Dictionary

All Word

5051 अलपत्रिनु अ.क्रि. अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु।
5052 अलपत्रे वि. काम सुरु गरेर लथालिङ्ग पारी बिचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने ।
5053 अलपत्र्याइ ना. अलपत्रिने किसिम, क्रिया वा प्रक्रिया ।
5054 अलपत्र्याइनु क.क्रि. अलपत्र पारिनु; अलपत्रिने तुल्याइनु ।
5055 अलपत्र्याउनु प्रे.क्रि. अलपत्रसँग कुनै मालसामान राख्न लगाउनु; अलपत्र पार्नु।
5056 अलपत्र्याहट ना. अलपत्र्याइ ।
5057 अलफा ना. जोगीहरूले लगाउने बाहुला नभएको कुर्था; विनाबाहुलाको खोलक; अलखा।
5058 अलबत्ता ना. १. निःसन्देह; पक्का; निश्चय; अवश्य । वि.बो.
5059 अलबत्ता ना. २. अचम्म; उदेक। क्रि.वि.
5060 अलबत्ता ना. ३. अकस्मात्; अपर्झट ।
5061 अलबम ना. फोटो वा टिकटहरूलाई सुरक्षित ढङ्गले राखिने पुस्तिका।
5062 अलबल्ले वि. सँभाल्न नसकिने; ज्यादै ठुलो; अजङको (भेल, बाढी आदि); अस्मेल ।
5063 अलभ्य वि. १. पाउन नसकिने; अप्राप्य ।
5064 अलभ्य वि. २. अमूल्य अनमोल।
5065 अलमल ना. १. काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम ।
5066 अलमल ना. २. त्यस्तो भ्रम पैदा हुने स्थिति ।
5067 अलमल ना. ३. भ्रान्ति; अन्यमनस्कता; दिग्भ्रम ।
5068 अलमल ना. ४. बाधा; व्यवधान।
5069 अलमल ना. ५. झमेला; टन्टा ।
5070 अलमल ना. ६. जिल्लाराम ।
5071 अलमलाइ ना. १. अलमल पैदा हुने क्रिया वा प्रक्रिया ।
5072 अलमलाइ ना. २. अलमलिने भाव, क्रिया वा प्रक्रिया ।
5073 अलमलिनु अ.क्रि. १. अलमलमा पर्नु; अलमल्ल पर्नु ।
5074 अलमलिनु अ.क्रि. २. लरबरिनु; रुमलिनु ।
5075 अलमल्याइ ना. अलमलिने भाव, क्रिया वा प्रक्रिया ।
5076 अलमल्याइनु क.क्रि. अलमलिने पारिनु ।
5077 अलमल्याउनु प्रे.क्रि. अलमलिने पार्नु; अलमलिन लाउनु ।
5078 अलमल्ल वि. अलमलमा परेको; जिल्ल ।
5079 अलमस्त वि. फिक्री नभएको; पर्वाह नगर्ने; मगनमस्त; मनमोजी ।
5080 अलमस्ती ना. बेफिक्री; मग्नमस्ती; बेपर्वाह; मनमोजीपन।
5081 अलम् वि.बो. १. पर्याप्त भयो वा पुग्यो भन्ने शब्द। ना.
5082 अलम् वि.बो. २. हरिताल ।
5083 अलम् वि.बो. ३. बिच्छीको डसाइ वा चिलाइ ।
5084 अलम्पट वि. १. लम्पट नभएको; नलहसिएको; सच्चरित्र । ना.
5085 अलम्पट वि. २. खोपी; अन्तपुर।
5086 अललहिसाब ना. पछि हिसाब लिइने गरी दिइएको धन ।
5087 अललिनु अ.क्रि. १. रुँदारुँदै सास रोकिनु; अतालिनु ।
5088 अललिनु अ.क्रि. २. खुबसँग खोलामा भेल बढ्नु।
5089 अललिनु अ.क्रि. ३. पानी अटाईनअटाई भएर खोला आदि बढ्नु; बाढी आउनु।
5090 अलल्याइ ना. अललिने क्रिया वा प्रक्रिया।
5091 अलल्याइनु क.क्रि. अललिने पारिनु ।
5092 अलल्याउनु प्रे.क्रि. अललिने पार्नु; अताल्याउनु।
5093 अलवान ना. एक खालको उनीको ओढ्ने; उनीको खास्टो ।
5094 अलस वि. अल्छी; अल्छे; आलस्ययुक्त ।
5095 अलसता ना. अल्छीपना; अल्छेपन; आलस्य।
5096 अलसाइ ना. अलसाउने भाव, क्रिया वा प्रक्रिया ।
5097 अलसाइनु क.क्रि. अलसाउने पारिनु ।
5098 अलसाइलो वि. अलसाउने पार्ला जस्तो ।
5099 अलसाउनु अ.क्रि. १. अल्छी मान्नु । प्रे. क्रि.
5100 अलसाउनु अ.क्रि. २. अल्छी पार्नु वा पार्न लगाउनु ।