Dictionary

All Word

5201 अल्पप्राण ना. फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम- (क, च, ट, त, प), तृतीय- (ग, ज, ड, द, ब), पञ्चम- (ङ, न, म), तथा- य, र, ल, व वर्ण ।
5202 अल्पप्राणीभवन ना. शब्दमा रहेको महाप्राणध्वनि अल्पप्राणध्वनिमा परिवर्तित हुने प्रक्रिया। (जस्तै- 'बाघचाल ' > 'बागचाल' हुँदा 'घ' को 'ग' भएको छ।) ।
5203 अल्पभोग योजना ना. १. आवश्यक वस्तुको कम प्रयोग गर्ने र कष्ट भोगेर पनि थोरै पदार्थबाट नै काम चलाउन जोड दिने योजना; मितोपभोग योजना।
5204 अल्पमत ना. १. थोरै मत ।
5205 अल्पमत ना. २. थोरै राय ।
5206 अल्पमत ना. ३. चाहिनेभन्दा कम वा आवश्यक पर्नेभन्दा कम मत ।
5207 अल्पमत ना. ४. विजयीले पाएको भन्दा घटी मत। वि.
5208 अल्पमत ना. ५. अल्पसङ्ख्यक।
5209 अल्परक्त ना. १. शरीरमा रगतको मात्रा आवश्यकताभन्दा कम भएको अवस्था।
5210 अल्पवयस्क वि. १. सानो उमेरको; केटाकेटी ।
5211 अल्पवयस्क वि. २. नाबालिग।
5212 अल्पवादी वि. १. थोरै बोल्ने; कम बोल्ने।
5213 अल्पवादी वि. २. सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति)।
5214 अल्पविकसित वि. १. थोरै मात्र विकसित भएको; कम मात्रामा विकास भएको।
5215 अल्पविकसित वि. २. थोरै बढेको; राम्ररी नसप्रेको; जिलीगान्टे; ग्याँचे, बामपुड्के ।
5216 अल्पविराम ना. शब्द, शब्दसमूह र वाक्यांशका पछिल्तिर लाग्ने एक प्रकारको विरामचिह्न; पादविराम (कमा)।
5217 अल्पविराम चिह्न ना. अल्पविरामको चिनु (,) ।
5218 अल्पसङ्ख्यक वि. थोरै सङ्ख्या भएको; गन्दा थोरै हुने ।
5219 अल्पांश ना. अल्प अंश; थोरै भाग।
5220 अल्पाइ ना. अल्पने भाव, क्रिया वा प्रक्रिया ।
5221 अल्पाइनु क.क्रि. अल्पने पारिनु ।
5222 अल्पाउनु प्रे.क्रि. अल्पने पार्नु वा पार्न लाउनु।
5223 अल्पायु वि. १. थोरै आयु भएको; थोरै दिन बाँच्ने; कम आयुको । ना.
5224 अल्पायु वि. २. थोरै वा छोटो आयु।
5225 अल्पार्थक वि. थोरै अर्थ बुझाउने; सङ्क्षिप्त अर्थवाचक (शब्द)।
5226 अल्पावकाश ना. विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन।
5227 अल्पावधि ना. छोटो समय; थोरै समय ।
5228 अल्पावधि ॠण ना. थोरै समयका लागि मात्र लिइएको वा दिइएको ॠण; थोरै अवधिमा बुझाउनुपर्ने ॠण।
5229 अल्पिनु अ.क्रि. १. अल्पने होइनु ।
5230 अल्पिनु अ.क्रि. २. अल्पनु ।
5231 अल्पीकरण ना. अधिकार, प्रतिष्ठा, महत्त्व, शक्ति आदिलाई भइरहेको अवस्थाबाट कम गराउने क्रिया ।
5232 अल्फी ना. एक किसिमको खुकुलो बाँकटे घाँगर ।
5233 अल्याङटल्याङ/अल्याङमल्याङ क्रि.वि. अलमल; आलटाल ।
5234 अल्लड/अल्लढ वि. १. कुनै काम पनि एकाग्र भएर नगर्ने; अस्थिरचित्त; विचार पुऱ्याएर काम नगर्ने; मनमा जो आयो सो गर्ने; मनमोजी ।
5235 अल्लड/अल्लढ वि. २. अल्लारे; अलमस्त ।
5236 अल्लड/अल्लढ वि. ३. बेइलमी; निरुद्योग ।
5237 अल्ला ना. मुसलमानहरूले मान्ने ईश्वर ।
5238 अल्लारिनु अ.क्रि. १. अल्लारे बन्नु; बेकाममा यताउति हिँड्नु; बरालिनु; भौँतारिनु ।
5239 अल्लारिनु अ.क्रि. २. बेइलमी हुनु; काम नपाउनु ।
5240 अल्लारे वि. १. बेकाममा यताउति हिँडिरहने; जताततै भौँतारिइरहने; अल्लढ।
5241 अल्लारे वि. २. पूर्ण यौवनावस्थाको; मस्त जवान ।
5242 अल्लारे वि. ३. आलोकाँचो अवस्थाको ।
5243 अल्लारेपना ना. अल्लारे चाल; आलोकाँचोपना ।
5244 अल्लाऱ्याइँ ना. अल्लारिने भाव, क्रिया वा प्रक्रिया ।
5245 अल्लाऱ्याइनु क.क्रि. अल्लारिने पारिनु वा गराइनु ।
5246 अल्लाऱ्याउनु प्रे.क्रि. अल्लारिने पार्नु वा गराउनु; अल्लारिन लगाउनु ।
5247 अल्लि वि. १. अलि (जोड दिँदा)। क्रि.वि.
5248 अल्लि वि. २. अझ; अरू ।
5249 अल्लेपाट ना. नेपाली कागत बनाउन तथा धोक्रा, लुकुनी आदि बनाउनका निम्ति प्रयोग गरिने सिस्नु जस्तै एक प्रकारको बुटो (अल्लो) को पाट ।
5250 अल्लो ना. पाटको धागो बनाएर धोक्रा र अन्य लगाउने साधन बनाइने एक जातको ठुलो खालको सिस्नु; लेकाली सिस्नु ।