Dictionary

All Word

70651 मराल ना. २. एक जलचर पक्षी; कारण्डव।
70652 मराल ना. ३. घोडा।
70653 मराल ना. ४. बादल।
70654 मराल ना. ५. बदमास।
70655 मरिच ना. लाम्चा साना पात हुने, झुप्पा परेका साना काला गेडा फल्ने एक लहरो वा त्यसैको फल।
70656 मरिच बुट्टा ना. प्रायः घरबुना कपडामा काला थोप्लाथोप्ला देखिने हिसाबले राखिएका बुट्टा; मरिचका जस्ता बुट्टा।
70657 मरिचे खोर्सानी ना. साना हिँडी हुने पिरो खालको खोर्सानी।
70658 मरिचे वि. १. मरिचजस्तो पिरो।
70659 मरिचे वि. २. सानो भए पनि कडा स्वभावको (मानिस)।
70660 मरिनु अ.क्रि. १. प्राण त्याग गरिनु।
70661 मरिनु अ.क्रि. २. लज्जित भइन्।
70662 मरिमेटाइ ना. मरिमेट्ने काम।
70663 मरिमेटाइनु क.क्रि. मरिमेट्न लाइनु।
70664 मरिमेटाउनु प्रे. क्रि. मरिमेट्न लाउनु।
70665 मरिमेटिनु अ.क्रि. कुनै कामका लागि अदम्य प्रयास गरिनु; प्राणै दिने गरी काममा लागिनु।
70666 मरिमेटी क्रि.वि. मरिमेट्ने किसिमले; दिलोज्यान दिएर।
70667 मरिमेट्नु अ.क्रि. कुनै कामका लागि अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा संलग्न हुनु।
70668 मरियाँत ना. मलामी।
70669 मरीचि ना. १. प्रथम मनुबाट उत्पन्न भएका दश मूल पुरुषमध्ये एक; ब्रह्माका दश मानस पुत्रमध्ये एक; प्रजापति।
70670 मरीचि ना. २. किरण; कान्ति; चमक।
70671 मरीचि ना. ३. मृगतृष्णा।
70672 मरीचि ना. ४. सप्तर्षिमध्येका प्राचीन ऋषि।
70673 मरीचिका ना. मृगतृष्णा; मृगमरीचिका।
70674 मचे वि. हे. मरिचे।
70675 मरु १ ना. तुलसीका जस्ता पात हुने, साना गोलागोला सेता फूल हुने एक वन्य बुटी; मरुवा।
70676 मरु २ ना. ऊसर जमिन; मरुभूमि।
70677 मरु ३ अ.क्रि. छैन; नभएको (ढङ्ग मरु)।
70678 मरुई ना. लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो।
70679 मरु गणेश ना. काष्ठमण्डप वा काठमाडौँको छेउमा रहेका एक प्रसिद्ध गणेश; अशोक विनायक।
70680 मरुत् ना. १. हावा; वायु।
70681 मरुत् ना. २. वायुका देवता।
70682 मरुत् ना. ३. प्राण।
70683 मरुत्वान् ना. १. हनुमान्।
70684 मरुत्वान् ना. २. इन्द्र।
70685 मरुद्यान ना. मरुभूमिको रसिलो वा सेपिलो जमिन।
70686 मरुभूमि ना. पानी नभई सर्वत्र बालुवैबालुवा भएको, ज्यादै सुक्खा जमिन; रेगिस्तान; मरुस्थल।
70687 मरुले ना. सेती अञ्चलको अछाम जिल्ला हुँदो प्रत्येक वर्ष भाद्रसङ्क्रान्तिका दिन सार्वजनिक रूपमा मनाइने, गाईजात्रासँग मिल्दोजुल्दो एक चाड।
70688 मरुवा १ वि. १. मर्ने किसिमको; मरेर जाने।
70689 मरुवा १ वि. २. बहालवाला जागिरदार कोही मरेर रिक्त हुन गएको (कुनै पद वा खान्गी)।
70690 मरुवा २ ना. हे. मरु (बुटी)।
70691 मरुस्थल ना. मरुभूमि; रेगिस्तान।
70692 मरूद्भिद् ना. मरुभूमिमा पाइने बोटबिरुवा।
70693 मरोट/मरौट ना. मर्ने काम; मराइ।
70694 मरोट/मरौट छाप/बिर्ता ना. पुरानो चलनअनुसार देशको भलाइका निम्ति प्राण दिने मानिसका सन्तानलाई सरकारबाट जीविकाका लागि दिइने बिर्ता।
70695 मरौटे वि. १. मरेकाका लागि गरिने, मृतकका उद्देश्यको।
70696 मरौटे वि. ना. २. मर्ने रोग; रूढी।
70697 मरौटो ना. मृतकका निमित्तको वस्तु; मृतकका उद्देश्यले दिइने वस्तु।
70698 मरौपरौ ना. मर्दापर्दाको अवस्था; आपत्-विपत्मा हेर्नुपर्ने र अरू वेला सघाउनुपर्ने स्थिति।
70699 मर्कनु १ अ.क्रि. १. भाँचिए झैँ हुनु; टेढिनु; बाङ्गिनु।
70700 मर्कनु १ अ.क्रि. २. निमोठिनु; बटारिनु।