Dictionary

All Word

51851 पशुता/त्व ना. २. मूर्खता; मुर्ख्याइँ ।
51852 पशुधन ना. चौपाया-सम्पत्ति; चौपायाधन (गाई, भैँसी, खसी इ.)।
51853 पशुपक्षी ना. चराचुरुङ्गी र बस्तुभाउ।
51854 पशुपक्षी कानन ना. १. वन्यजन्तु आरक्षण।
51855 पशुपक्षी कानन ना. २. चिडियाखाना।
51856 पशुपति ना. हे. पशुपतिनाथ।
51857 पशुपतिनाथ ना. १. काठमाडौंस्थित, विश्वका प्रसिद्ध शैव पीठमध्ये एक मानिने तीर्थस्थल वा एक शिवमन्दिर।
51858 पशुपतिनाथ ना. २. पशुहरूको मालिक।
51859 पशुपतिनाथ ना. ३. शिव; महादेव।
51860 पशुपालक ना. पशुहरू पालेर जीवननिर्वाह वा पेटपालो गर्ने व्यक्ति; पशु पाल्ने पेसा भएको मानिस; पशुचारक।
51861 पशुपालन ना. १. पशुहरू पाल्ने पेसा।
51862 पशुपालन ना. २. पशुपालनसम्बन्धी उद्योग; पशुचारण।
51863 पशुपाश ना. १. पशुरूपी जीवहरूको बन्धन; दाम्लो।
51864 पशुपाश ना. २. बलि दिइने पशुलाई बाँध्ने डोरी।
51865 पशुबन सर्पन ना. पोइल गएकी स्वास्नी फर्काई ल्याएर फेरि स्वास्नी तुल्याई राख्ने लोग्नेलाई लाग्ने दण्ड (सं. पशुवत्सरण्ड)।
51866 पशुभाव ना. पशुता; पशुत्व; पाशविकता; मूर्खपना।
51867 पशुयज्ञ ना. पशुबलि।
51868 पशुराज ना. पशुको राजा; सिंह।
51869 पशुवाक्य ना. १. मनको कुरो; व्यक्त नगरिएको कुरो।
51870 पशुवाक्य ना. २. दन्त्यकथाका अनुसार पशुपक्षीहरूको वाणी वा बोली।
51871 पशुवैद्य ना. पशुचिकित्सक।
51872 पशुसम्भोग ना. मान्छेबाट पशुसँग गरिने मैथुन।
51873 पश्चात् क्रि.वि. १. पछिबाट; भविष्यमा।
51874 पश्चात् क्रि.वि. २. आखिरमा; अन्तमा; अन्ततोगत्वा।
51875 पश्चात् क्रि.वि. ३. पश्चिमबाट; पश्चिमतिरबाट।
51876 पश्चात्काल ना. भरेपरन्तु; भविष्य।
51877 पश्चात्कालीन वि. भरेपरन्तुको; भविष्यको; भावी।
51878 पश्चात्ताप ना. आफूले गरिसकेका कार्यबाट उत्पन्न कुनै मानसिक खेद; पछुतो; पछितो; थकथकी।
51879 पश्चात्तापी ना. पछुतो गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने।
51880 पश्चार्द्ध/पश्चार्ध ना. १. पछिल्लो आधा भाग; उत्तरार्ध।
51881 पश्चार्द्ध/पश्चार्ध ना. २. पश्चिमी भाग; पाश्चात्य भाग।
51882 पश्चिम वि. १. सबैभन्दा पछिको; पछिल्लो।
51883 पश्चिम वि. २. अन्तिम; आखिरी। ना.
51884 पश्चिम वि. ३. सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ।
51885 पश्चिम एक नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमपट्टि रहेको नुवाकोट, धादिङ आदि इलाका भएको प्रदेश।
51886 पश्चिम एसिया ना. एसियाका पश्चिमपट्टि रहेका इराक, इरान, साउदी अरब, यमन, टर्की आदि मुलुकहरूको भूभाग।
51887 पश्चिम क्रिया ना. मरेपछि गरिने दाहसंस्कारादि क्रिया; अन्त्येष्टिक्रिया।
51888 पश्चिम चार नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर प्रशासनिक दृष्टिले चारौँ खण्डमा परेको, सदरमुकाम पुतलीखेत वा स्याङ्जा भएको प्रदेश।
51889 पश्चिम तिन नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा सदर मुकाम भएको प्रदेश।
51890 पश्चिम दुई नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिम प्रशासनिक दृष्टिले दोस्रो खण्डमा पर्ने गोर्खा सदर मुकाम भएको प्रदेश।
51891 पश्चिमा वि. १. पश्चिमी क्षेत्रमा बस्ने; पश्चिमतिरको; पश्चिमी; पश्चिमेली; पाश्चात्य। ना.
51892 पश्चिमा वि. २. नेपाली ब्राह्मणको एक वर्ग।
51893 पश्चिमा वि. ३. पखबाज जस्तै एकातिर पिठो अर्कोतिर खरी लगाइएको आवश्यकताअनुसार थपघट गर्न हुने (चाडबाड, नाचगान आदिमा बजाइने) बाजा।
51894 पश्चिमाचल ना. पुराणअनुसार सूर्य अस्ताउने पर्वत; अस्ताचल।
51895 पश्चिमाञ्चल ना. १. विकासक्षेत्रको नयाँ विभाजनअनुसार नेपालको मध्यमाञ्चलदेखि नजिक र पश्चिमतिर रहेको गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चल समावेश भएको एक विकासक्षेत्र।
51896 पश्चिमाञ्चल ना. २. पश्चिमी इलाका।
51897 पश्चिमाञ्चल विकासक्षेत्र ना. प्रशासनिक दृष्टिकोणले छुट्ट्याइएको मध्यमाञ्चल विकासक्षेत्रदेखि पश्चिमतिर आउने विकासक्षेत्र; पश्चिमाञ्चल।
51898 पश्चिमाधिकरण ना. चार दिशामा विभाजित गरिएका लिच्छविकालीन प्रशासन सञ्चालन गर्ने अड्डाहरूमध्ये पश्चिमपट्टिको प्रशासन सञ्चालन गर्ने अड्डा।
51899 पश्चिमाभिमुख वि. १. पश्चिमतिर फर्केको।
51900 पश्चिमाभिमुख वि. २. पछाडितिर मुख गरेको।