Dictionary

All Word

88351 सामसुम क्रि.वि. १. होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी; हल्लीखल्ली नभएको चालमा; चुपचाप।
88352 सामसुम क्रि.वि. २. आगोको बिउसमेत नरहने गरी निभेर।
88353 सामसुम क्रि.वि. ३. झैझगडा, विद्रोह आदि सबै शान्त हुने चालले।
88354 सामसुम्म क्रि.वि. अझै जोडसित सामसुम हुने गरी।
88355 सामा ना. धानको खेतमा उम्रने र धानको जस्तै बोट हुने मसिना राता दाना फल्ने जङ्गली धान वा त्यसैको चामल; नाभो धान।
88356 सामा ना. जुत्ताको माथिल्लोपट्टि रहने भाग वा घर।
88357 सामा ना. पूजा गर्ने सरसामग्री; पूजाको सामान (जस्तो- पूजासामा )।
88358 सामाग्री ना. हे. सामग्री।
88359 सामाजिक वि. १. समाजसँग सम्बन्धित; समाजको।
88360 सामाजिक वि. २. समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति आदि)। ना.
88361 सामाजिक वि. ३. काव्यनाटक आदिका श्रोता वा दर्शक।
88362 सामाजिक अध्ययन ना. सामाजिक शिक्षा।
88363 सामाजिक करार ना. राजनीतिक दर्शनअनुसार समाजको उत्पत्तिको एक सिद्धान्त; हब्स, लक र रुसोको सिद्धान्त।
88364 सामाजिक तत्त्व ना. समाजमा रहेर समाजकै हितका लागि काम गर्ने व्यक्ति वा साधन।
88365 सामाजिकता ना. समाजअनुसार चल्ने काम; समाजमिल्दो व्यवहार वा चालचलन।
88366 सामाजिक भूगोल ना. समाजको अध्ययन गर्ने भूगोल।
88367 सामाजिक विज्ञान ना. समाजसँग सम्बन्धित क्रमबद्ध ज्ञान।
88368 सामाजिक शास्त्र ना. जनसाधारणको व्यवहारदर्शनको विषयमा लेखिएको शास्त्र; इतिहास, भूगोल, अर्थशास्त्र आदि।
88369 सामाजिक शिक्षा ना. सामाजिक शास्त्रका मुख्यतः इतिहास, भूगोल, नागरिक शास्त्र, अर्थशास्त्र र समाजशास्त्रका स्रोतबाट लिइएको, विद्यालयतहको शिक्षाका लागि उपयुक्त एकीकृत तथा सम्मिश्रित विषयवस्तु।
88370 सामाजिक समायोजन ना. व्यक्ति वा समूह बदलिँदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुकूलित हुँदै जाने प्रक्रिया।
88371 सामाजिक सुरक्षा ना. समाजमा हुन सक्ने चोरी, डकैती, लुटपिट, कुटपिट, असुरक्षा आदिबाट बच्ने वा बचाउने संस्थागत व्यवस्था।
88372 सामाजिक सेवा ना. जनसाधारणको सेवा; समाजका रोगी, अपाङ्ग आदिको भलाइका लागि गरिने काम।
88373 सामान ना. १. जीवनका लागि आवश्यक उपयोगी वस्तु; मालमत्ता; असबाब।
88374 सामान ना. २. सामग्री; साधन।
88375 सामान्य वि. १. कुनै खास विशेषता नभएको; मामुली; साधारण।
88376 सामान्य वि. २. जनसाधारणसँग सम्बन्ध भएको; सार्वजनिक। ना.
88377 सामान्य वि. ३. रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता; बराबरी।
88378 सामान्य वि. ४. उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बिच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
88379 सामान्य आबर्जे ना. सबै कारोबारको हिसाब वर्गीकरण गरी त्यसको अभिलेख राख्ने आबर्जे।
88380 सामान्य कानुन ना. आम जनताको साधारण व्यवहार तथा रीतिरिवाज आदिमा प्रयोग हुने कानुन।
88381 सामान्य कोष ना. कुनै खास कामकुराका निम्ति स्थापित गरिएको नभई सार्वजनिक प्रयोजनका निम्ति खर्च हुने वा खर्च गर्न पाइने कोष।
88382 सामान्यतः / तया क्रि.वि. साधारण किसिमले।
88383 सामान्य तत्त्व ना. प्राणिमात्रमा रहने पृथ्वी, जल, तेज, वायु र आकाश नामक पाँच तत्त्व।
88384 सामान्य रूप ना. व्याकरणशास्त्रका अनुसार विभक्ति, प्रत्यय आदि लाग्नुभन्दा पहिलेको रूप।
88385 सामान्या ना. साहित्यशास्त्रका अनुसार सबै पुरुषसँग समान रूपले प्रेम देखाउने नायिका; वेश्या।
88386 सामान्यीकरण ना. विभिन्न वस्तुमा एकरूपता ल्याउने काम; धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता; साधारणीकरण।
88387 सामासिक वि. १. समाससँग सम्बन्धित; समासको।
88388 सामासिक वि. २. समासका रूपमा हुने।
88389 सामासिक वि. ३. सङ्क्षिप्त; छोटकरी (विधि)।
88390 सामासिकता ना. सामासिक हुनाको भाव, क्रिया वा अवस्था।
88391 सामियाना ना. धेरै मानिस बस्न हुने, ठुलो र चारैतिर खुला हुने पाल; समेना; समियाना; पाल।
88392 सामी ना. मुसल, ढिकी आदिको कुट्ने काठमा हालिने, फलामको धारिलो मुन्द्राजस्तो साधन।
88393 सामीप्य ना. समीप हुनाको भाव, गुण वा स्थिति; निकटता; सान्निध्य।
88394 सामु क्रि.वि. अघिल्तिर; मुखेन्जी; सामुन्ने।
88395 सामुसामु क्रि.वि. मुखामुख भएर; आमुन्नेसामुन्ने।
88396 सामुदायिक वि. समुदायसम्बन्धी; समूहको; सामूहिक।
88397 सामुदायिक मनोरञ्जन ना. कुनै समुदाय वा समूहमा साथसाथै मनाइने रमाइलो क्षण।
88398 सामुदायिक योजना ना. जनसमुदायको हितका दृष्टिले कृषिसुधार, शिक्षा, बाटोघाटो, स्वास्थ्य आदि योजना जनसमुदायद्वारा नै सञ्चालित हुने कार्यक्रम।
88399 सामुदायिक स्वास्थ्य सेवा ना. जनसमुदायको हितका दृष्टिले सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि प्रतिकारात्मक विधिहरू सिकाउन चलाइने अभियान वा कार्यक्रम।
88400 सामुद्रिक वि. १. समुद्रसम्बन्धी; समुद्रको।