Dictionary

All Word

53251 पालि२ ना. ३. किनारा; छेउ।
53252 पालि२ ना. ४. कानको उठेको भाग।
53253 पालि२ ना. ५. साँघु।
53254 पालि२ ना. ६. काख; कोख।।
53255 पालि२ ना. ७. लाम्चो छाँटको तलाउ।
53256 पालि२ ना. ८. नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण।
53257 पालि३ ना. १. बुद्धले दिएका उपदेशहरू सङ्कलन गरिएको बौद्धहरूको संस्कृतभन्दा पहिलेको भाषा।
53258 पालि३ ना. २. अर्धमागधी इलाकामा बोलिए तापनि अर्धमागधीसँग निकै भिन्न सोही लेख्य भाषा; सिंहली वा एलुको पूर्वरूप।
53259 पालित वि. १. पालिएको; पालना गरिएको; भरणपोषण गरिएको।
53260 पालित वि. २. अनुसरण गरिएको; मानिएको; टेरिएको।
53261 पालिनु क.क्रि. भरणपोषण गरिनु।
53262 पालिस ना. १. कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन।
53263 पालिस ना. २. सो साधनबाट हुने चमक; टलक।
53264 पालिस ना. ३. दाँत, नङ आदिको टल्कने बाहिरी भाग।
53265 पालिस ना. ४. शरीर वा अनुहारको रूप वा रोगन।
53266 पालिसदार नि. १. पालिस लगाएको; टल्काएको; चम्काएको।
53267 पालिसदार नि. २. तेजिलो।
53268 पालिसे वि. पालिस लाए झैँ गरी कुरा गर्न सिपालु; ठिक्क पारेर कुरा गर्ने।
53269 पाली१ ना. १. पालो; पटक; फेरा।
53270 पाली१ ना. २. समय; मौका; बखत।
53271 पाली२ ना. १. घरको माथिल्लो मुख्य छानाभन्दा तल गारोबाट झिकेको सानो छानो; अर्माली; सिकुवाको छानु।
53272 पाली२ ना. २. सिकुवा; दलान।
53273 पाली२ ना. ३. पालि (भाषा)।
53274 पालुङ ना. टिस्टुङनजिकैको एक ठाउँ।
53275 पालुङ्गे वि. पालुङ्गोसम्बन्धी; पालुङ्गोजस्तो।
53276 पालुङे च्याउ ना. खैरा रङको, खान हुने एक छत्राकार च्याउ।
53277 पालुङ्गो ना. रातो, कमलो जरा हुने, प्रायः चम्सुरसँग मिलाएर पकाइने एक जातको प्रसिद्ध साग। (आयुर्वेदमा यसको पात ठन्डा गर्ने, आन्द्राको रोग निको पार्ने र फोक्साको हित गर्ने बताइएको छ। रातो डाँठ हुने गोब्रे पालुङ्गो र हरियो डाँठ हुने पाटने पालुङ्गो गरी यसका दुई किसिम छन्)।
53278 पालुवा ना. बोटबिरुवामा पलाएको नयाँ पात, मुनु, चिउलो आदि; पल्लव।
53279 पाले ना. १. पालो बस्ने व्यक्ति; ढोके।
53280 पाले ना. २. पहरा दिने व्यक्ति; पहरेदार।
53281 पाले ना. ३. चौकी कुर्ने व्यक्ति; चौकीदार।
53282 पाले ना. ४. अड्डाखानाको अर्दली।
53283 पाले उङ ना. पालो बस्दा पालेलाई आए झैँ आउने उङ।
53284 पाले घर ना. अड्डाखाना, विद्यालय, महाविद्यालय आदिमा पाले बस्न बनाइएको सानो घर वा छाप्रो।
53285 पालैपालो क्रि.वि. १. पालोपालो गरेर; पालैसँग।
53286 पालैपालो क्रि.वि. २. एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले।
53287 पालैपालो क्रि.वि. ३. त्यसरी नै एकपछि अर्काको पालो आउने गरी।
53288 पालैसान्ती क्रि.वि. क्रमैसँग; एकपछि अर्को गरेर; पालोको पूर्वापर क्रमलाई ध्यानमा राखेर।
53289 पालो१ ना. कुनै कुराको हेरविचार; रखवारी; निगरानी; पहरा।
53290 पालो२ ना. १. चोटि; खेप; पटक; बाजि।
53291 पालो२ ना. २. क्रम; सिलसिला।
53292 पालो२ ना. ३. क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्व; पाली।
53293 पालो२ ना. ४. मौका; अवसर। (उदा.- कहिले सासूको पालो कहिले बुहारीको पालो। -उखान)।
53294 पालोपहरा ना. पाले राख्ने कार्य; पालोको व्यवस्था; पहरादारी।
53295 पालोपैँचो ना. १. कसैले गरेका गुणको प्रत्युपकार।
53296 पालोपैँचो ना. २. अरूका दुर्गुणको साटोफेराइ।
53297 पालोपैँचो ना. ३. मौका-अवसर। क्रि.वि.
53298 पालोपैँचो ना. ४. बेलामौकामा। (उदा.- पालोपैँचो एक दिन मैले पनि यसको परिणाम देख्न पाउँला)।
53299 पालोसान्ती क्रि.वि. हे. पालैसान्ती।
53300 पाल्की ना. मानिसले बोकेर लाने मास्तिर छत भएको एक विशेष प्रकारको यान; म्याना; छाना र झ्यालसमेत भएको तामदान; पालकी।