Dictionary

All Word

90201 सुरसता ना. सुरस हुनाको भाव, गुण वा अवस्था; रसिलोपन।
90202 सुरसा ना. १. पुराणअनुसार नागहरूकी आमा बताइएकी रामायणप्रसिद्ध एक राक्षसी।
90203 सुरसा ना. २. दुर्गाको एक नाम।
90204 सुरसा ना. ३. सर्पगन्धा।
90205 सुरसार ना. कुनै कामको थालनी; कामको प्रारम्भिक तरखर।
90206 सुरसुन्दरी ना. १. देवकन्या; देवाङ्गना।
90207 सुरसुन्दरी ना. २. अप्सरा; परी।
90208 सुरसुर क्रि.वि. १. तरल पदार्थ थोरथोरै पिउने गरी।
90209 सुरसुर क्रि.वि. २. ससाना प्राणी घस्रेर हिँड्ने चालसँग।
90210 सुरसुर क्रि.वि. ३. डोरी, धागो, आदि बिस्तारै फुस्कने वा तान्ने क्रममा।
90211 सुरसुरती / सुरसुरी क्रि.वि. अझै छिटो सुरसुर हुने चालसँग।
90212 सुरा ना. १. रक्सी; मदिरा; मद्य।
90213 सुरा ना. २. सोमरस।
90214 सुरा ना. ३. जल; पानी।
90215 सुराक /सुराख/ सुराग ना. गुप्त रूपले अपराध, षड्यन्त्र आदिको सूत्र पत्ता लगाउने काम; थाहा; पत्ता; सुइँको।
90216 सुराकी वि. सुराक लाउने; सुराक दिने (व्यक्ति, वस्तु वा कार्य )।
90217 सुराङ्गना ना. देवाङ्गना।
90218 सुराज्य ना. सर्वसाधारण जनताले पनि सुखसुविधा उपभोग गर्न पाउने राज्य; कल्याणकारी राज्य।
90219 सुरारि ना. देवताको शत्रु; असुर; दानव; राक्षस।
90220 सुरालय ना. १. देवलोक; स्वर्ग।
90221 सुरालय ना. २. सराबखाना।
90222 सुराही ना. सानो मुख, लामो घाँटी र ठुलो फुकेको पेट हुने जलपात्र।
90223 सुराहीदार वि. सुराहीजस्तो गोल र लाम्चो खालको।
90224 सुरिनु अ.क्रि. १. कुनै अप्ठ्यारो वा गाह्रो काम गर्ने आँट गर्नु; हिम्मत गर्नु।
90225 सुरिनु अ.क्रि. २. मन उरालिनु; उत्तेजित हुनु।
90226 सुरिलो वि. माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडो र सोझो (रुख, लिङ्गो, बाँस आदि)।
90227 सुरिलो वि. मिठो र तिखो (स्वर); सुमधुर (आवाज)।
90228 सुरी ना. १. बिरालो; म्याउँ।
90229 सुरी ना. २. बिरालालाई डाक्ने शब्द।
90230 सुरु ना. कुनै कामको उठान वा थालनी; कामको तहबह; आरम्भ।
90231 सुरु अड्डा ना. पहिलो तहको अड्डा वा सुरु अदालत।
90232 सुरु अदालत ना. सुरुमा वादीप्रतिवादी लिई मुद्दामामिला हेर्ने जिल्ला अदालत।
90233 सुरुआत ना. कुनै पनि गर्न आँटेका कामको थालनी; आरम्भ; सुरु; खेवारा; सुरुवात।
90234 सुरुक्क क्रि.वि. १. आनेकाने नगरी काम गर्ने वा दिने चालसित; खुरुक्क।
90235 सुरुक्क क्रि.वि. २. बिस्तारै।
90236 सुरुङ ना. जमिन खनेर भित्रभित्रै बनाइएको प्वाल वा बाटो।
90237 सुरुचि ना. १. राम्ररी रुच्ने काम।
90238 सुरुचि ना. २. सुन्दर वा असल कुरामा भएको रुचि; परिष्कृत रुचि।
90239 सुरुचि ना. ३. राजा उत्तानपादकी कान्छी रानी; ध्रुवकी सौतेनी आमा।
90240 सुरुवा ना. मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस; झोल।
90241 सुरुवात ना. आरम्भ; सुरुआत; सुरु।
90242 सुरुवाल ना. कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको, मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधिने वस्त्र; मोहोता सानो हुने र राग हुने पाइजामा।
90243 सुरुसुरु क्रि.वि. नरोकिईकन वा नअलमलिईकन; खुरुखुरु।
90244 सुरूप वि. १. राम्रो अनुहार भएको; राम्रो रूप भएको। ना.
90245 सुरूप वि. २. राम्रो रूप।
90246 सुरूपता ना. सुरूप हुनाको भाव वा अवस्था; सुन्दरता।
90247 सुरूपा वि. सुन्दर रूप भएकी (स्त्री)।
90248 सुरेन्द्र ना. देवताका राजा इन्द्र।
90249 सुरेन्द्र वीरविक्रम शाह ना. १८८६ मा जन्मी वि. सं. १९३८-मा दिवङ्गत हुने नेपालका शाहवंशीय छैटौँ राजा।
90250 सुरेल ना. पूर्वी नेपालमा बसोबासो गर्ने एक जाति।