Dictionary

All Word

70851 मलाइनु क.क्रि. मल्न वा मिच्न लाइनु।
70852 मलाई ना. दुधको तर; बसौँदी छाली; क्षीरसार।
70853 मलाउनु प्रे.क्रि. मल्न वा मिच्न लाउनु।
70854 मलाम ना. मृत व्यक्तिको दाहसंस्कार गर्न नियत स्थानमा वा मसानघाटमा लैजाने काम; शवयात्रा।
70855 मलामी ना. मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथ जाने व्यक्ति।
70856 मलायो ना. ठुलो केराउका दानाजत्रा राता, गुलिया भावका अमिला गेडा हुने, झुप्पा फल फल्ने, आँख्लैपिच्छे लाम्चा किसिमका बाटुला पात हुने र प्राय: चुक बनाइने एक जातको लेकाली लहरो वा त्यसैको फल।
70857 मलावरोध ना. १. खुलेर दिसा नहुने अवस्था; कब्जिय।
70858 मलावरोध ना. २. गोटा पर्ने स्थिति।
70859 मलाशय ना. पेटभित्र लादी रहने थैलो; लाद्रो।
70860 मलाहा ना. नाविक; मल्लाह; माझी।
70861 मलिगिरी ना. विभिन्न आकारका पात हुने, भेट्नु भएको कपूरजस्तो फुल्ने (लरेसी समूहको बास्नादार एक बोट।
70862 मलिन वि. १. मल भएको; घिनलाग्दो; फोहोर।
70863 मलिन वि. २. अशुद्ध; अपवित्र।
70864 मलिन वि. ३. उज्ज्वल नभएको; अँध्यारो; मलिनु।
70865 मलिन वि. ४. ओइलाएको; निस्तेज।
70866 मलिन वि. ५. नीच; कपटी।
70867 मलिन वि. ६. पापी; दुश्चरित्र।
70868 मलिनता ना. मलिन हुनाको भाव वा अवस्था।
70869 मलिनु १ वि. हे. मलिन।
70870 मलिनु २ क.क्रि. मल्ने काम गरिनु; माडिनु; मालिस गरिनु।
70871 मलिमस वि. १. कालो; कल्सौँदा।
70872 मलिमस वि. २. मलिन।
70873 मलिलो १ वि. १. कालो; कल्सौँदा।
70874 मलिलो १ वि. २. मलिन।
70875 मलिलो २ वि. मल पुगेको; उब्जाउ हुने खालको; उर्वर (माटो वा जग्गाजमिन)।
70876 मलुको १ वि. पाइन कडा नभएको; मलुवा।
70877 मलुको २ ना. हिमालयमा पाइने, कर्कलाका जस्ता केही लाम्चा पात, गानु र गामो हुने एक जातको वनस्पति; जलुकोको एक प्रकार।
70878 मलुवा वि. १. माडिएको; मलेको।
70879 मलुवा वि. २. मलेर वा माझेर टलक्क पारिएको; टल्काइएको।
70880 मलुवा वि. ३. कडा पाइन नभएको; मलुको।
70881 मलुवा वि. ४. हल्का स्वादको (सुर्ती, तमाखु, बिडी इ.)।
70882 मलेदा १ ना. मलीदे ऊनको ओढ्ने बर्को; तयँगा।
70883 मलेदा २ ना. अक्षर वा छाप खिइएर चिल्लो भएको टक वा सिक्का।
70884 मलेया ना. घेराभित्र पारिएको, ग्रामीण क्षेत्रको जमिन।
70885 मलेरिया ना. एनोफिलिस नाउँको लामखुट्टेले टोकेपछि मानिसको शरीरमा लाग्ने एक सङ्क्रामक रोग; औले ज्वरो; कामज्वरो; औलो।
70886 मलेवा ना. जङ्गलमा पाइने परेवाका जातको एक पक्षी; जङ्गली परेवा।
70887 मलेवी ना. पोथी मलेवा।
70888 मलेसिया ना. वर्मा (म्यानमार) भन्दा दक्षिणतिर रहेको एउटा मुस्लिम देश।
70889 मलोहो ना. खसीबाखाका मुखमा आउने एक प्रकारको रोग।
70890 मलौटो वि. परिवारमा केही पनि नभएको; ठिङ्गो; एक्लो।
70891 मल्कनु अ.क्रि. १. फुर्तीसँग हिँड्नु; जाँगरका साथ यताउति जानु; फऱ्याकफुरुक गर्नु।
70892 मल्कनु अ.क्रि. २. एक्कासि देखा पर्नु; मुल्किनु।
70893 मल्काइ ना. मल्कने भाव, क्रिया वा प्रक्रिया।
70894 मल्काइनु क.क्रि. मल्कन लाइनु; मल्कने पारिनु।
70895 मल्काउनु प्रे.क्रि. मल्कन लाउनु।
70896 मल्किनु अ.क्रि. १. मल्कनु।
70897 मल्किनु अ.क्रि. २. यताउति मल्कने होइनु।
70898 मल्को १ ना. १. हलक्क बढ्ने काम; बन्दै गएको अवस्था।
70899 मल्को १ ना. २. विशेष फाइदा हुने काम वा कुरो।
70900 मल्को १ ना. ( उखान - जतातिर मल्को, उतातिर ढल्को।)।