Dictionary

All Word

53101 पारावार ना. २. समुद्र; सागर।
53102 पारावार ना. ३. लेखाजोखा; गणना।
53103 पाराशर ना. १. पराशर ॠषिका छोरा; वेदव्यास। वि.
53104 पाराशर ना. २. पराशरद्वारा रचित।
53105 पाराशर ना. ३. पराशरको वंशमा जन्मिएको।
53106 पाराशर गोत्र ना. पराशर ॠषिको कुल वा वंश।
53107 पाराशरि ना. शुकदेव।
53108 पारिनु क.क्रि. १. पर्ने तुल्याइनु।
53109 पारिनु क.क्रि. २. पार्न लगाइनु।
53110 पारि ना. १. पल्लो किनार; पल्लो पाटो; पार। क्रि.वि.
53111 पारि ना. २. पल्लो तटमा; पल्लो छेउमा।
53112 पारि ना. ३. उता; त्यतातिर।
53113 पारि ना. ४. टाढा।
53114 पारिजात१ ना. १. खस्रा पात हुने र मसिना र सेता सुगन्धी फूल फुल्ने एक जातको रुख; देववृक्षमध्ये एक।
53115 पारिजात१ ना. २. सुन्तला रङको भेट्नु र मसिना तथा सेता सुगन्धित फूल हुने एक वनस्पति; मालती फूल।
53116 पारिजात२ ना. खुट्टामा पनि ठुलठुला प्वाँख हुने एक जातको परेवा।
53117 पारिजात३ ना. प्रसिद्ध लेखिका विष्णुकुमारी वाइवाको साहित्यिक नाम।
53118 पारित वि. १. कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ.)।
53119 पारित वि. २. नियमानुसार पास भएको।
53120 पारित वि. ३. परिणाम निस्केको।
53121 पारित वि. ४. उत्तीर्ण भएको।
53122 पारितोषिक ना. १. राम्रो काम गरेबापत काम गर्नेलाई गराउनेले सन्तुष्ट भएर दिने पुरस्कार।
53123 पारितोषिक ना. २. पुरस्कार; इनाम; शिरपाउ।
53124 पारिद्रुम ना. ससाना पात हुने र पहेँलो फूल फुल्ने गोदावरी फूलविशेष।
53125 पारिपार्श्विक ना. नाटकमा सूत्रधारको सहकर्मी।
53126 पारिभद्र ना. फलेदो (वृक्ष); ठुलठुला पात हुने वृक्षविशेष।
53127 पारिभाषिक वि. १. साङ्केतिक रूपले विशेष अर्थ बुझाउने; प्राविधिक अर्थमा प्रयोग हुने (शब्द)।
53128 पारिभाषिक वि. २. लक्षण भएको; परिभाषासम्बन्धी।
53129 पारिभाषिक शब्द ना. खासखास क्षेत्रमा चल्ने तथा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनुपर्ने खालका शब्द।
53130 पारिभाषिक शब्दावली ना. त्यस्ता शब्दहरूको सँगालो।
53131 पारिवारिक वि. १. परिवारसम्बन्धी; परिवारको।
53132 पारिवारिक वि. २. परिवारमा हुने, पर्ने वा गरिने (काम-कुरा)।
53133 पारिवारिक वि. ३. जहानियाँ; जहानको।
53134 पारिवारिक उपादान ना. परिवारवाला कर्मचारीले पाउने उपदान।
53135 पारिवारिक जीवन वृत्ति ना. परिवारसमेतले पाउने वृत्ति वा पेन्सन।
53136 पारिवारिक बजेट ना. परिवारको आवश्यकतालाई आधार बनाएर तयार गरिएको बजेट।
53137 पारिवारिक वर्गीकरण ना. शब्द, अर्थ, वाक्य एवं ध्वनिसमानताका आधारमा भाषा, प्राणी र वनस्पतिलाई विभिन्न परिवारमा छुट्ट्याउने प्रक्रिया।
53138 पारिवारिक सुरक्षा ना. सरकारका वा कुनै निकायका तर्फबाट सम्बन्धित कर्मचारीका परिवारको समेत सुरक्षा वा संरक्षण गर्ने काम।
53139 पारिश्रमिक वि. १. परिश्रमसम्बन्धी; परिश्रमको। ना.
53140 पारिश्रमिक वि. २. परिश्रम वा कुनै कार्य गरेबापत पाइने वा दिइने धन; ज्याला; बनी; मजदुरी।
53141 पारी ना. धोती, सारी आदिलाई टिकाउ बनाउन केही बलियो किसिमले बुनेको किनार।
53142 पारुष्य ना. १. कठोरता; कडापन।
53143 पारुष्य ना. २. रुखोपन; खस्रोपन।
53144 पारे वि. पार भएको; पार पाएको; मुक्त।
53145 पारे घर्ती ना. पार गरिदिएको दास; दासत्वबाट छुटकारा पाएको कमारो वा करिया।
53146 पारो१ ना. सेतो, चम्किलो र गह्रौँ एक प्रसिद्ध तरल धातु।
53147 पारो२ ना. बिँडमा घुसारिने खुकुरी, हँसिया आदि हतियारको सुइरे अवयव।
53148 पारो३ ना. १. सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी।
53149 पारो३ ना. २. मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप।
53150 पारो३ ना. ३. तराजु।