Dictionary

All Word

52251 पाउरो ना. अस्कोट।
52252 पाउरोटी ना. खुबसँग उक्सने वा फुलेर हुप्प हुने, खमिर हालेर बनाइएको एक प्रकारको रोटी।
52253 पाउला ना. पाउलो; पालुवा।
52254 पाउलागी ना. पुरोहितलाई जजमानले वा कसैले बाबुआमा वा अन्य मान्यजनको गोडामा शिरले छोएर गर्ने अभिवादन; ढोग।
52255 पाउ लाग्नु स.क्रि. १. पदार्पण गर्नु।
52256 पाउ लाग्नु स.क्रि. २. ढोगभेट गर्नु।
52257 पाउ लाग्नु स.क्रि. ३. आउनु वा जानु (शिष्टार्थमा); पाल्नुहुनु; पाल्नु।
52258 पाउलो१ ना. पल्लव; पालुवा।
52259 पाउलो२ ना. जुत्ता।
52260 पाउसो ना. सुनिएको, मर्किएको आदि ठाउँमा लगाउन गहुँतमा पकाएर लेप बनाइने एक प्रकारको बुटी वा त्यसैबाट बनेको लेप।
52261 पाक्नु अ.क्रि. १. पाक पुग्नु; परिपक्व हुनु।
52262 पाक्नु अ.क्रि. २. फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु।
52263 पाक्नु अ.क्रि. ३. घाउखटिरा आदिमा पिप भरिनु।
52264 पाक्नु अ.क्रि. ४. ज्याला, तलब आदिको आर्जन पूरा हुनु।
52265 पाक्नु अ.क्रि. ५. चित्त दुख्नु; पिरिनु वा पिर हुनु।
52266 पाक्नु अ.क्रि. ६. मानिसका राैँ सेता हुनु।
52267 पाक्नु अ.क्रि. ७. उमेर वा बुद्धि छिप्पिनु।
52268 पाक ना. १. पकाउने क्रिया वा प्रक्रिया।
52269 पाक ना. २. पकाएको; पक्वान्न।
52270 पाक ना. ३. चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वाथ।
52271 पाक ना. ४. खाएको वस्तु पच्ने पाचनक्रिया।
52272 पाक ना. ५. श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खिर वा भात।
52273 पाक ना. ६. चास्नी; पाग।
52274 पाक ना. ७. पक्वता; परिपक्वता।
52275 पाकताउली ना. दन्त्यकथाका अनुसार मन लागेको खानेकुरो तुरुन्त दिन सक्ने भनिएको एक मनचिन्ते ताउली।
52276 पाकपत्थरी ना. भुँडीभित्र जम्ने साह्रो चुनढुङ्गा।
52277 पाकपद्धति ना. १. खानेकुरो आदि पकाउने विधि; पाकशास्त्र।
52278 पाकपद्धति ना. २. खाएको कुरो पच्ने पाचन-प्रणाली।
52279 पाकपुक ना. १. हल्का किसिमले गरिने आघात; पिटपाट; ठोकठाक; भाकभुक।
52280 पाकपुक ना. २. चाँडो-चाँडो गरेर काम सिद्ध्याउने क्रिया; हाटहुट। क्रि.वि.
52281 पाकपुक ना. ३. पिटपाट, ठोकठाक वा हाटहुट गरेर।
52282 पाकपुके वि. १. हाटहुट गर्ने; काममा छिटो-छरितो।
52283 पाकपुके वि. २. पिटपाट, ठोकठाक र भाकभुकमा लागेको।
52284 पाकपुटी ना. १. चुलो।
52285 पाकपुटी ना. २. भट्टी।
52286 पाकलपुकल ना. १. भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल। वि.
52287 पाकलपुकल ना. २. हृष्टपुष्ट (बालक)।
52288 पाकशाला ना. खानेकुरा पकाउने घर; भान्सा; भान्साघर।
52289 पाकस्थली ना. खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो; पक्वाशय; आँत।
52290 पाकिनु अ.क्रि. १. पाक होइनु; पाकेको होइनु।
52291 पाकिनु अ.क्रि. २. पाको होइनु।
52292 पाकिस्तान ना. एसिया महाद्वीपमा रहेको नेपालको छिमेकी देशमा पर्ने सन् १९४७ को अगस्त १४ तारिखमा भारतबाट छुट्टिएर अस्तित्वमा आएको एक स्वतन्त्र देश।
52293 पाकिस्तानी वि. पाकिस्तानसम्बन्धी; पाकिस्तानको।
52294 पाके ना. उसिनेर अमिलो वा गुलियो अवस्थामा परिणत गराइएको जाँडको छोक्रा।
52295 पाकेट ना. खल्ती; गोजी।
52296 पाकेट गह्रौँ वि. धेरै पैसा भएको; रुपियाँवाल।
52297 पाकेटमार ना. पाकेटमारा।
52298 पाकेटमारा ना. पाकेट काटेर त्यसमा भएको सम्पत्ति चोर्ने व्यक्ति।
52299 पाको वि. १. आगामा पाकेको; पकाइएको।
52300 पाको वि. २. ॠतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि)।