Dictionary

All Word

52701 पातो१ ना. ४. नाम्लाको चुल्ठ्याइएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग।
52702 पातो१ ना. ५. सिमेन्टको बनाइएको चकला।
52703 पातो२ ना. १. शरीरको कुमदेखि कम्मरसम्मको पछिल्लो अवयव।
52704 पातो२ ना. २. साँप्राको कोखमा जोडिएको पातलो र फराकिलो अवयव।
52705 पातो२ ना. ३. पुस्तक, कापी आदिको पानु वा पातो; पन्ना।
52706 पात्तिनु अ.क्रि. १. कुपात्र हुनु।
52707 पात्तिनु अ.क्रि. २. बल्किनु; जथाभावी गर्ने हुनु।
52708 पात्तिनु अ.क्रि. ३. मात्तिनु; इत्तरिनु; छिहिलिनु; निर्लज्ज हुनु।
52709 पात्तिनु अ.क्रि. ४. फुरफुरिनु; फुर्किनु।
52710 पात्त्याइ ना. पात्तिने क्रिया वा प्रक्रिया।
52711 पात्य वि. १. खसाल्न वा झार्न लायक।
52712 पात्य वि. २. दण्डजरिमाना गर्न उचित।
52713 पात्य वि. ३. प्रहार गर्न लायक।
52714 पात्लो वि. हे. पातलो।
52715 पात्र ना. १. कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन।
52716 पात्र ना. २. केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र।
52717 पात्र ना. ३. नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट।
52718 पात्र ना. ४. काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति।
52719 पात्र ना. ५. योग्यता; क्षमता; सामर्थ्य। वि.
52720 पात्र ना. ६. अधिकार दिन वा पाउन योग्य।
52721 पात्रक ना. १. सानो खालको भाँडो; तुच्छ भाँडो; ठाँडो।
52722 पात्रक ना. २. पत्रु।
52723 पात्रता ना. १. कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता।
52724 पात्रता ना. २. पात्रमा हुनुपर्ने वा भएको गुण; असल गुण।
52725 पात्रत्व ना. पात्रता।
52726 पात्रो ना. वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका; पञ्चाङ्ग।
52727 पात्ले ना. १. पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जात। वि.
52728 पात्ले ना. २. पातलको; पातलसम्बन्धी। [पात्लो+ए]
52729 पात्ले ना. ३. पात्लो खालको; पातले।
52730 पात्ले कटुस ना. पातले कटुस।
52731 पात्ले ढुकुर ना. पातले ढुकुर।
52732 पात्ले निहुरो ना. पातले निहुरो।
52733 पात्ले रोटी ना. पातले रोटी।
52734 पाथी ना. १. आठ माना अटाउने भर्ने भाँडो; आठ मानाको परिमाणको वस्तु अटाउने नाप्ने भाँडो। वि.
52735 पाथी ना. २. आठ माना परिमाणको।
52736 पाथी ना. ३. मुरीको बिसौँ अंशको।
52737 पाथी ब्याज ना. वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज।
52738 पाथी भात खाए जस्तो वि. पूरा सन्तोष लाग्ने; मन ढुक्क हुने।
52739 पाथी भात खाने वि. पूरा समर्थ; लक्का।
52740 पाथे वि. १. पाथीको; पाथीसम्बन्धी।
52741 पाथे वि. २. एउटै पाथीले भरेको अन्नादि खाने सम्बन्धित (व्यक्ति); चुले।
52742 पाथे वि. ३. पाथी अटाउने वा भरिने।
52743 पाथे भाइ ना. १. एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू; हिस्सेदार।
52744 पाथे भाइ ना. २. एउटै खलाको मोही।
52745 पाथे भाइ ना. ३. एउटै चुलामा खाने साथी; भान्से भाइ, चले भाइ।
52746 पाथेय ना. बाटामा खानका निम्ति लिइने साँवल; बाटाको सामलतुमल; बाटाखर्च।
52747 पाथेय श्राद्ध ना. मृतकको मोक्षका उद्देश्यले सातौं र बाह्रौँ दिनमा गरिने श्राद्ध।
52748 पाद्नु अ.क्रि. अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदद्वारबाट दुर्गन्धमय हावा फाल्नु।
52749 पाद१ ना. अपानवायु; अधोवायु।
52750 पाद२ ना. १. पाउ; चरण; गोडो; खुट्टो।