Dictionary

All Word

70601 मर्नु अ.क्रि. ६. नष्ट हुनु; नरहनु (लाज, सङ्कोच, घिन आदि)।
70602 मर्नु अ.क्रि. ७. असह्य कष्ट हुनु।
70603 मर ना. १. मृत्यु।
70604 मर ना. २. मर्त्यलोक; पृथ्वी।
70605 मरकत ना. पन्ना नामक एक रत्न।
70606 मरक्क क्रि.वि. १. लाज, माया, अनुराग आदिले आङ मर्काउने गरी; सर्माएर।
70607 मरक्क क्रि.वि. २. दाँत आदिले चपाएर।
70608 मरट्ठी ना. बोतलको काग वा बिर्कोमा च्यापी घुमाएर झिक्ने झिरजस्तो साधन।
70609 मरण ना. १. मर्ने काम वा भाव; मृत्यु; देहान्त; निधन।
70610 मरण ना. २. साहित्यमा वियोगमा मरणासन्न हुने अवस्थाको एक व्यभिचारी भाव।
70611 मरणशील वि. मर्ने स्वभाव वा धर्म भएको।
70612 मरणान्त/मरणान्तक वि. १. नमरुन्जेल मात्र रहने; मरेपछि अन्त हुने।
70613 मरणान्त/मरणान्तक वि. २. ज्यादै कष्टपूर्ण; दुःखदायी।
70614 मरणाशौच ना. आफन्त कसैको मृत्यु हुनाले सम्बन्धी वा बन्धुवर्गलाई लाग्ने जुठो; मृत्युको आशौच।
70615 मरणासन्न वि. मर्न आँटेको; मर्न लागेको; मर्ने स्थितिमा पुगेको।
70616 मरणोत्तर क्रि.वि. मरिसकेपछि; मृत्युपछि; मृत्युउप्रान्।
70617 मरणोन्मुख वि. मरणासन्न।
70618 मरणोपरान्त ना. मरेपछि; मृत्युपश्चात्।
70619 मरन ना. मरण; मृत्यु।
70620 मरनघाट ना. मसान; सागर।
70621 मरन्च्याँसे वि. तत्कालै मरिहाल्ला कि जस्तो दुब्लो; सिट्ठो; फुकीढल।
70622 मरमर १ ना. एक किसिमको सेतो चिल्लो ढुङ्गो।
70623 मरमर २ क्रि.वि. १. झुरो वस्तु चपाउँदा शब्द आउने गरी; मरमरी।
70624 मरमर २ क्रि.वि. २. सुकेका पातपतिङ्गर माडिँदाको आवाज निस्केर।
70625 मरमर २ क्रि.वि. ना. ३. त्यस्ता खालको शब्द वा ध्वनि।
70626 मरमरती क्रि.वि. मरमर।
70627 मरमरम्मत ना. मरम्मत; मरमर्म।
70628 मरमरी क्रि.वि. मरमर; मरमरती।
70629 मरमर्मत ना. मर्मत आदि गर्ने काम; मर्मत सम्भार।
70630 मरमऱ्याइ ना. मरमऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
70631 मरमऱ्याइनु क.क्रि. मरमर शब्द आउने गरी चपाइनु।
70632 मरमऱ्याउनु स.क्रि. १. मरमर शब्द आउने गरी दाँतले चपाउनु।
70633 मरमऱ्याउनु स.क्रि. २. सुकेका पातपतिङ्गर, खोस्टा, नल आदि माड्नु।
70634 मरमसला ना. १. जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसला र यस्तै अरू चिज।
70635 मरमसला ना. २. पान; सुपारी; ल्वाङ, सुकुमेल आदि खाने मला।
70636 मरमिजास ना. राम्रो सुहाउँदो मिजास, बानीबेहोरा, बोली आदि।
70637 मरमोलाहिजा ना. खरखुसामद; मोलाहिजा; बेहोरा।
70638 मरम्मत ना. १. टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्म।
70639 मरम्मत ना. २. कसैलाई पिटपाट पारेर राम्रो बाटोमा लगाउने काम (लाक्षणिक अर्थमा )।
70640 मरम्मती वि. मरम्मत गरिएको; मरम्मत गर्नुपर्ने।
70641 मरवट ना. लडाइँमा मर्ने व्यक्तिका छोराछारी, स्वास्नी आदिलाई छोरा कमाउन सक्ने नहुन्जेल भरणपोषणका लागि दिइने जग्गाजमिन वा वृत्ति; मरेपछिको इनाम (दिव्य.)।
70642 मरहट्टी ना. ठुलठुला पात, टुप्पामा रातो किसिमका लप्सीका गेडाका आकारको फूल हुने एक बुटी।
70643 मरहट्ठा ना. महाराष्ट्रका निवासी, महाराष्ट्री; मराठी।
70644 मराइ ना. मर्ने भाव, क्रिया वा प्रक्रिया।
70645 मराइ ना. मार्ने क्रिया वा प्रक्रिया।
70646 मराइनु क.क्रि. मर्न लाइनु; मर्ने पारिनु।
70647 मराउनु प्रे.क्रि. मर्न वा मार्न लाउनु।
70648 मराठी वि. महाराष्ट्रको; महाराष्ट्रसम्बन्धी।
70649 मराठी वि. ना. महाराष्ट्रका निवासी; महाराष्ट्रको भाषा।
70650 मराल ना. १. रजहाँस; राजहंस।