Dictionary

All Word

5351 अवधूत ना. २. भनेको नमान्ने; अटेरी; जिराहा।
5352 अवधूत ना. ३. अनौठो; अद्भुत शक्ति भएको।
5353 अवध्य वि. १. मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने ।
5354 अवध्य वि. २. मार्न वा हत्या गर्न नसकिने ।
5355 अवनत वि. १. निहुरेको; नुहेको; झुकेको; विनम्र ।
5356 अवनत वि. २. गिरेको; खसेको; पतित।
5357 अवनत वि. ३. अवनति भएको; उन्नति हुन नसकेको । विप. उन्नत ।
5358 अवनति ना. १. अधोगति; हीन अवस्था; दुर्गति; पतन ।
5359 अवनति ना. २. नम्रता; विनम्रता।
5360 अवनति ना. ३. न्यूनता; कमी ।
5361 अवनि/अवनी ना. पृथ्वी; पृथिवी ।
5362 अवनीश्वर ना. राजा; भूपति ।
5363 अवन्ति/अवन्ती ना. हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक; उज्जैन।
5364 अवपात ना. १. भौगोलिक दक्षिणोत्तर रेखा र चुम्बकीय दक्षिणोत्तर रेखाको परस्पर मिलन भएका स्थानको कोण।
5365 अवपात ना. २. तल झर्ने वा खस्ने क्रिया।
5366 अवबोध ना. १. जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान।
5367 अवबोध ना. २. जागा हुने क्रिया; ब्युँझाइ ।
5368 अवबोध ना. ३. विवेचना; व्याख्या।
5369 अवबोधन ना. बुझ्ने वा बुझाउने कार्य ।
5370 अवबोधन कक्षा ना. ससाना समूहका विद्यार्थीहरूको खास विषयको सिकाइमा पुनरभ्यास वा अझ अभ्यास गराउन सहयोग हुने दृष्टिले शिक्षकबाट सञ्चालन हुने कक्षा ।
5371 अवमान ना. अपमान; तिरस्कार; हेलाँ ।
5372 अवमूल्यन ना. १. कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया ।
5373 अवमूल्यन ना. २. सरकारले अरू देशका मुद्राका तुलनामा आफ्नो देशका मुद्राको मूल्य घटाउने काम ।
5374 अवयव ना. १. कुनै सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग; हिस्सा ।
5375 अवयव ना. २. शरीरको कुनै भाग; अङ्ग ।
5376 अवयवी वि. १. पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो।
5377 अवयवी वि. २. धेरै अवयव भएको ।
5378 अवयवी वि. ३. अवयवधारी; अङ्गी ।
5379 अवयस्क वि. उमेर नपुगेको; कम उमेरको; अल्पवयस्क।
5380 अवर१ वि. अर्को; अपर ।
5381 अवर२ वि. १. कमसल; नजाती ।
5382 अवर२ वि. २. तल्लो तहको ।
5383 अवर प्रवालयुग ना. प्रवालयुगभन्दा पहिलेको युग; मुगा पाइएका समयको युग; आजभन्दा पचास सय करोड वर्षपहिले प्रारम्भ भएको युग।
5384 अवरुद्ध वि. १. रोक लागेको; रोकिएको ।
5385 अवरुद्ध वि. २. बन्द गरिएको; थुनिएको ।
5386 अवरुद्ध वि. ३. लुकाएको; छिपाएको ।
5387 अवरोध ना. रोकावट; बाधा; अड्काउ ।
5388 अवरोधक वि. १. रोकावट गर्ने; छेक्ने; थुन्ने ।
5389 अवरोधक वि. २. घेर्ने; छेकारो मार्ने।
5390 अवरोधन ना. रोक; अड्काउ; छेको; घेरो।
5391 अवरोधित वि. रोकिएको; छेकिएको; थुनिएको ।
5392 अवरोधी वि. रोक्ने; छेक्ने; अवरोधक ।
5393 अवरोपण ना. १. रोपेको वस्तु उखेल्ने काम; उन्मूलन ।
5394 अवरोपण ना. २. आरोप हटाउने क्रिया ।
5395 अवरोपित वि. १. अवरोपण गरिएको ।
5396 अवरोपित वि. २. लागेको आरोप हटाइएको वा फिर्ता लिइएको ।
5397 अवरोह ना. १. तल झर्ने वा ओर्लने क्रिया।
5398 अवरोह ना. २. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम।
5399 अवरोह ना. ३. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ ।
5400 अवरोहण ना. माथिबाट तल झर्ने वा ओर्लने क्रियाप्रक्रिया; ओर्लाइ ।