Dictionary

All Word

70751 मर्दित वि. ३. दबाइएको।
70752 मर्दित वि. ४. नाश पारिएको; विध्वस्।
70753 मद्यइँ ना. १. मर्द हुनाको भाव वा अवस्था; पुरुषत्व; पुंस्त्व।
70754 मद्यइँ ना. २. मर्दको गुण वा अवस्था; वीरता; पराक्रम।
70755 मर्म ना. १. चोटपटक लाग्दा वा एक्कासि बग्रँदा साह्रै दुख्ने र ज्यानसमेत जाने सम्भावना हुने शरीरको कोमल अङ्ग; मर्मस्थल।
70756 मर्म ना. २. शरीरका हाड, नसा आदिको जोर्नी; सन्धिस्थल।
70757 मर्म ना. ३. गुप्ती कुरो; आन्तरिक रहस्य; भेद।
70758 मर्म ना. ४. भित्री आशय; केन्द्रीय भाव; तात्पर्य।
70759 मर्म ना. ५. भित्री चोट; आन्तरिक वेदना; मर्का।
70760 मर्मघाती वि. १. मर्ममा चोट पुऱ्याउने; साह्रै सताउने।
70761 मर्मघाती वि. २. मनमा आघात पुऱ्याउने।
70762 मर्मच्छेदन ना. १. कसैलाई मनमा चोट पुग्ने गरी वचन लाउने काम।
70763 मर्मच्छेदन ना. २. मर्ममा आघात पुऱ्याउने काम।
70764 मर्मच्छेदी वि. मर्मच्छेदन गर्ने, मनमा, दिलमा चोट पुऱ्याउने; मर्मभेदी।
70765 मर्मज्ञ वि. १. मर्म जान्ने।
70766 मर्मज्ञ वि. २. रहस्यको सुइँको पाएको।
70767 मर्मज्ञ वि. ३. वास्तविक तत्त्वसँग परिचित; तत्त्वज्ञ।
70768 मर्मत ना. १. बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पारेर राम्रो अवस्थामा ल्याउने काम।
70769 मर्मत ना. २. ठिक बाटामा ल्याउन गरिने मारपिट (लाक्षणिक अर्थमा)।
70770 मर्मभेद ना. १. मर्ममा चोट पुऱ्याउने काम; मन दुखाउने व्यवहार।
70771 मर्मभेद ना. २. रहस्य खोल्ने काम; रहस्यको उद्घाटन।
70772 मर्मभेदी वि. १. मर्मस्थलमा चोट पुऱ्याउने; मर्मच्छेदी।
70773 मर्मभेदी वि. २. सताउने; ज्यादै दुःख दिने।
70774 मर्मभेदी वि. ना. ३. बाण।
70775 मर्मर क्रि.वि. १. सुक्खा पातपतिङ्गर, खोस्मेरा आदि चलाउँदा वा हल्लँदा शब्द आउने गरी।
70776 मर्मर क्रि.वि. ना. २. त्यस्तो शब्द वा आवाज।
70777 मर्मवचन/मर्म वाक्य ना. हृदयमा आघात पर्ने कुरो; मनमा चोट पर्ने वचन।
70778 मर्मविद्/मर्मवेत्ता ना. मर्मज्ञ।
70779 मर्मवेधी वि. मर्मभेदी।
70780 मर्मस्थल / मर्मस्थान ना. १. मर्म पर्ने ठाउँ; चोट लाग्दा साह्रै दुख्ने र ज्यान पनि जान सक्ने शरीरको कुनै कमलो भाग।
70781 मर्मस्थल / मर्मस्थान ना. २. हाड, मासु आदिको जोर्नी; सन्धिस्थल।
70782 मर्मस्पर्शी वि. १. हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक।
70783 मर्मस्पर्शी वि. २. मनमा आघात पुऱ्याउने; मर्मभेदी।
70784 मर्माघात ना. मर्मस्थलमा गरिएको आघात; दिलमा परेको चोट।
70785 मर्मान्तक/मर्मान्तिक वि. हृदयमा गहिरो चोट पर्ने; मर्मभेदी।
70786 मर्मान्वेषण ना. मर्म वा भित्री रहस्यको खोजीनिती; रहस्य पत्ता लगाउने काम; वस्तुतथ्यको अन्वेषण।
70787 मर्माहत वि. मर्ममा आघात गरिएको; हृदयमा गहिरो चोट लागेको; पीडि।
70788 मर्मोद्घाटन ना. भित्री गुह्य कुरो प्रकाशमा ल्याउने काम; रहस्यको उद्घाटन।
70789 मऱ्याक ना. चपाउने, भाँचिने, दोब्रिने आदि चाल वा शब्द।
70790 मऱ्याकमऱ्याक ना. मुला, काँक्रो आदि टोकिने वस्तु चपाउने वा चपाउँदा शब्द आउने गरी।
70791 मऱ्याकमुरुक क्रि.वि. १. झुरो वस्तु दाँतले चपाउँदा शब्द आउने गरी; मऱ्याकमऱ्याक।
70792 मऱ्याकमुरुक क्रि.वि. २. भाँच्ने वा निमोठ्ने चालले; भाँचभुँच।
70793 मऱ्याकमऱ्याक्क क्रि.वि. १. झुरो चिज जोडसँग चपाउँदा शब्द आउने गरी।
70794 मऱ्याकमऱ्याक्क क्रि.वि. २. एक्कासि भाँचिने वा भाँच्दा आवाज निस्कने चालले।
70795 मऱ्याकमऱ्याक्क क्रि.वि. ३. सहसा मर्कने वा मर्काउने चालले।
70796 मऱ्याङ ना. काँक्रो, मकै आदि चपाउने चाल वा शब्द।
70797 मऱ्याङमऱ्याङ/मुरुङ क्रि.वि. भुटेका गेडागुडी ( मकै, भटमास आदि) चपाउने गरी।
70798 मऱ्याङ्ङ क्रि.वि. एकै खेपमा मऱ्याङको वेग, चाल वा शब्दका साथमा।
70799 मर्यादा ना. १. कुनै कामकुरो यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद।
70800 मर्यादा ना. २. परम्परागत रीतिथिति; चालचलन।