Dictionary

All Word

51901 पश्चिमी वि. पश्चिमतिर रहने; पश्चिमतिरको; पच्छिमा; पश्चिमेली।
51902 पश्चिमी गोलार्द्ध ना. प्रधान मध्याह्न रेखादेखि पश्चिमतर्फको भूभाग।
51903 पश्चिमी वायु ना. पश्चिम दिशाबाट बहने वायु।
51904 पश्चिमे वि. पश्चिमा।
51905 पश्चिमी मादल ना. आकारमा सानो र छरितो पश्चिम नेपालमा पाइने मादल।
51906 पश्चिमेली वि. १. पश्चिमको; पाश्चात्य। ना.
51907 पश्चिमेली वि. २. नेपाली भाषाका उप-भेदमा महाकालीदेखि सेती अञ्चलसम्मका विभिन्न स्थानीय भाषिकामध्ये कुनै एक।
51908 पश्चिमोत्तर वि. पश्चिम र उत्तर दिशाका बिचमा रहेको; वायव्य कोणको; पश्चिमोत्तरको।
51909 पश्चिमोत्तरा ना. उत्तर र पश्चिम दिशाको एक विदिशा वा उपदिशा; वायव्य कोण।
51910 पश्म ना. हे. पस्म; पशम।
51911 पश्मीना ना. हे. पस्मिना।
51912 पश्यतोहर वि. १. देखादेखी कुनै वस्तु चोर्ने; जबर्जस्ती खोसेर लिने। ना.
51913 पश्यतोहर वि. २. समसाँझैको चोर वा लुटाहा।
51914 पश्यतोहर वि. ३. सुनार।
51915 पश्यन्ती ना. १. स्फोटवादअनुसार मूलाधारबाट उठेर नाभिप्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत भएको परानाडी।
51916 पश्यन्ती ना. २. वेश्या।
51917 पस्नु स.क्रि. १. बाहिरबाट भित्र जानु; छिर्नु; घुस्नु; प्रवेश गर्नु।
51918 पस्नु स.क्रि. २. सामेल हुनु; सम्मिलित हुनु।
51919 पस्नु स.क्रि. ३. फस्नु; अल्झनु।
51920 पसङ्ची वि. पासा खेल्ने आदत बसेको; पासा खेलिरहनुपर्ने।
51921 पसनी ना. काँजो र काठ आदिको बिँड हालिने, दाबलाका आकारको, झार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन; खुर्पी।
51922 पसम ना. १. नरम तथा असल जातको ऊन; पशम; परम।
51923 पसम ना. २. उपस्थका रौँ।
51924 पसम ना. ३. साह्रै तुच्छ वस्तु।
51925 पसर ना. १. औँलाहरू र हत्केलालाई कुप्य्राएर दुनो झैँ बनाउँदाको खोबिल्टो।
51926 पसर ना. २. त्यसमा अटाउने परिमाण बराबरको कुनै वस्तु।
51927 पसल ना. स्थायी रूपले मालमत्ताहरू बिक्री हुने ठाउँ; दोकान।
51928 पसलवाला ना. पसल राख्ने व्यक्ति; पसले; दुकानदार; दोगानदार; दोकानदार।
51929 पसले ना. १. पसल थाप्ने व्यक्ति; दुकानदार। वि.
51930 पसले ना. २. पसलको।
51931 पसाँगिनु अ.क्रि. हे. पसाङ्गिनु; पसाङिनु।
51932 पसाँग्याइ ना. पसाँगिने भाव, क्रिया वा प्रक्रिया।
51933 पसाँग्याहा वि. पस्याङ्याहा।
51934 पसा ना. दया; कृपा। (उदा. गोल्हुजैसी कनक- पत्रकि भाष् पसाकरि अक्र्याँ छु। - पृथ्वी मल्ल)।
51935 पसाइ ना. १. पस्ने क्रिया वा प्रक्रिया।[पसाउ+आइ]
51936 पसाइ ना. २. मकै आदिमा घोगो वा धान आदिमा बालो पसाउने क्रिया-प्रक्रिया।[सं. पष्+आइ]
51937 पसाइ ना. ३. भात आदिको माड पसाउने क्रिया- प्रक्रिया।
51938 पसाइनु क.क्रि १. पस्न लगाइनु; पस्ने पारिनु।
51939 पसाइनु क.क्रि २. माड पसाउने पारिनु। अ. क्रि.
51940 पसाइनु क.क्रि ३. घोगो, बालो आदि पसाउने होइनु।
51941 पसाउनु प्रे.क्रि. १. भित्र पठाउनु; पस्ने वा छिर्ने पार्नु।
51942 पसाउनु प्रे.क्रि. २. सम्मिलित गराउनु; सामेल गराउनु।
51943 पसाउनु१ अ.क्रि. १. अन्नका बोटमा बाला, घोगा आदि निस्कनु।
51944 पसाउनु१ अ.क्रि. २. केराका बोटबाट केराको घरी निस्कनु।
51945 पसाउनु१ अ.क्रि. ३. अन्नमा बाला लाग्नु।
51946 पसाउनु२ स.क्रि. १. कुनै वस्तु दुलामा छिराउनु।
51947 पसाउनु२ स.क्रि. २. भातबाट माड काड्नु।
51948 पसाङिनु अ.क्रि. हे. पसाङ्गिनु।
51949 पसाङ्गिनु अ.क्रि. १. काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु।
51950 पसाङ्गिनु अ.क्रि. २. काठहरू सुकेर बाङ्गोटिङ्गो हुनु वा साँगुरिनु।