Dictionary

All Word

92851 हत्त र पत्त क्रि.वि. हतारिँदै; छिटोछिटो |
92852 हत्ताजोडी ना. दुई हात जोल्टिए झैँ गरी उम्रने एक प्रकारको जङ्गली बुटी |
92853 हत्ती ना. पोथी हात्ती; हतिनी; ढोई।
92854 हत्तिनु अ.क्रि. हातलागी हुनु; हातमा पर्नु; हस्तगत हुनु।
92855 हत्ती वि. सङ्ख्यावाचक शब्दका पछाडि लागेर हातको परिमाण बुझाउने शब्द (जस्तो - दोहत्ती; त्रिहत्ती आदि)।
92856 हत्तु वि. काम नलाग्ने; गए-गुज्रेको; बेफ्वाँकको।
92857 हत्ते ना. १. कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा।
92858 हत्ते ना. २. ज्यान मार्दा लाग्ने अपराध; ज्यान मारेको पाप।
92859 हत्ते ना. ३. जोडपूर्वकको आसक्ति; चर्को रूपको उक्साइ।
92860 हत्ते हलाइ ना. हत्ते हाल्ने भाव, क्रिया वा प्रक्रिया |
92861 हत्ते हलान ना. हत्ते हाल्ने वा ज्यादै ढिपी गर्ने काम; ठुलो जिद्दी।
92862 हत्तेरी वि.बो. जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता, विस्मय, धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द; धत्तेरी।
92863 हत्तेरो वि. १. हत्या गर्ने; जीवहिंसा गर्ने; हत्यारा।
92864 हत्तेरो वि. २. बदमास; दुश्चरित्र; साइँदुवा।
92865 हत्तेरो वि. 3. एकोहोरो जिद्दी गर्ने; हत्ते हाल्ने; हठी; जिद्दीवाल।
92866 हत्तेहाला वि. आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने।
92867 हत्याकाण्ड ना. कानुनविपरीत वध गर्ने क्रियाकलाप; मान्छेको हत्यासँग सम्बन्धित कामकुरो।
92868 हत्या ना. १. पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते।
92869 हत्या ना. २. प्राणीलाई मार्दा लाग्ने पाप।
92870 हत्याइ ना. हत्याउने भाव, क्रिया वा प्रक्रिया |
92871 हत्याइनु क.क्रि. हात पारिनु।
92872 हत्याउनु स.क्रि. १. हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु।
92873 हत्याउनु स.क्रि. २. आफ्नो वशमा लिनु। ३ काममा सघाउनु रत्त्याउनु।
92874 हत्यारा / हत्यारो वि. १. अरूको ज्यान लिने; हत्या गर्ने; ज्यानमारा।
92875 हत्यारा / हत्यारो वि. २. ठुलो अपराध गर्ने; अति पापी।
92876 हत्यारा / हत्यारो वि. ३. ज्यादै हत्ते हाल्ने; हत्तेरो।
92877 हत्यौडा ना. हतौडा।
92878 हत्यौडी ना. हतौडी।
92879 हत्यौरी ना. गुन्द्री बुन्ने तानका निम्ति हातले बाटिने बाबियाको डोरी |
92880 हद ना. १. तोकिएको अवधि वा समय सीमा; साँध।
92881 हद ना. २. कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग।
92882 हद ना. ३. कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा। क्रि.वि.
92883 हद ना. ४. अचाक्ली; ज्यादै अति।
92884 हद दर्जाको वि. साह्रै; ज्यादै चर्को। (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लू रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ ) |
92885 हदबन्दी ना. १. हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम।
92886 हदबन्दी ना. २. कुनै कारणले आउन वा जान लगाइने रोक।
92887 हदबन्दी ना. ३. जग्गाजमिन बढी राख्न नपाइने व्यवधान।
92888 हदमूल्य ना. कुनै वस्तु यतिसम्ममा किन्न हुन्छ भनी सरकारले किटान गरेको दर |
92889 हदम्याद ना. १. कुनै कामकुरो गर्न तोकिएको अवधि निर्धारित समय; आखिरी म्याद।
92890 हदम्याद ना. २. मुद्दा गर्ने आखिरी म्याद |
92891 हदै क्रि.वि. ज्यादाभन्दा ज्यादा; अन्तिम साँधमा; अचाक्लि।
92892 हद्द क्रि.वि. हद वा सीमासम्म; पराकाष्ठातक; शक्तिले भेटेसम्म; ज्यादाभन्दा ज्यादा।
92893 हनन ना. मार्ने काम; वध; हत्या |
92894 हनहन क्रि.वि. ज्वरो धेरै रन्कने गरी; मर्लान्त झैँ पारेर।
92895 हनहनती / हनहनी क्रि.वि. बेसी मात्रामा हनहन हुने गरी।
92896 हनाइ ना. हान्ने भाव, क्रिया वा प्रक्रिया।
92897 हनाइनु क.क्रि. हान्न लाइनु।
92898 हनाउनु प्रे. क्रि. हान्न लाउनु; हिर्काउनु।
92899 हनु ना. मुखभन्दा तल्लो अनुहारको भाग; च्यापु; चिउँडो।
92900 हनुमन्ते ना. १. बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति।