Dictionary

All Word

70701 मर्कनु १ अ.क्रि. ३. मर्मर चपाइनु।
70702 मर्कनु २ अ.क्रि. १. शरीरका अङ्गप्रत्यङ्ग भाँचिने, खँजाहा हुने गरी निमोठिनु वा बटारिनु।
70703 मर्कनु २ अ.क्रि. २. करकरी जिउ खानु; डाहा हुनु।
70704 मर्कट ना. १. बाँदर; लङ्गुर।
70705 मर्कट ना. २. माकुरो।
70706 मर्कट ना. ३. सारस।
70707 मर्कट ना. ४. एक किसिमको विष।
70708 मर्करी ना. १. पारो; पारोको बाफ राखिएको, नली आकारको, ज्यादै उज्यालो प्रकाश दिने बिजुली बत्ती (ट्युबलाइट)।
70709 मर्का ना. १. कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो।
70710 मर्का ना. २. अड्काउ; बाधा।
70711 मर्का ना. ३. अन्याय।
70712 मर्का ना. ४. आन्तरिक वेदना; मर्म।
70713 मर्काइ ना. १. मर्कने भाव, क्रिया वा प्रक्रिया।
70714 मर्काइ ना. [मर्काउ+आइ] २. मर्काउने भाव, क्रिया वा प्रक्रिया।
70715 मर्काइनु क.क्रि. मर्कन लाइनु।
70716 मर्काउनु स.क्रि. / प्रे. क्रि. १. हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु।
70717 मर्काउनु स.क्रि. / प्रे. क्रि. २. मर्म पर्ने गरी हात, खुट्टा आदि बङ्ग्याउनु; भाँचिएलाजस्तो पार्नु।
70718 मर्काउनु स.क्रि. / प्रे. क्रि. ३. थकाइ मेट्न आङ तान्नु; जोरसँग आङ चलाउनु।
70719 मर्किनु अ.क्रि. १. मर्कनु।
70720 मर्किनु अ.क्रि. २. मर्कने वा निमोठिने होइनु।
70721 मर्की ना. १. भुईंतला आदिमा वज्र ठोक्ने काठको मुङ्ग्रो।
70722 मर्की ना. २. खोकीसहितको रुघाको जरो; रुघाखोकी।
70723 मर्चमाने ना. मसिना र छोटाछोटा कोसा हुने एक जातको केरा।
70724 मर्चा ना. जाँडरक्सी आदि बनाउने अन्नमा अनुपात मिलाई घोलिने एक प्रकारको मसला।
70725 मर्जा ना. विवाहका समयमा जन्तीलाई खुवाउन केटापक्षकाले केटीपक्षलाई दिइने धान, चामल आदि रासन।
70726 मर्जा ना. (विशेषतः कालीकोट जिल्लाका मतवाली क्षेत्रीहरूमा प्रचलित )।
70727 मर्जी ना. १. अहोट; आदेश; आज्ञा; आडर।
70728 मर्जी ना. २. कुनै कामकुरामा दिइने सहमति; मन्जुरी ; स्वीकृति।
70729 मर्जी ना. ३. राणाशासनका समयमा प्रधानमन्त्रीभन्दा तलका उच्च अधिकारीले दिने आज्ञा।
70730 मर्जी ना. ४. मनसुबा; इच्छा।
70731 मर्तापर्ता ना. रैती मर्नाले बाँझो रहेको जग्गा।
70732 मर्त्य ना. १. मान्छे; मनुष्य; मानव।
70733 मर्त्य ना. २. मर्त्यलोक; पृथ्वी।
70734 मर्त्य ना. वि. ३. नाश हुने वा मर्ने स्वभाव भएको; मरणशील।
70735 मर्थरी ना. अलखा; कठालो नभएको ह्वार्लाङे कुर्था।
70736 मर्द ना. १. पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले।
70737 मर्द ना. वि. २. पुरुष जातिको; पुंस्त्व भएको।
70738 मर्द ना. ३. शक्तिशाली ; वीर; जमामर्द।
70739 मर्द ना. ४. साहसी; आँटी।
70740 मर्दन ना. १. जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।
70741 मर्दन ना. २. रगड्ने वा मिच्ने काम; आङमिचाइ।
70742 मर्दन ना. ३. सताउने काम।
70743 मर्दन ना. ४. नाश; विध्वंश।
70744 मर्दल ना. मृदङ्गका छाँटको एक थरी प्राचीन तालबाजा।
70745 मर्दाङ्गी ना. मर्दसुहाउँदो काम; बहादुरी; पौरख।
70746 मर्दाना वि. १. मर्दको; मर्दसँग सम्बन्धित (धोती, शौचालय आदि)।
70747 मर्दाना वि. वि. जनाना।
70748 मर्दापर्दा क्रि.वि. गाह्रोसाङ्ग्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर।
70749 मर्दित वि. १. मर्दन गरिएको; मालिस गरिएको; माडिएको।
70750 मर्दित वि. २. पीडि।