Dictionary

All Word

53201 पार्षद् ना. परिषद्; सभा।
53202 पार्षद ना. १. परिषद्‌को सदस्य; सभासद्।
53203 पार्षद ना. २. प्राचीनकालीन राजभवनका अनुचर; सेवक; परिचारक।
53204 पार्सल ना. हुलाक, रेल, मोटर, हवाईजहाज आदिबाट पठाइने सामानको पोको।
53205 पाल्नु१ स.क्रि. १. खान-लाउन दिएर कसैलाई आफ्ना घरमा राख्नु; भरणपोषण गर्नु; प्रतिपालन गर्नु।
53206 पाल्नु१ स.क्रि. २. मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु।
53207 पाल्नु१ स.क्रि. ३. स्याहारसम्भार गर्नु; हेरविचार गर्नु।
53208 पाल्नु१ स.क्रि. ४. आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु; पालना गर्नु; मान्नु; अनुशासनको रक्षा गर्नु।
53209 पाल्नु१ स.क्रि. ५. सह्यार गर्नु; सुसार गर्नु।
53210 पाल्नु१ स.क्रि. ६. रौँ, नङ, रुख आदिलाई नकाटी बढ्न दिनु।
53211 पाल्नु२ अ.क्रि. १. कुनै मान्य जन आउनु; पदार्पण गर्नु।
53212 पाल्नु२ अ.क्रि. २. जानु (शिष्टार्थमा); पाउ लाग्नु।
53213 पाल१ ना. १. अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा।
53214 पाल१ ना. २. हावाका वेगद्वारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा।
53215 पाल१ ना. ३. पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी।
53216 पाल१ ना. ४. फलफूल गुम्स्याएर पकाउने विधि।
53217 पाल२ ना. १. रक्षा गर्ने व्यक्ति; रक्षक।
53218 पाल२ ना. २. गाईबस्तु चराउने र तिनको हेरचाहा गर्ने गोठालो।
53219 पाल२ ना. ३. राजा।
53220 पाल२ ना. ४. मध्यकालीन नेपालको एक प्रसिद्ध राजवंश।
53221 पाल२ ना. ५. नेपाली ठकुरीहरूको एक थर।
53222 पालक ना. १. पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक।
53223 पालक ना. २. राजा।
53224 पालक ना. ३. गोठालो।
53225 पालक ना. ४. मालिक। वि.
53226 पालक ना. ५. पालन गर्ने; पाल्ने।
53227 पालकाव्य ना. १. हात्ती, घोडा आदि प्राणीसम्बन्धी लक्षण, गुण आदिको निरूपण गरिएको शास्त्र।
53228 पालकाव्य ना. २. त्यसै शास्त्रका निर्माता एक प्राचीन मुनि।
53229 पालकी ना. हे. पाल्की; म्याना।
53230 पालङ्क ना. पालुङ्गाको साग।
53231 पालङ्की ना. १. पालङ्क; पालुङ्गो।
53232 पालङ्की ना. २. गोलकाँक्री।
53233 पालन ना. १. लाउन-खान दिएर गरिने रक्षण; भरणपोषण; पलाइ; पोसाइ।
53234 पालन ना. २. आज्ञा, निर्देश, वचन, कर्तव्य आदिको अनुसरण; पालना।
53235 पालन ना. ३. कुनै प्रयोजनका निम्ति पशुपक्षी पाल्ने काम।
53236 पालनतालन ना. पालन; लालनपालन।
53237 पालनपोषण ना. पाल्ने एवं पोस्ने काम; हेरचाहका साथमा खानलाउन दिने काम; लालनपालन; पालनतालन।
53238 पालना ना. हे. पालन।
53239 पालनीय ना. १. पाल्न योग्य; पालन गर्न लायक; रक्षणीय।
53240 पालनीय ना. २. अनुसरणीय; अनुकरणीय।
53241 पालपुल/पालपोल ना. १. पोल लगाउने कार्य।
53242 पालपुल/पालपोल ना. २. कामचलाउ किसिमले पोल्ने वा झुल्स्याउने कार्य।
53243 पालम ना. लिम्बू जातिले धाननाचमा जुहारीका रूपमा गाउने गीत।
53244 पालयिता ना. १. पालन गर्ने; पाल्ने; रक्षक।
53245 पालयिता ना. २. अभिभावक। ।
53246 पालयिता ना. ३. पालनकर्ता।
53247 पाला ना. माटाको सानो कटौरी।
53248 पालि१ ना. यो. पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ.)।
53249 पालि२ ना. १. पङ्क्ति; श्रेणी।
53250 पालि२ ना. २. गालाको माथिल्लो भाग।