Dictionary

All Word

52901 पानीपधेरो/पनेरो ना. १. ज्यादै आवतजावत भएको ठाउँ।
52902 पानीपधेरो/पनेरो ना. २. पानीघाट।
52903 पानीपेट ना. पानी जम्मा हुने वा खाएको पानी गएर अडिने पेटको थैलो।
52904 पानीपोखलो ना. पानीपेट।
52905 पानीफल ना. पानीसिङ्गडा।
52906 पानीफोको ना. प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आदि जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो।
52907 पानीबटुवा ना. जलमार्ग गरी हिँड्ने यात्री; पानीजहाजको यात्री।
52908 पानीबलो ना. छानाका छेउमा रहने लामो र तेर्सो काठ वा बाँस; दाँतीमाथिको बलो।
52909 पानी बाराबार ना. परस्परको ठुलो विरोध; परस्परमा भएका वैरभावको पराकाष्ठा।
52910 पानीबाहेक ना. पानीबाट हटक गर्ने काम।
52911 पानीबिरालो ना. पानीमा बस्ने बिरालोजस्तो एक जातको प्राणी; ओद।
52912 पानीबिउ ना. हिल्याएर अनि पानी जमाएर राखिने धानको बिउ।
52913 पानीबेत ना. पानीको निकट हुने एक जातको बेत।
52914 पानीब्याड ना. खेतका गरामा पानी जमाई हिल्याई बिउ राख्न तयार पारिएको ठाउँ।
52915 पानीभालु ना. पानीमा खेल्ने र पानीकै आसपासमा बस्ने सेतो भालु।
52916 पानीभूत ना. पानीमा डुबेर रहने भूत; पनडुब्बा।
52917 पानीमरुवा ना. पानीआन्द्रे; लाछी।
52918 पानीमहुवा ना. पानीका छेउछाउमा हुने महुवाको एक भेद।
52919 पानीजुह ना. मच्छिन्द्रनाथका पुजारी।
52920 पानीय वि. १. पिउन योग्य।
52921 पानीय वि. २. बचाउन लायक; रक्षणीय। ना.
52922 पानीय वि. ३. पानी; जल।
52923 पानीशाला ना. बटुवाहरूलाई पानी पियाउने ठाउँ; पौशाला।
52924 पानीरोटी ना. पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी; पाङ्ग्रे रोटी।
52925 पानीलट्टे ना. चाँगेका जस्ता पात हुने, टुप्पामा लटरम्म भएर फुल्ने, दानादाना फल्ने सिमसार भूमिमा हुने एक जातको लट्टे; सिमलट्टे।
52926 पानीलहरो ना. दाखका जस्ता पात हुने, साना सेता फूल फुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक जातको लहरो; अमृस्रवा।
52927 पानीलुँडे ना. सिमसार वा पोखरीमा हुने एक जातको लुँडे साग।
52928 पानी शिरीष ना. बाटुला साना पात, मसिना सेता फूल र लाम्चा कोसा हुने, पानीका पहराका चिस्यानमा उम्रने एक जातको झार।
52929 पानीसरो ना. १. पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रङका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी; त्यसैको फल।
52930 पानीसरो ना. २. आयुर्वेदमा चर्मसम्बन्धी रोग र कुष्ठरोगलाई निको गर्ने बताइएको र श्रावण सङ्क्रान्तिका दिन लुतो फाल्न कण्डारकको पूजा गर्दा कुकुरडाइनाको लहराका साथ चढाइने त्यसको फूल।
52931 पानीसरो ना. ३. शरीरमा जिलजिलाउँदा उठ्ने एक प्रकारको खटिरो; सात प्रकारका माई रोगमध्ये एक।
52932 पानीसर्प/पानीसाँप ना. प्रायः पानीमा रहने एक जातको सर्प; नाग; ढोडिया।
52933 पानीसाज ना. हलुको काठ हुने, पानीका छेउछाउमा पाइने एक जातको साज।
52934 पानीसिँवाली ना. पानीका किनारमा रहेका ढुङ्गाका छेउछाउमा उम्रने, आयुर्वेदमा अति ठन्डा र गर्मीबाट आएका खटिरा निको पार्ने गुण बताइएको एक जातको झ्याउ।
52935 पानीसिँगडा ना. पानीमा उम्रने ठुलठुला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रङका फल हुने र जरामा फल्ने एक जातको फल; पानीफल।
52936 पानीसिस्नु ना. १. हिर्काएर सास्ती वा दण्ड निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु।
52937 पानीसिस्नु ना. २. त्यसरी पानीमा सिस्नु भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार।
52938 पानीहटक/ पानी हल्ट ना. १. पानीबाट हटाउने काम; पानी नचल्ने बनाउने काम। वि.
52939 पानीहटक/ पानी हल्ट ना. २. पानीबाट हटाइएको।
52940 पानीहाँस ना. विशेष गरेर पानीमै बस्ने र राम्ररी उड्न सक्ने एक जङ्गली जातको हाँस; जलहंस।
52941 पानीहात्ती ना. पानीभित्र रहने झन्डै गैँडाका आकारको एक स्तनपायी चौपाया; जलहस्ती; पानीघोडा।
52942 पाने वि. पानीवाला; पानीसम्बन्धी; पानीको। (शब्दका पछाडि गाँसिएर समस्त शब्द निर्माण गर्दा प्रयोगमा आउने, जस्तै- तीनपाने, निपाने, चिसापाने इ.)।
52943 पानोत्सव ना. मदिरा पानको उत्सव (ककटेल पार्टी)।
52944 पान्थ ना. १. पथिक; बटोही; बटुवा (पेसेन्जर )।
52945 पान्थ ना. २. परदेशी; प्रवासी।
52946 पान्थ निवास ना. यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर; पाटी; धर्मशाला; अतिथिशाला; पाहुनाघर।
52947 पान्थशाला ना. धर्मशाला।
52948 पाप ना. १. धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक- परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक।
52949 पाप ना. २. कुकृत्यको फल; कुकर्मको परिणाम।
52950 पाप ना. ३. अपराध; कसुर; दोष।