Dictionary

All Word

53051 पारदर्शक वि. १. छ्याङ्ङ देखिने; काँच, स्फटिक, पानी आदि जस्तो स्वच्छ (पदार्थ)।
53052 पारदर्शक वि. २. वारिदेखि पारि देखिने (सिसा आदि)।
53053 पारदर्शकता ना. पारदर्शक हुनाको भाव, गुण वा अवस्था।
53054 पारदर्शन ना. १. वारपार देख्ने काम।
53055 पारदर्शन ना. २. टाढाटाढासम्मको कुरो देख्ने काम; दूरदर्शन।
53056 पारदर्शन ना. ३. तीव्र बुद्धि; चतुरता।
53057 पारदर्शित वि. वारपार देखिएको; छ्याङ्ङ भएको।
53058 पारदर्शी वि. १. पल्लापट्टिसम्म देख्ने।
53059 पारदर्शी वि. २. टाढासम्मको कुरो देख्ने; दूरदर्शी।
53060 पारदर्शी वि. ३. बुद्धिमान्; चतुर; चलाख।
53061 पारदर्शी वि. ४. छ्याङ्ग देखिने।
53062 पारपत्र ना. १. कमाराकमारीलाई दासत्वबाट अमलेख गराउँदा मालिकले लेखिदिएको प्रमाणपत्र।
53063 पारपत्र ना. २. लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद गर्दा परस्परमा लेखिदिने कागज; पारपाचुकेको कागत; त्यागपत्र।
53064 पारपत्र ना. ३. राहदानी; पासपोर्ट।
53065 पारपाचुके ना. पतिपत्नीका बिचमा गरिने सम्बन्धविच्छेद; पाचुके; स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त।
53066 पारपारको वि. १. छाँटछाँटको; किसिम किसिमको।
53067 पारपारको वि. २. धेरै पहिलेको; धेरै टाढाको। (उदा.- मुटुमा भर्दथ्यो बोली अनेकौँ पारपारको। -देवकोटा, 'सुलोचना'।)
53068 पारमाणविक वि. परमाणुको; परमाणुसम्बन्धी।
53069 पारमाणविक भार ना. एक परमाणुको तौल। (पारमाणविक भार ॠणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो। यसमा ॠणात्मक कणको भार नगण्य हुने हुनाले धनात्मक र तटस्थ कणको संयुक्त भार मात्र पारमाणविक भारमा लिइन्छ)।
53070 पारमार्थिक वि. परमार्थसम्बन्धी; परमार्थको।
53071 पारमार्थ्य ना. १. परमार्थको भाव वा गुण; परमार्थपरायणता। वि.
53072 पारमार्थ्य ना. २. ज्यादै साँचो; परम सत्य।
53073 पारमित वि. १. पार लागेको; पूरापूर गरिएको; पारङ्गत।
53074 पारमित वि. २. परम बिन्दुमा पुगेको।
53075 पारलौकिक वि. १. परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको। ना.
53076 पारलौकिक वि. २. हे. अन्त्येष्टि क्रिया।
53077 पारवहन ना. कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम; कुनै देशले एउटा देश हुँदै अर्को देशसँग गर्ने आयातनिर्यात।
53078 पारवहन गोदाम ना. पारवहनका सरसामानहरू राख्ने गोदाम।
53079 पारवहन बिमा ना. सामुद्रिक बिमा।
53080 पारवहन सन्धि ना. पारवहन विषयमा दुई वा दुईभन्दा धेरै देशका बिचमा भएको सन्धि।
53081 पारस१ ना. पारसमणि।
53082 पारसमणि ना. १. फलामलाई छुवाउँदा फलाम पनि सुन हुन्छ भनी पत्याइएको एक कल्पित मणि।
53083 पारसमणि ना. २. अति उत्तम वस्तु।
53084 पारस२ ना. फारस देश; इरान।
53085 पारसी ना. १. फारस देशका प्राचीन निवासी।
53086 पारसी ना. २. जरथ्रुस्तको धर्मका अनुयायी; फार्सी।
53087 पारस्परिक वि. परस्परको; आपसको; आपसी।
53088 पारस्परिकता पारस्परिक हुनाको भाव वा अवस्था।
53089 पारा१ ना. १. प्रकार; किसिम; ढाँचा; छाँट।
53090 पारा१ ना. २. तरिका; काइदा; ढङ्ग।
53091 पारा२ ना. जुवा खेलमा पासासँग मिल्ने एक साधन।
53092 पाराट्रुप ना. १. प्यारासुटबाट उत्रने सैनिक; हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति।
53093 पाराट्रुप ना. २. प्यारासुटसेना।
53094 पारायण ना. १. कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ।
53095 पारायण ना. २. कुनै महत्त्वपूर्ण कार्यको समाप्ति; पूर्णता।
53096 पारायणिक वि. १. पारायण गर्ने; कुनै ग्रन्थको पूर्ण पाठ गर्ने।
53097 पारायणिक वि. २. पुराण आदि बाच्ने। ना.
53098 पारायणिक वि. ३. विद्यार्थी।
53099 पारावत ना. परेवा (चरो)।
53100 पारावार ना. १. दुवै किनारा; नदी वा सागरको वल्लो र पल्लो दुवै तट।