Dictionary

All Word

70801 मर्यादा ना. ३. नैतिक बन्धन।
70802 मर्यादा ना. ४. प्रचलित नियम; व्यावहारिक प्रणाली।
70803 मर्यादा ना. ५. कबुल; प्रतिज्ञा।
70804 मर्यादा ना. ६. इज्जत; प्रतिष्ठा; मान।
70805 मर्यादा ना. ७. सात्त्विक आचरण; धर्म।
70806 मर्यादा ना. ८. तोकिएको समय; निश्चित अवधि।
70807 मर्यादा ना. ९. किनारा; तट।
70808 मर्यादा पालक / पालन ना. सदाचार वा परम्परागत नीति-नियमको पालन।
70809 मर्यादा पुरुषोत्तम ना. दशरथका पुत्र राम।
70810 मर्यादाभङ्ग ना. मर्यादा वा नैतिक विधिविधान पालन नगर्ने काम; मर्यादाको उल्लङ्घन।
70811 मर्यादी वि. १. मर्यादाको राम्रो पालन गर्ने; सदाचारी।
70812 मर्यादी वि. २. निश्चित सीमाभित्र रहेको।
70813 मर्लान्त वि. १. चोटपटक आदि लागेर वा बिरामी परेर मर्ने अवस्थामा पुगेको।
70814 मर्लान्त वि. २. साह्रै थाकेको; लत्र्याँस्स।
70815 मर्स्याङ्दी ना. मुक्तिनाथ डाँडाको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त- गण्डकीमध्येको एक प्रसिद्ध नदी।
70816 मल्नु स.क्रि. १. हातगोडा मिच्नु; माड्नु।
70817 मल्नु स.क्रि. २. तेल, बुकुवा आदि जिउमा दल्नु; मालिस गर्नु।
70818 मल्नु स.क्रि. ३. घोटेर वा दलेर कुनै वस्तुहरू आपसमा मिलाउनाका लागि मुछ्नु।
70819 मल्नु स.क्रि. ३. खुसामद गर्नु (हात मल्नु)।
70820 मल ना. १. मयल; कस।
70821 मल ना. २. शरीरबाट निस्कने विकार ( खकार, सिँगान, कानेगुजी, चिप्रा आदि )।
70822 मल ना. ३. विष्ठा; गुहु।
70823 मल ना. ४. धातुको कस; कीट; खिया।
70824 मल ना. ५. विका ; दोष।
70825 मल ना. ६. नैतिक वा धार्मिक अपराध; पाप।
70826 मल ना. ७. घिउको बिलाउनी वा तेलको काती।
70827 मल ना. ८. छालाको लुगा।
70828 मल ना. ९. कपूर।
70829 मल ना. १० बोटबिरुवा हुर्काउनाका लागि माटामा मिलाइने उर्वरक तत्त्व; खाद।
70830 मलखाल्डो ना. गोठकटेरोसँगै रहेको, गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनाका लागि घाँस सोतर आदि कुहाउने खाल्डो।
70831 मलचाँदी ना. कमसल खालको वा कसर भएको चाँदी।
70832 मलडोको ना. बर्खे मल खेतबारीमा पुयाउँदा बोक्नका लागि प्रयोग गरिने डोको।
70833 मलद्वार ना. दिसा निस्कने प्वाल; गुदद्वार।
70834 मलन ना. १. लिपपो।
70835 मलन ना. २. घसघास।
70836 मलम ना. घाउ, खटिरा आदिमा लगाइने एक लेसिलो औषधी; लेप; प्रलेप; मलहम।
70837 मलमपट्टी घाउखटिरा आदिमा मलम आदि लाएर त्यसमाथि बाँधिने पट्टी।
70838 मलमल ना. एक जातको सेतो मिहिन कपडा।
70839 मलमास ना. अधिक मास; पुरुषोत्तम महिना।
70840 मलमूत्र ना. मूत्रज; युरिया; नाइट्रोजन मल।
70841 मलय ना. १. भारतको दक्षिण भागमा अवस्थित एक पर्वतशृङ्खला; मलयाचल।
70842 मलय ना. २. चन्दन; श्रीखण्ड।
70843 मलयागरु/मलयागिरि ना. सेता भावका फूल, हरिया फल, लाम्चा पात र सेता काण्ड हुने एक प्रकारको रुख वा त्यसैको फल।
70844 मलयाचल ना. भारतको दक्षिण भागमा रहेको, श्रीखण्डका वृक्ष पाइने एक प्रसिद्ध पर्वत; मलयागिरि।
70845 मलयानिल ना. मलयाचल पर्वत भएर आउने सुगन्धी हावा; मलयसमीर; दक्षिणी हावा।
70846 मलसाँप्रो ना. खैरो र कालो रङको, न्याउरीमुसाका आकारको एक वन्य जन्तु।
70847 मलसाङ्लो ना. मल भएका ठाउँमा हुने कालो कालो रङको साङ्लो।
70848 मलहम ना. हे. मलम।
70849 मलहमपट्टी ना. मलमपट्टी।
70850 मलाइ ना. मल्ने भाव, क्रिया वा प्रक्रिया।