Dictionary

All Word

52951 पाप ना. ४. मनमा उत्पन्न खराब नियत।
52952 पाप ना. ५. झन्झट; झ्याउलो।
52953 पाप ना. ६. हिंसा; आघात।
52954 पाप ना. ७. अरूलाई पुऱ्याइने हानि।
52955 पाप ना. ८. चारित्रिक वा नैतिक पतन हुने आचरण।
52956 पापकर वि. पाप गर्ने; पातकी।
52957 पापकर्म ना. पाप लाग्ने काम; दुष्कर्म।
52958 पापकर्मी वि. पाप गर्ने; पापी।
52959 पापग्रह ना. ज्योतिषशास्त्रअनुसार शनि, मङ्गल, राहु, केतु, सूर्य र तिनका साथमा रहेको बुध; अशुभ ग्रह।
52960 पापचेता वि. मनमा अर्काको कुभलो चिताउने; दुरात्मा; दुष्ट।
52961 पापड ना. रहर, मुगी आदिको छाँटा पिँधेर मसिनो पिठो (बेसन) बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने पातलो पाप्रो आकारको खाद्य पदार्थ।
52962 पापडी ना. १. पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी; सनपापडी।
52963 पापडी ना. २. एक प्रकारको बुटीविशेष।
52964 पापदृष्टि ना. १. अरूको कुभलो हुने गरी हेरिएको हेराइ; कुदृष्टि।
52965 पापदृष्टि ना. २. खराब नियत।
52966 पापनाश ना. पापको नाश; कुकर्मको समाप्ति।
52967 पापनाशक वि. पाप नाश गर्ने; कुकर्म समाप्त गर्ने।
52968 पापनाशिनी वि. १. पाप नाश गर्ने; अधर्मको विनाश गर्ने (स्त्री)। ना.
52969 पापनाशिनी वि. २. बैजनी रङका नसा हुने एक जातको तुलसी।
52970 पापनाशिनी वि. ३. शमी वृक्ष।
52971 पापनाशिनी वि. ४. भगवती; देवी।
52972 पापनाशिनी वि. ५. गङ्गा; पवित्र नदी।
52973 पापनाशी वि. पाप नाश गर्ने; अधर्म खतम पार्ने।
52974 पापपुरुष ना. १. पाप गरिरहने व्यक्ति; पापी व्यक्ति।
52975 पापपुरुष ना. २. तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा कल्पना गर्ने पापमय पुरुष; पापमूर्ति।
52976 पापपुरुष ना. ३. पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता।
52977 पापबुद्धि/पापमति वि. पापी बुद्धि भएको; दुष्ट; पापी।
52978 पापमुक्त वि. पापबाट मुक्त भएको; पापको परिणामबाट मुक्त भएको।
52979 पापमोचन ना. पाप नष्ट गर्ने काम; पाप छुटाउने काम।
52980 पापमोचनी ना. १. चैत्रकृष्ण एकादशी। वि.
52981 पापमोचनी ना. २. पापनाशिनी देवी वा गङ्गा।
52982 पापयोनि ना. पाप गरेबापत जीवले जन्म लिएको ठानिने, मानव जुनीबाहेकको कुनै जुनी।
52983 पापलोक ना. धार्मिक विश्वासअनुसार मरेपछि पापीले बस्नुपर्ने लोक; नरक।
52984 पापशील वि. पाप गर्ने स्वभाव भएको; पापकर्ममा लागिरहने।
52985 पापशीला वि. पापशील (नारी)।
52986 पापशोधन ना. पापको शुद्धि; पापको दोष मेटिई शुद्ध हुने वा पार्ने काम।
52987 पापहर वि. पाप वा अधर्म हरण गर्ने।
52988 पापा१ ना. केटाकेटीका लागि रुचिकर मिठो खानेकुरा।
52989 पापा२ ना. पिता।
52990 पापाङ्कुशा ना. आश्विन शुक्ल एकादशी; गिद्धे एकादशी।
52991 पापाचार ना. पाप कर्म; कुकर्म।
52992 पापात्मा वि. पापी; पातकी; दुष्टकर्मी।
52993 पापिष्ठ वि. १. निकै ठुलो पापी; महापापी।
52994 पापिष्ठ वि. २. पापी।
52995 पापिष्ठ वि. ३. कुकर्मी।
52996 पापी वि. १. पापकर्म गर्ने स्वभावको; दुराचारी।
52997 पापी वि. २. निठुरी; दया नभएको। ना.
52998 पापी वि. ३. पापकर्ममा लागेको व्यक्ति।
52999 पाप्रा ना. हे. पाप्रो।
53000 पाप्री ना. साना‍-ठुला पाप्राहरूको समूह।