Dictionary

All Word

52051 पहिरनु स.क्रि. लुगा, गहना आदि शरीरमा लगाउनु; पैह्रनु।
52052 पहिरन ना. शरीरमा लुगा, गहना आदि लगाउने काम; पहिरने काम; परिधान।
52053 पहिराइ ना. पहिरने क्रिया वा प्रक्रिया।
52054 पहिराइनु क.क्रि. पहिरन लाइनु।
52055 पहिराउनु प्रे. क्रि. पहिरन लाउनु।
52056 पहिरिनु स.क्रि. १. पहिरनु। क.क्रि.
52057 पहिरिनु स.क्रि. २. पहिरने काम गरिनु।
52058 पहिरो ना. १. पहाड भत्केर बनेको भिर; पहरो।
52059 पहिरो ना. २. पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह।
52060 पहिरो ना. ३. पहाडको भत्काइ; भुईँको धस्काइ; भूस्खलन।
52061 पहिला वि. १. पहिलो; प्रथम। क्रि.वि.
52062 पहिला वि. २. पहिले; उहिले।
52063 पहिलाबेते वि. पहिलोपल्ट बियाएको वा बियाउने (गाईबस्तु आदि)।
52064 पहिलिनु क.क्रि. १. फेला पारिनु; भेट्टाउनु।
52065 पहिलिनु क.क्रि. २. पहिचान पाइनु; चिनिनु। अ.क्रि.
52066 पहिलिनु क.क्रि. ३. फेला पर्नु।
52067 पहिली वि. १. गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुकी; अगिल्ली।
52068 पहिली वि. २. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने (स्त्री)।
52069 पहिले क्रि.वि. १. अगाडि; सुरुमा; प्रथम पटक।
52070 पहिले क्रि.वि. २. उहिले; प्राचीन कालमा।
52071 पहिलो वि. १. गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम।
52072 पहिलो वि. २. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने।
52073 पहिलो वि. ३. कालक्रमले जेठो।
52074 पहिला नम्बरको वि. १. उत्तम दर्जाको; सबैभन्दा उम्दा; राम्रो।
52075 पहिला नम्बरको वि. २. हदसम्मको; हदैको (बदमास)।
52076 पहिल्याइ ना. पहिल्याउने क्रिया वा प्रक्रिया।
52077 पहिल्याइनु क.क्रि. पहिल्याउने काम गरिनु।
52078 पहिल्याउनु स.क्रि. / प्रे.क्रि. १. फेला पार्नु; भेट्टाउनु।
52079 पहिल्याउनु स.क्रि. / प्रे.क्रि. २. चिन्नु; पहिचान्नु।
52080 पहिल्याउनु स.क्रि. / प्रे.क्रि. ३. मेलोमेसो पाउनु।
52081 पहिल्यावट/पहिल्याहट ना. पहिल्याइ।
52082 पहिल्यै क्रि.वि. १. पहिले नै; अगि नै; अगाडि नै।
52083 पहिल्यै क्रि.वि. २. उहिले नै; पुरानो समयमै; अतीतमै।
52084 पहुँच्नु पठाइएको वस्तु, मानिस आदि नियत स्थानमा पुग्नु; दाखिला हुनु।
52085 पहुँच ना. १. कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम।
52086 पहुँच ना. २. निश्चित लक्ष्यसम्मको जवाइ।
52087 पहुँच ना. ३. निश्चित ठाउँमा पुगेको सूचना।
52088 पहुँच ना. ४. कुनै ठाउँ वा विषयसम्म पुग्ने शक्ति; गति; प्रवेश।
52089 पहुँच ना. ५. कुनै कुरो राम्ररी बुझ्ने शक्ति।
52090 पहुँच ना. ६. चिनजान; परिचय; पहिचान।
52091 पहुँच ना. ७. कुनै कुरा गर्ने वा गरेर पुऱ्याउने सामर्थ्य।
52092 पहुँच दस्तुर ना. ट्रङ्ककल आदिमा खोजेको व्यक्ति ठेगानामा भए- नभएको थाहा भएपछि ग्राहकले तिर्नुपर्ने रकम।
52093 पहुँच नामा ना. पठाएको वस्तु वा व्यक्ति नियत ठाउँमा पुगेको प्रमाणस्वरूप प्राप्त हुने रसिद; पहुँच।
52094 पहुँच बाहिरको वि. शक्ति वा आँटले नपुग्ने।
52095 पहुँचाइ ना. पहुँचने क्रिया वा प्रक्रिया।
52096 पहुँचाइनु क.क्रि. पहुँचाउने काम गरिनु; पुऱ्याइनु।
52097 पहुँचाउनु प्रे. क्रि. पुग्ने गराउनु; पुऱ्याउनु।
52098 पहुँचिनु अ.क्रि. १. पहुँचनु।
52099 पहुँचिनु अ.क्रि. २. पुगिनु।
52100 पहेँल वि. केही समस्त शब्दको आरम्भमा प्रयोग हुने 'पहेँलो' शब्दको सङ्क्षिप्त रूप।