Dictionary

All Word

53351 पाशुपत वि. ३. पशुपतिको उपासना।
53352 पाशुपत वि. ४. एक प्रकारको शैव सम्प्रदाय।
53353 पाशुपत वि. ५. शिवजीले बताएको भनी प्रसिद्ध एक तन्त्र।
53354 पाशुपत वि. ६. अथर्ववेदको एक उपनिषद्।
53355 पाशुपत क्षेत्र ना. १. पशुपतिका मन्दिरका चारै किल्लामा रहेको निश्चित तीर्थस्थल।
53356 पाशुपत क्षेत्र ना. २. नेपालतीर्थ।
53357 पाशुपत दर्शन ना. सबै जीवहरूलाई पशु र तिनीहरूका अधीश्वर शिव मानिने एक प्रसिद्ध दर्शन।
53358 पाशुपतास्त्र ना. महादेवबाट अर्जुनले पाएको एक अस्त्र।
53359 पाश्चात्य वि. १. पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी।
53360 पाश्चात्य वि. २. पछिल्लो; पछिल्तिर परेको।
53361 पाश्चात्य वि. ३. पश्चिम दिशातिर रहने।
53362 पाश्चात्य वि. ४. पश्चिमी महादेश (युरोप र अमेरिका) अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने।
53363 पाश्चात्य कला ना. युरोप, अमेरिका आदि महादेशमा विकसित भएको कला।
53364 पाश्चात्य दर्शन ना. पश्चिमी मुलुकका दार्शनिकहरूबाट अँगालिएको दर्शन।
53365 पाश्चात्य देश/मुलुक ना. युरोप वा अमेरिकाको कुनै देश।
53366 पाश्चात्य सभ्यता ना. पश्चिमेली सभ्यता।
53367 पाश्चात्य साहित्य ना. युरोप, अमेरिका आदिमा विकसित भएको साहित्य।
53368 पाश्चात्यीकरण ना. १. पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बिसौँ शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव।
53369 पाश्चात्यीकरण ना. २. त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया-प्रक्रिया।
53370 पाषण्ड ना. हे. पाखण्ड।
53371 पाषण्डी ना. / वि. पाखण्डी।
53372 पाषाण ना. ढुङ्गो; पत्थर; शिला।
53373 पाषाण तह ना. पृथ्वीमा वा त्यसको भित्र रहेका ढुङ्गाहरूको तह।
53374 पाषाणदारक ना. छिनो।
53375 पाषाण भेद ना. १. बाटुला किसिमका ठुलठुला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी।
53376 पाषाण भेद ना. २. त्यसैको कन्द वा जरो। (यसका चार किसिम छन्। आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ्र, पत्थरी आदि रोगलाई नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ)।
53377 पाषाण भेद ना. ३. एक स्वादिष्ठ फल; पाखनबेत।
53378 पाषाण युग ना. १. झन्डै पाँच लाख वर्षपूर्वका आग्नेय मानवको पालादेखि आरम्भ भएको ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्ने एक आदिम युग; मानिसहरूले धातु पत्ता लाउनुभन्दा पहिलेको युग; ताम्रयुगभन्दा पहिलेको युग।
53379 पाषाण युग ना. २. निम्नपुरापाषाण, मध्यपुरापाषाण, अपरपुरापाषाण, मध्यपाषाण र नवपाषाणको साझे नाम।
53380 पाषाण रोग ना. मूत्राशय, मिर्गौला, पित्तथैली आदिमा पत्थर जम्ने रोग; पत्थरी।
53381 पाषाणवत् वि. १. ढुङ्गाजस्तो।
53382 पाषाणवत् वि. २. जड।
53383 पाषाणवत् वि. ३. मूर्ख।
53384 पाषाणवत् वि. ४. मरेको।
53385 पाषाणवत् वि. ५. बेहोस।
53386 पाषाणवत् वि. ६. निश्चल।
53387 पाषाण हृदय वि. पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी; निर्माया; निर्मोही।
53388 पास१ ना. यो. १. नजिक; नेर; निकट; निर।
53389 पास१ ना. यो. २. साथ; सँग; सित। ना. / क्रि.वि.
53390 पास१ ना. यो. ३. निकट; नजिक।
53391 पास२ ना. हे. पाश।
53392 पास३ ना. १. परीक्षा वा अन्य कुनै जाँचमा उत्तीर्ण हुने प्रक्रिया; सफलता (चार पास, छ पास)।
53393 पास३ ना. २. पार हुने वा छिर्ने काम।
53394 पास३ ना. ३. प्रतिबन्ध लागेका ठाउँमा विनारोकटोक जानका निम्ति दिइने टिकट। वि.
53395 पास३ ना. ४. निपुण; दक्ष; सिपालु।
53396 पास३ ना. ५. स्वीकृत; मन्जुर; पारित।
53397 पासपोर्ट ना. विदेशमा जानका निम्ति आफ्नो सरकारले दिने अनुमतिपत्र; राहदानी।
53398 पास फेल ना. १. परीक्षामा होइने सफलता-असफलता। वि.
53399 पास फेल ना. २. पास वा फेल भएको, उत्तीर्णानुत्तीर्ण।
53400 पास बुक ना. ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याकले रुपियाँको हरहिसाब लेखिदिने पुस्तिका; समर्थनपुस्तिका।