइएको छालाको थैलो।
70932 मशक ना. ३. जिउमा निस्कने एक प्रकारको कोठी वा मुसो।
70933 मशान ना. हे. मसान।
70934 मशाल ना. हे. मसाल।
70935 मसक्क क्रि.वि. १. बलियो गरी बाँध्ने चालले; मस्कने वा मस्काउने गरी।
70936 मसक्क क्रि.वि. २. कुनै कामकुरो एकाएक आँट्ने गरी; सहसा।
70937 मसक्क क्रि.वि. ३. धाक वा लाज मान्ने चालले; सर्माएर।
70938 मसनद ना. अडेसा लाग्ने आरामदायक ठुलो तकिया; बालिस्ट।
70939 मसमन्डी क्रि.वि. बालीनाली, लुगाफाटो आदि चिजबिजलाई माड्ने र कुल्चीमिल्ची पार्ने गरी; खाँदखुद पार्ने गरी छरेर।
70940 मसराइज ना. कास्टिक सोडाजस्ता रासायनिक वस्तुद्वारा बलियो र रेसमी कपडाजस्तो चम्कने पारिएको सुती कपडा।
70941 मसराइज ना. (बेलायतका जे. मर्सर (१७९१ - १८६६ इ.) यस प्रविधिका आविष्कारक थिए)।
70942 मसल ना. पाखुरा, छाती, पुट्ठा आदिमा भएको मासुको खाँदिएको भाग।
70943 मसलदार वि. १. मसल भएको।
70944 मसलदार वि. २. कसरती।
70945 मसलन्द ना. कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने कागत, कलम, मसी आदि वस्तु र यस्तै फुटकर कामका लागि छुट्ट्याइने खर्च वा रकम।
70946 मसला ना. १. तिहुन, तरकारी आदि खाद्य परिकारलाई स्वादिष्ठ पार्न अनुपात मिलाई मिसाइने वस्तु; जिरा, धनियाँ, मरिच, ल्वाङ, जाइफल आदि पदार्थ; मसला।
70947 मसला ना. २. काजु, पेस्ता, किसमिस, सुपारी, नरिवल आदि सुकेका फलहरू; ल्वाङ- सुपारी।
70948 मसला ना. ३. टर्च बाल्न र रेडियो आदि बजाउन भित्र हालिने विद्युत्तत्त्वीय एक रासायनिक पदार्थ; ब्याटरी।
70949 मसला ना. ४. कुनै विशेष कामकुराका निम्ति तयार पारिएका औषधी वा रासायनिक वस्तुहरूको मिश्रण।
70950 मसला ना. ५. ढलान गर्न वा इँटा, ढुङ्गा आदि जोर्न तयार पारिएको सिमेन्ट, बालुवा, गिट्टी आदिको आनुपातिक मिश्रण।