Dictionary

All Word

52351 पाखे बाली ना. पाखाबाली।
52352 पाखो ना. १. भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन।
52353 पाखो ना. २. पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा ।
52354 पाखो ना. ३. पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो; पखेरो।
52355 पाखो ना. ४. सहरदेखि बाहिरको पायक नपरेको भाग।
52356 पाखो ना. ५. छानाको एकातिरको भाग।
52357 पाखो पखेरो ना. सामान्य किसिमको भिरालो तथा टारी परेको र ज्यादै भिरालो भई गोरु जोत्न नहुने खालको जग्गा।
52358 पाखो बारी ना. पानी नलाग्ने र नअडिने जमिन; भिरखेत।
52359 पाख्री ना. चिल्ला पात तथा झ्याम्म परेको ठुलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रुख; अर्चलेका जस्तो पात र डुम्रीका जस्ता फल फल्ने एक वृक्ष।
52360 पाग१ ना. मैथिल समाजमा एक विशेष प्रकारको पगरी।
52361 पाग२ ना. सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारकर्म।
52362 पाग३ ना. मिठाई गुलियो पदार्थमा डुबाउनका निम्ति पकाइएको चिनी वा मिस्रीको चास्नी; पाक।
52363 पागल वि. १. बहुला; सन्की, हावा खुस्केको; विक्षिप्त। ना.
52364 पागल वि. २. बहुलाएको व्यक्ति।
52365 पागल वि. ३. गधाको बच्चो; गाँडु।
52366 पागलखाना ना. पागलहरूको उपचार गर्नका निम्ति राखिने घर वा कोठा।
52367 पागलपन ना. बहुला अवस्था; बौलट्टीपन।
52368 पागुर ना. पशुहरूले पहिले निलिसकेको घाँस, पराल आदि उकेलेर फेरि चपाउने काम; उग्राइ; पाउर।
52369 पाग्मा ना. सेतो फुल्ने, आयुर्वेदमा शक्तिवर्धक र भिरङ्गी रोग निको हुने गुण बताइएको एक बुटी।
52370 पाग्री ना. १. डोका, नाङ्ला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति।
52371 पाग्री ना. २. कामीजातिको एक भेद।
52372 पाग्री ना. ३. नेपाली घरको एउटा आकार (जस्तै- पाग्रीघर )।
52373 पाङ्क्त वि. १. पङ्क्तिसम्बन्धी; पङ्क्तिको।
52374 पाङ्क्त वि. २. पङ्क्तिमा बाँधिएको।
52375 पाङ्क्त वि. ३. समान जातिपाँतीको।
52376 पाङ्क्तेय वि. पङ्क्तिमा मिल्ने वा सुहाउने; पङ्क्तिमा मिलाउन सकिने; सजातीय।
52377 पाङ्ग्रा ना. १. हाँगाबिँगा नहुने, भित्र साह्रो भएको, टुप्पामा केराउका जस्तो घुम्रेको लहराको भाव हुने, पहेँलो फूल फुल्ने र कोसामा लाग्ने फल।
52378 पाङ्ग्रा ना. २. आयुर्वेदमा शक्तिवर्धक मानिएको तथा जुका, चुर्ना आदि नाश गर्ने तथा बान्ता रोक्ने गुण बताइएको त्यसैको बोट।
52379 पाङ्ग्रे वि. १. पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल।
52380 पाङ्ग्रे वि. २. शरीरमा चक्राकार टाटा भएको; टाटेपाङ्ग्रे (कुकुर आदि)।
52381 पाङ्ग्रे रोटी ना. पाङ्ग्राका आकारजस्तो पारेर बनाइएको वा पकाइएको रोटी; पानीरोटी।
52382 पाङ्ग्रो ना. १. रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को; पहिया।
52383 पाङ्ग्रो ना. २. ससाना पात, पहेँला लामा फूल र लामा-लामा कोसा वा टाटा फल्ने एक जातको लहरो।
52384 पाङ्ग्रो ना. ३. आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण बताइएको त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलो र साह्रो बियाँ; लेकपाङ्ग्रो; महाकरञ्ज।
52385 पाङ्दङ्वा ना. किराँती जातिका कुलदेउता।
52386 पाङ्दुर ना. १. चाँडो रोपेर चाँडै पाक्ने, राई-जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो।
52387 पाङ्दुर ना. २. चौँरेकोदो।
52388 पाङ्दुर ना. ३. बाग्लुङपूर्व र गण्डकी उत्तरतर्फ रहेको एक गाउँ; पाङ।
52389 पाङ्दुरे वि. १. कोदो खाने; कोदे।
52390 पाङ्दुरे वि. २. असभ्य; पाखे।
52391 पाङ्दुरे वि. ३. पाङ्दुरमा बस्ने।
52392 पाङ्दुरे नाच ना. १. पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच।
52393 पाङ्दुरे नाच ना. २. असभ्य वा पाखे खालको नाच।
52394 पाचक वि. १. पकाउने; पाक तयार गर्ने; भान्सामा बस्ने।
52395 पाचक वि. २. पचाउने; परिपाक पार्ने; हजम गर्ने। ना.
52396 पाचक वि. ३. खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी।
52397 पाचक वि. ४. भान्से।
52398 पाचकाङ्ग ना. खाएको कुरो पचाउने अङ्ग; पाकस्थली।
52399 पाचन ना. १. पकाउने काम; पक्व गर्ने क्रिया।
52400 पाचन ना. २. पचाउने काम; हजम गर्ने क्रिया।