Dictionary

All Word

52551 पाठी१ वि. १. पाठ गर्ने; बाच्ने।
52552 पाठी१ वि. २. पढ्ने; अध्ययन गर्ने; पाठक।
52553 पाठी१ वि. ३. पढिसकिएको; पढेर सिद्ध्याइएको।
52554 पाठी२ ना. भेडा, बाख्रा, सुँगुर आदिको पोथी बच्चो; छाउरी।
52555 पाठीन ना. १. लामो थुतुनो हुने एक जातको माछोविशेष।
52556 पाठीन ना. २. अध्ययन-अध्यापनको काम गर्ने व्यक्ति।
52557 पाठीन ना. ३. पुराण आदिको वाचक।
52558 पाठे वि. पाठोसम्बन्धी; पाठाको।
52559 पाठे घर ना. गर्भमा बालक वा बच्चो रहने थैलो; स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो; गर्भाशय; तल्लो पेट; भुँडी।
52560 पाठे भाइ ना. १. एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी।
52561 पाठे भाइ ना. २. एकै कोखको दाजु वा भाइ; गर्भे भाइ।
52562 पाठो ना. १. भेडा, बाख्रा, मृग, सुँगुर आदिको भाले बच्चो।
52563 पाठो ना. २. पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को; छाउरो।
52564 पाठ्य वि. पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय।
52565 पाठ्यक्रम ना. पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम।
52566 पाठ्यक्रम विकास केन्द्र ना. पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्धारण एवं तर्जुमा गर्ने संस्था।
52567 पाठ्यग्रन्थ ना. पाठ्यपुस्तक।
52568 पाठ्यपुस्तक ना. विद्यालय एवं विद्यापीठहरूमा विद्यार्थीहरूले औपचारिक तवरले पढ्नुपर्ने पुस्तक।
52569 पाठ्यवस्तु ना. पाठ्यक्रममा उल्लिखित पाठ्यसामग्री।
52570 पाठ्यविषय ना. पढाइने विषय; पढाउनुपर्ने विषय; पाठ्यवस्तु।
52571 पाठ्यसामग्री ना. १. कक्षामा विद्यार्थीहरूलाई पढाउन पाठ्यक्रममा उल्लिखित सामग्री।
52572 पाठ्यसामग्री ना. २. पढाउँदा चाहिने कुनै सामान (किताप, चक, डस्टर इ.)।
52573 पाठ्यांश ना. विद्यार्थीहरूलाई पढाइने पुस्तकको निर्धारित अंश वा भाग।
52574 पाठ्यांश चक्र ना. पढाइने विषयका निर्धारित अंशहरूको क्रमिक सूची।
52575 पाड्को ना. १. फेरो।
52576 पाड्को ना. २. ठेडी।
52577 पाडरी ना. बस्तुहरूले खाने डाले घाँसका रूपमा प्रसिद्ध एक जातको वृक्षविशेष; पाखरी।
52578 पाडी ना. भैँसीको पोथी बच्चो।
52579 पाडो ना. भैँसीको भाले बच्चो; राँगो।
52580 पाढी निम ना. पहाडतिर हुने एक खालको निम; पहाडी निम।
52581 पाणि ना. हे. हात।
52582 पाणिगृहीता ना. विवाह भएकी पत्नी; विवाहिता स्वास्नी।
52583 पाणिग्रहण ना. १. विवाहका समयमा वरले वधूको हात विधिपूर्वक समात्ने धार्मिक विधि।
52584 पाणिग्रहण ना. २. विवाह।
52585 पाणिग्रहीता/ग्राहक ना. लोग्ने।
52586 पाणि तल ना. हत्केलो।
52587 पाणिनि ना. केही विचारकहरूका अनुसार फणी वा पणी जातको व्यापारिक समाजमा जन्मिएका, संस्कृत व्याकरणका रचयिता वा आचार्य एक प्रसिद्ध मुनि।
52588 पाणिनीय वि. १. पाणिनिले बनाएको वा रचेको; पाणिनिसम्बन्धी। ना.
52589 पाणिनीय वि. २. पाणिनिरचित व्याकरण; अष्टाध्यायी।
52590 पाण्डरा ना. १. बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक।
52591 पाण्डरा ना. २. अमिताभकी पत्नी; शक्ति।
52592 पाण्डरा ना. ३. पद्मपाणिकी माता वा आमा।
52593 पाण्डव ना. महाभारतप्रसिद्ध पाण्डुका पाँच छोरा; पञ्चपाण्डव (युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव)।
52594 पाण्डित्य ना. पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ।
52595 पाण्डु ना. १. पञ्चपाण्डवका पिता।
52596 पाण्डु ना. २. केही रातो भावको पहेँलो रङ।
52597 पाण्डु ना. ३. निलो भावको सेतो रङ।
52598 पाण्डु ना. ४. सम्पूर्ण शरीर र रौँ सेतो हुने एक रोग; श्वेतकुष्ठ; सेतो कोढ। वि.
52599 पाण्डु ना. ५. पाण्डु रङको।
52600 पाण्डुर ना. १. सेतो रङ।