Dictionary

All Word

5251 अल्वान ना. उनीको ओढ्ने; सल।
5252 अल्सेसियन ना. ब्वाँसो र कुकुर्नीका सम्पर्कबाट जन्मिएको कुकुरको एक जात ।
5253 अवंश वि. १. निर्वंश; वंशहीन; अपूतो । ना.
5254 अवंश वि. २. नराम्रो वंश; कुवंश ।
5255 अव उप. शब्दका अगिल्तिर लागेर निश्चय, अनादर, न्यूनता आदि अर्थ बुझाउने उपसर्ग (अवधारणा, अवरोध, अवज्ञा इ.)।
5256 अवकरण ना. दुई वा दुईभन्दा बढी रासायनिक पदार्थ मिलेर बनेको वस्तु वा यौगिकबाट कुनै एक तत्त्वलाई हटाउने वा अलग गर्ने क्रिया (जस्तै- पानीबाट अक्सिजन, गिन्नीबाट तामा इ.) ।
5257 अवकर्षण ना. १. तलतिर घिस्स्याउने क्रिया ।
5258 अवकर्षण ना. २. तान्ने वा खिच्ने क्रिया।
5259 अवकलन ना. १. जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया ।
5260 अवकलन ना. २. हेर्ने वा विचार गर्ने क्रिया ।
5261 अवकलन ना. ३. ग्रहण गर्ने वा लिने क्रिया ।
5262 अवकलन ना. ४. जान्ने वा ज्ञान गर्ने क्रिया ।
5263 अवकाश ना. १. विशेष काम नभएको समय; फुर्सद ।
5264 अवकाश ना. २. बिदा; छुट्टी ।
5265 अवकाश ना. ३. अवसर; मौका; याम ।
5266 अवकाश ना. ४. खाली ठाउँ; शून्य स्थल ।
5267 अवकाश ग्रहण ना. कुनै काम वा पदबाट फुर्सद लिने क्रिया ।
5268 अवकाश प्राप्त वि. १. अवसर वा मौका पाएको ।
5269 अवकाश प्राप्त वि. २. छुट्टी पाएको वा बिदा लिएको ।
5270 अवकाश प्राप्त वि. ३. कुनै काम वा पदबाट छुटकारा पाएको ।
5271 अवकाश प्राप्त वि. ४. सरकारी सेवा, सार्वजनिक जीवन आदिबाट विश्राम लिने वा हुने।
5272 अवकीर्ण वि. चारैतिर छरिएको; चौतर्फ फिँजिएको वा फैलिएको।
5273 अवकुण्ठन ना. १. ढाकछोप गर्ने वा छेकथुन गर्ने काम ।
5274 अवकुण्ठन ना. २. आकृष्ट गर्ने काम वा प्रक्रिया।
5275 अवकुण्ठित वि. अवकुण्ठन भएको; ढाकिएको; छेकिएको वा रोकिएको ।
5276 अवक्तव्य वि. १. भन्न नहुने; बोल्न नहुने ।
5277 अवक्तव्य वि. २. अश्लील; फोहोर । ना.
5278 अवक्तव्य वि. ३. नराम्रो वक्तव्य; नराम्रो भाषण।
5279 अवखण्डन ना. काट्ने, खुँड्ने, टुक्र्याउने वा खण्डहरूमा विभाजित गर्ने काम; विखण्डन; खुँडाइ; टुक्र्याइ ।
5280 अवगत वि. १. जानेको वा बुझेको; विदित; ज्ञात ।
5281 अवगत वि. २. तल झरेको; खसेको ।
5282 अवगतार्थ वि. १. अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि.वि.
5283 अवगतार्थ वि. २. ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ । ना.
5284 अवगतार्थ वि. ३. अवगत भएको अर्थ ।
5285 अवगति ना. १. अवगत हुनुको भाव वा अवस्था; जानकारी; ज्ञान ।
5286 अवगति ना. २. खराब गति; दुर्गति।
5287 अवगुण ना. खराब वा नराम्रो गुण; दुर्गुण; खोट; दोष ।
5288 अवगुण्ठन ना. १. ढाक्ने वा छोप्ने क्रिया ।
5289 अवगुण्ठन ना. २. घुम्टो; पर्दा ।
5290 अवगुण्ठित वि. १. ढाकेको वा छोपेको ।
5291 अवगुण्ठित वि. २. घुम्टो हालेको ।
5292 अवगुण्ठित वि. ३. पर्दा लगाएको ।
5293 अवगुम्फन ना. १. उन्ने वा गाँस्ने काम ।
5294 अवगुम्फन ना. २. तुन्ने वा सिउने क्रिया।
5295 अवगुम्फित वि. १. उनिएको वा गाँसिएको ।
5296 अवगुम्फित वि. २. तुनिएको वा सिइएको।
5297 अवचेतन वि. पूरा होस नभएको; पूर्ण चैतन्य नभएको; अन्तश्चेतनाको; बाह्य चेतनासँग सम्बन्धित नरहेको।
5298 अवच्छिन्न वि. १. चुँडालिएको; छिनालिएको ।
5299 अवच्छिन्न वि. २. छुट्ट्याइएको; टुक्र्याइएको ।
5300 अवच्छिन्न वि. ३. बिच बिचमा खण्डित रहेको वा बाधाबिघ्न आइपर्नाले रोकिन गएको (अवस्थिति)।