Dictionary

All Word

52501 पाटे खौराइ ना. कैँचीले रागेपाटे गरी काटेको केश-सज्जा।
52502 पाटे घाँस ना. गाईबस्तुले खाने, दुध र बल बढाउने नरम चिल्लो किसिमको घाँस।
52503 पाटे घिरौँलो ना. पाटैपाटा परेको घिरौँलो; पाटेतोरियाँ।
52504 पाटे जिन ना. सिरकको पल्ला अथवा डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद; पाटावाल जिन कपडा।
52505 पाटे जुको ना. जङ्गलमा हुने चेप्टो, ठुलो जातको जुको।
52506 पाटे जोडाइ ना. दुई भिन्नाभिन्नै हलका एक-एक गोरुद्वारा अर्को हल बाँध्ने काम।
52507 पाटे तोरियाँ ना. १. पिपल का पातका आकारका ठुलठुला पात हुने, पहेँलो फूल फुल्ने, पाटैपाटा परेका लामा फल फल्ने लहरो।
52508 पाटे तोरियाँ ना. २. तर्कारीका रूपमा प्रयोगमा आउने त्यसैको फल; पाटेघिरौँलो; झिँगनीतोरियाँ।
52509 पाटे परेली ना. दुई व्यक्तिसँग एक-एक मात्र गोरु भई दुई व्यक्तिका एक-एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; बराहा।
52510 पाटे बँधाइ ना. पाटेजोडाइ।
52511 पाटे बाघ ना. शरीरमा काला वा पहेँला पाटा भएको बाघ (रायल बङ्गाल-टाइगर)।
52512 पाटे बारुलो ना. सेता पाटा हुने एक जातको बारुलो।
52513 पाटे सिमी ना. पाटा परेको कोसा फल्ने एक जातको सिमी।
52514 पाटो ना. १. बारीको विशाल चकला; सतह मिलेको फराकिलो जग्गा; पाटा।
52515 पाटो ना. २. दुई कुनाका बिचको भूमि; पाटा।
52516 पाटो ना. ३. एक रङको भुईँमा अर्को रङ परेको धर्सो।
52517 पाटो ना. ४. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो।
52518 पाठ ना. १. पढ्ने कार्य वा काम; पढाइ।
52519 पाठ ना. २. नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम।
52520 पाठ ना. ३. पढ्ने वा पढाउने सामग्री।
52521 पाठ ना. ४. गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश।
52522 पाठ ना. ५. पाठ्यपुस्तकको कुनै परिच्छेद।
52523 पाठ ना. ६. बाच्ने वा पढ्ने क्रिया।
52524 पाठ ना. ७. अर्ती; उपदेश।
52525 पाठ ना. ८. प्रेरणा; भुक्त अनुभव।
52526 पाठक ना. १. पढ्ने छात्र।
52527 पाठक ना. २. पढाउने गुरु।
52528 पाठक ना. ३. कथावाचक।
52529 पाठक ना. ४. ब्राह्मण-जातिको एक थर।
52530 पाठ घण्टा ना. १. नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर)।
52531 पाठ घण्टा ना. २. कुनै पाठ्यविषयको पाठ्यभारको अनुपात।
52532 पाठन ना. पढाउने कार्य; अध्यापन।
52533 पाठनीय वि. पढाउने योग्य; अध्यापन गर्न सुहाउने; पढाउने हुने वा मिल्ने।
52534 पाठपत्र ना. कक्षाका प्रत्येक विद्यार्थीलाई हात-हातमा दिनका निम्ति शिक्षकले तयार पारेको, एक दिनमा पढाइने विषयका मुख्य-मुख्य बुँदाको लेखोट वा टाइप गरेको पत्र।
52535 पाठपर्चा ना. पाठपत्र।
52536 पाठभेद ना. एकै पुस्तकका दुई वा दुईभन्दा बढी प्रतिमा लेखिएका शब्द, वाक्य आदिमा देखिएको भिन्नता; पाठान्तर।
52537 पाठयोजना ना. एक दिनमा निश्चित अवधिमा पढाइने विषयको पहिले नै तयार पारिएको योजनाबद्ध रूपरेखा।
52538 पाठशाला ना. विद्यार्थी वा छात्रछात्राहरूलाई शिक्षा दिइने वा पढाइने घर; विद्यालय; स्कुल।
52539 पाठशालिनी ना. मान्छेझैँ बोल्ने शालिनी पक्षी; मैना चरी।
52540 पाठशालीय वि. पाठशालासम्बन्धी; पाठशालाको।
52541 पाठान्तर ना. पाठभेद।
52542 पाठा१ ना. बाटुल्पाते झारको ठुलो चाहिँ प्रकार।
52543 पाठा२ ना. निकै ठुलो पात हुने, छेउछाउमा फूल फुल्ने, आयुर्वेदका अनुसार तितो जरो हुने, आउँ र शूल रोगका निम्ति हितकारी हुने मानिएको, एक जातको रुख चढ्ने लहरो।
52544 पाठा३ ना. सेलरोटी पकाउँदा टुक्राटुक्री परेर ताईमा रहेका रोटीका झुर्का। (लोग्नेमान्छेले पाठा खाँदा छोरी-छोरी हुन्छन् भन्ने लोकोक्ति छ।)
52545 पाठा४ ना. पाठो।
52546 पाठापाठी ना. बाख्रो, भेडो, सुँगुर, मृग आदिका साना बच्चा वा छाउरा।
52547 पाठावली ना. पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह; पाठ्यग्रन्थावलि; पाठ्यविषयावलि।
52548 पाठिका ना. १. पढ्ने वा पढाउने स्त्री।
52549 पाठिका ना. २. पाठ गर्ने स्त्री।
52550 पाठित वि. पढाइएको; पाठ गराइएको।