Dictionary

All Word

52851 पानी ना. १. नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ; जल; नीर।
52852 पानी ना. २. झोल; रस।
52853 पानी ना. ३. जिभ्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ; आँसु।
52854 पानी ना. ४. झरी; वर्षा; वृष्टि।
52855 पानी ना. ५. तेज; कान्ति।
52856 पानी ना. ६. टलक; चमक; पाइन।
52857 पानी ना. ७. मान; प्रतिष्ठा।
52858 पानी ना. ८. पुरुषार्थ; वीरता।
52859 पानी ना. ९. अभिमान; ताइँ; घमन्ड। १०. वर्ष; साल (जस्तो- दुई पानी खाएको रुख)।
52860 पानी ना. ११. जलवायु।
52861 पानी अड्डा ना. खाने पानीको व्यवस्था मिलाउने सरकारी अड्डा।
52862 पानीअमला ना. १. उनिउँका पातजस्ता लामालामा पात हुने जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार।
52863 पानीअमला ना. २. त्यसैको फल; भुईँअमला। (आयुर्वेदमा यसको गुण ठन्डा र धातु रोगका निम्ति उपयोगी बताइएको छ।)
52864 पानीआन्द्रे वि. डरछेरुवा; कातर।
52865 पानीआन्द्रो ना. पिएको पानी भित्र जाने आन्द्रो।
52866 पानीओद ना. पानीमा हिँड्ने बिरालोजस्तो प्राणी; पानीबिरालो; ओद।
52867 पानीकर ना. १. ट्याङ्कीमा जम्मा गरी पाइपबाट वितरण गरिएको पानीको उपयोग गरेबापत सम्बन्धित संस्थान वा सरकारलाई दिइने दस्तुर वा रकम।
52868 पानीकर ना. २. जग्गाजमिनमा नहर, पैनी आदिबाट पानी पटाएबापत सरकारलाई दिइने कर।
52869 पानीकरेलो ना. सिमसारमा पाइने एक जातको करेलो।
52870 पानीकल ना. १. पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट।
52871 पानीकल ना. २. इनार, कुवा आदिको पानी माथि तान्ने एक प्रकारको धारो; ट्युबवेल।
52872 पानीकल ना. ३. पानी तान्ने यन्त्र; दमकल।
52873 पानीकल ना. ४. जमिनमुनिको पानी तान्ने मिसिन; पम्पिङ सेट।
52874 पानीकाग ना. जलाशयका नजिक रहने एक कालो पक्षी।
52875 पानीकागत ना. प्लास्टिकको, पानी अडिने एक प्रकारको वस्तु (पोलिथिन पेपर)।
52876 पानीकौवा ना. पानीकाग।
52877 पानीखेदो ना. पानीमुनि गए पनि नछोड्ने किसिमको खेदो; नछाडीकन दुःख दिइरहने काम।
52878 पानी गुलाफी ना. १. गुलाफी रङको एक भेद। वि.
52879 पानी गुलाफी ना. २. त्यस्तो रङको।
52880 पानीगुन्डो वि. १. सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो।
52881 पानीगुन्डो वि. २. हरितन्नम; हरिलट्ठक।
52882 पानीघट्ट ना. पानीले चल्ने घट्ट।
52883 पानीघडी ना. पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने एक पुरानो चलनको घडी; जलयन्त्र।
52884 पानीघाट ना. पानीको धारो आदि भएको ठाउँ; पनेरो; कुवा; जलाशय।
52885 पानीघोडा ना. पानीमा हुने एक जातको घोडा।
52886 पानीचरी ना. पानीमा गोता खाने एक जातको चरो।
52887 पानीजहाज ना. समुद्रमा वा ठुला नदीमा चल्ने जहाज।
52888 पानीजुको ना. पानीमा रहने एक जातको ठुलो जुको।
52889 पानीझ्याउ ना. जलाशयमा उम्रने एक जातको कुरकुरेजस्तो झ्याउ।
52890 पानीढलो ना. पानी बगेर जाने भिरालो वा तेर्पे परेको जग्गा।
52891 पानीढिकी ना. १. पानीका प्रवाहबाट चल्ने एक किसिमको यन्त्र।
52892 पानीढिकी ना. २. त्यस्ता यन्त्रले टक मारेको सिक्का।
52893 पानीढुकुर ना. पानीका नजिक रहने एक जातको ढुकुर।
52894 पानीतोरी ना. ठुला गेडा हुने एक जातको तोरी; आफलतोरी।
52895 पानीदार वि. १. चम्किलो; चमकदार।
52896 पानीदार वि. २. इज्जतदार।
52897 पानीदार वि. ३. साहसी; पाइनदार।
52898 पानीदुबो ना. कराैँते झार।
52899 पानीपखाला ना. पानी जस्तै पातलो पखाला।
52900 पानीपट्टी ना. शिरमा वा अन्य कुनै अङ्गमा शीतलताका निम्ति राखिने भिजाएको कपडा।