Dictionary

All Word

52151 पाँचपोखरी ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने नाउलिङ तथा चोचे डाँडाका उत्तरमा करिब ३,८६५ मिटरको उचाइमा रहेको ससाना पाँचवटा पोखरी बनेको दह।
52152 पाँचपोल ना. तुलाको तौलअनुसार सवाबोडी।
52153 पाँच सरकार ना. तत्कालीन नेपालका श्री ५ महाराजाधिराज।
52154 पाँचौँ वि. गणनाका क्रमले पाँच सङ्ख्यामा पर्ने; पाँच नम्बरमा आउने।
52155 पाँज्नु स.क्रि. १. खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु।
52156 पाँज्नु स.क्रि. २. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु; निहिन लगाउनु।
52157 पाँज्नु स.क्रि. ३. फैलाउनु; फिँजाउनु।
52158 पाँजिनु क.क्रि. पाँजा पारिनु; बिउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइनु; निहिन लगाइनु।
52159 पाँजुलो वि. १. सम्म परेको; समथर। ना.
52160 पाँजुलो वि. २. मैदान; पजलो।
52161 पाँजो ना. १. धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।
52162 पाँजो ना. २. नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो; निहिन।
52163 पाँड ना. १. थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड।
52164 पाँड ना. २. पिँढी वा पिँढीमाथिको छानो।
52165 पाँडुले वि. कालो, पहेँलो वर्णका भुईँमा सेता र सेतो वर्णका भुईँमा चाहिँ पहेँला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)।
52166 पाँडे ना. ब्राह्मण र क्षत्रियहरूको एक थर वा वर्ग; पाण्डे।
52167 पाँडे कुरो ना. १. नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो; छनक।
52168 पाँडे कुरो ना. २. आपसमा आदर वा अनादर नजनाई गरिने कुरो।
52169 पाँडे गाली ना. नाउँ नलिईकन कसैलाई गरिने गाली; अस्पष्ट आक्षेप।
52170 पाँडे पजनी ना. योग्यायोग्यको विचार नगरी विशेषतः प्रतिष्ठित व्यक्तिहरूको मानहानि हुने किसिमले गरिने पजनी।
52171 पाँडे बोली ना. पाँडेकुरो; गाली।
52172 पाँती ना. लहर; लाम; श्रेणी; ताँती; लस्कर।
52173 पाँद्नु स.क्रि. हे. पाँज्नु।
52174 पाँदिनु क.क्रि. पाँजिनु।
52175 पाँसुली वि. १. ठुलठुला पाँसुला भएकी (आइमाई )।
52176 पाँसुली वि. २. पाँसुलो (गीत, कविता आदिमा)।
52177 पाँसुले वि. १. ठुलठुला पाँसुला हुने; पाँसुला मोटा हुने।
52178 पाँसुले वि. २. बलिष्ठ।
52179 पाँसुलो ना. १. खुट्टाको छेपारी।
52180 पाँसुलो ना. २. खुट्टो (तुच्छार्थमा)।
52181 पाँसेर ना. डेढ बिसौलीको तौल।
52182 पाइ१ ना. पाउने क्रिया वा प्रक्रिया।
52183 पाइ२ ना. पिट्ने काम; पिटाइ; कुटाइ।
52184 पाइक ना. पायक; पाहिक।
52185 पाइका ना. छाप्ने बाह्र प्वाइन्टको टाइप अक्षर।
52186 पाइखाना ना. १. दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय।
52187 पाइखाना ना. २. विष्ठा; मल।
52188 पाइजामा ना. १. ठुलठुला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल।
52189 पाइजामा ना. २. हात्तीपाइले सुरुवाल; ह्वाङ्ल्याङे।
52190 पाइतो ना. १. आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत।
52191 पाइतो ना. २. परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्तदोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि।
52192 पाइतो ना. ३. त्यस प्रकारका माङ्गलिक वस्तु।
52193 पाइतो सराइ ना. १. साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम।
52194 पाइतो सराइ ना. २. यात्राका लागि प्रस्थान।
52195 पाइथागोरस ना. विक्रमको पाँचौँ शताब्दीपूर्वका एक ग्रिसेली दार्शनिक तथा गणितज्ञ।
52196 पाइन ना. १. फलामका हतियारहरूमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी; हतियारहरू आगामा तताएर रातो पारी हालिने पानी।
52197 पाइन ना. २. सामर्थ्य; शक्ति; तुजुक।
52198 पाइनु क.क्रि. प्राप्त गरिनु; फेला पारिनु; भेटिनु।
52199 पाइन्ट ना. सुरुवालजस्तो, मोहोता ठुलो भएको खुकुलो पोसाक; पायन्ट।
52200 पाइप ना. १. तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो ढ्वाङे नली; डुँड।