Dictionary

All Word

53451 पिँदाइनु क.क्रि. पिँधाइनु।
53452 पिँदाउनु प्रे.क्रि. पिँधाउनु।
53453 पिँदिनु क.क्रि. पिँधिनु।
53454 पिँध्नु स.क्रि. १. घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पिठो पार्नु; खल, सिलौटो आदिमा राखेर नुन, मसला आदि मसिनो पार्नु; चूर्ण पार्नु; पिन्नु; पिस्नु।
53455 पिँध्नु स.क्रि. २. अर्कालाई थिचोमिचो गर्नु; लेथ्नो पार्नु; दमन गर्नु; हेप्नु।
53456 पिँध ना. १. कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग; पुछार; पिँध।
53457 पिँध ना. २. तल्लो सतह; तल्लो भाग; भुईं।
53458 पिँध ना. ३. फेद; फेदी।
53459 पिँधाइ ना. पिँध्ने क्रिया वा प्रक्रिया।
53460 पिँधाइनु क.क्रि. पिँध्न लाइनु।
53461 पिँधाउनु प्रे.क्रि. पिँध्न लाउनु।
53462 पिँधिनु क.क्रि. पिँधाइमा पारिनु; पिसिनु।
53463 पिँधुवा वि. १. पिँध्ने; दल्ने।
53464 पिँधुवा वि. २. अत्याचारी। स्त्री. पिँधुवी, पिँधुवै।
53465 पिउनु स.क्रि. १. पानी, दुध, रक्सी आदि तरल पदार्थ मुखमा हाली निल्नु; पन्यालो पदार्थ घुट्क्याउनु; पान गर्नु।
53466 पिउनु स.क्रि. २. चुरोट, तमाखु आदि धुवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु; धूम्रपान गर्नु।
53467 पिउठ ना. १. सिपाहीभन्दा माथिल्लो एक जङ्गी दर्जा।
53468 पिउठ ना. २. त्यो दर्जाको व्यक्ति।
53469 पिउन ना. १. चिठीपत्र आदि पुऱ्याउन, कार्यालयलाई सफा सुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परिआउने अन्य काम पूरा गर्न, सरकारी, अर्धसरकारी वा गैरसरकारी कार्यालयमा नियुक्त कर्मचारी; कार्यालयको तल्लो तहको कर्मचारी।
53470 पिउन ना. २. त्यस्तो कर्मचारीको दर्जा; पियन।
53471 पिउनबुक ना. पिउनहरूले चिठीपत्र आदि बुझाउँदा भर्पाई गराउने पुस्तिका; भर्पाई-पुस्तिका।
53472 पिउरी ना. धागो, बत्ती आदि कात्न धनुले फट्केर लाम्चो आकारको बनाइएको ऊन, कपास आदिको लुर्को; धागो, बत्ती आदि कात्न बनाइएको फट्केका कपासको लामो लुर्को; प्युरी।
53473 पिउरो ना. हिमाली लेकमा पाइने एक जातको सानो चरो; प्युरो।
53474 पिउसो ना. १. फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो।
53475 पिउसो ना. २. नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धो बालक।
53476 पिउसो ना. ३. पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्युसो।
53477 पिक१ ना. कोकिल; कोइली।
53478 पिक२ ना. डल्ल्याँठाका ढाँचाको, दुईतिर दुई किसिमका चुच्चा भएको, साऱ्हो जमिन वा पक्की सडक आदि खन्ने फलामे हतियार; सडक आदि खन्ने, फुटाउने एक प्रकारको फलामे साधन; एक प्रकारको झम्पाल।
53479 पिक३ ना. १. पान, सुर्ती आदि खाएर थुकिने थुक; फिक।
53480 पिक३ ना. २. थुक।
53481 पिकदान/दानी ना. पिक वा खकार, थुक आदि थुक्ने भाँडो; थुकदानी।
53482 पिकपाया ना. दुई देशका सिमाना छुट्ट्याउन गाडिएको लट्ठा वा ढुङ्गो, सिमेन्ट वा फलामको खाँबो; मुर्चल; साँगीढुङ्गो; साँधे ढुङ्गो।
53483 पिङ ना. १. रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन; पिङ।
53484 पिङ ना. २. त्यस साधनमा बसी झुल्दै वा मच्चाउँदै खेलिने खेल; पिङ।
53485 पिङ खेलाइ ना. १. पिङ खेल्ने काम।
53486 पिङ खेलाइ ना. २. निद्रा वा उँघको झुलाइ।
53487 पिङ खेलाइ ना. ३. अर्कामाथिको ढलीमली।
53488 पिङ खेलाइ ना. ४. दुब्लाएर सकीनसकी हिँड्ने अवस्था।
53489 पिङ्गल ना. १. निलो र पहेँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण।
53490 पिङ्गल ना. २. प्याँलो; पहेँलो। वि.
53491 पिङ्गल ना. ३. त्यस्तो रङको।
53492 पिङ्गलसूत्र ना. पिङ्गलनामक मुनिले बनाएको छन्दशास्त्र।
53493 पिङ्गला ना. १. राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला।
53494 पिङ्गला ना. २. षट्चक्रको अभ्यासमा प्रयोग हुने योगशास्त्रअनुसारको एक नाडी। वि.
53495 पिङ्गला ना. ३. पिङ्गल वर्णकी (नारी)।
53496 पिङ्गला ना. ४. वेश्या।
53497 पिच ना. सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाद्वारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो लेसाइलो पदार्थ; अलकत्रा; कालोपत्र।
53498 पिचकारी ना. हे. पचका।
53499 पिचपिच क्रि.वि. १. बारबार थुक फालेर। ना.
53500 पिचपिच क्रि.वि. २. त्यस प्रकारको थुकाइ।